वर्ष खेलाडीहरुको सम्मान र विदाई


khelसंविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले खेलकुद क्षेत्र विवादित बन्दै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।  नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घद्वारा बिहीबार आयोजित २०६६-वर्ष खेलाडीको सम्मान तथा एसियाली खेलकुदमा सहभागिता जनाउने खेलाडीलाई शुभकामना दिने कार्यक्रममा उहाँले खेलकुद क्षेत्रको विकासका लागि अनावश्यक विवाद अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।

चीनस्थित ग्वान्झाउ सहरमा यही कात्तिक अन्तिम सातादेखि १६ औँ एसियाली खेलकुद प्रतियोगिता हुँदैछ । गैर-आवासीय नेपाली -एनआरएन) सङ्घका पूर्वअध्यक्ष उपेन्द्र महतोले खेलाडीलाई खेलप्रति अभिप्रेरणा जागृत गराउने उद्देश्यका साथ खेलाडी कोष निर्माण गरी आर्थिक सहयोग जम्मा गरिदिने बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष कुशकुमार जोशीले खेलाडीको हौसला बढाउन रङ्गशाला निर्माणमा जग्गा उपलब्ध गराएर खेलकुद क्षेत्रको विकासमा हातेमालो गर्ने प्रतिबद्धता जनाउनुभयो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव हरिबाबु चौधरीले एसियाडका लागि नेपाल सरकारले उपलब्ध गराएको आर्थिक सहयोगलाई खेलाडीले स्वीकार्दै एसियाडको तयारीका लागि दत्तचित्त भएर प्रशिक्षणमा लाग्न आग्रह गर्नुभयो । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष ध्रुवबहादुर प्रधानले खेलकुदका सरोकारवालाबाट एसियाडमा सहभागी खेलाडीको मनोबल गिराउने काम गर्न नहुने बताउनुभयो । वर्ष खेलाडीबाट दीपक विष्ट -तेक्वान्दो), विनोद शाक्य -कराँते), आङ्बाबु लामा -उसु), राजेन्द्र भण्डारी -एथलेटिक्स), दीपककृष्ण श्रेष्ठ -जुडो), दीपक महर्जन -बक्सिङ), सन्तोष साहुखल -फुटबल), सदीश प्रधान -बास्केटबल), सिपोरा गुरुङ -भलिबल), शैला राणा -पौडी) लगायत २१ खेलाडीलाई सम्मान गरिएको थियो ।

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.