माओवादी प्रस्ताव कांग्रेसद्वारा अस्वीकार


एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिई राष्ट्रिय सहमतिको मार्ग प्रशस्त गर्न नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई आग्रह गर्नु भएको छ । कोइराला निवास महाराजगन्जमा आज बिहान भएको दुई शीर्ष नेताबीचको भेटमा कांग्रेसकै उम्मेदवारीका कारण सहमति जुट्न नसकेको भन्दै उम्मेदवारी फिर्ता लिन आग्रह गर्नु भएको बताइएको छ ।

जवाफमा कोइरालाले उम्मेदवारी फिर्ता अगावै लागि कांग्रेसले अघि सारेका सर्तमा सहमति हुनु पर्ने भन्दै शुन्यतामा उम्मेदवारी फिर्ता नलिने बताउनुभएको थियो । भेटमा सरकारले ल्याउन लागेको पूर्ण बजेट, संविधान लेखनका क्रममा देखिएका विवाद, उच्चस्तरीय कार्यदलमा जारी छलफल, शान्ति प्रक्रियामा भइरहेको प्रगति लगायतका विषयमा पनि छलफल भएको बताइएको छ ।

यसैबीच, माओवादी अध्यक्ष दाहालले आजै संविधानसभाका अध्यक्ष सुवास नेम्वाङसँग पनि भेटवार्ता गर्नु भएको छ । भेटमा कार्यदलमा भइरहेको छलफल र सरकारले ल्याउने भनेको बजेटका प्रक्रियाका तथा प्रधानमन्त्री निर्वाचनका विषयमा छलफल भएको बताइएको छ । व्यवस्थापिका संसदमा प्रधानमन्त्री चयनका लागि भोलि पन्ध्रौं चरणको निर्वाचन हुने कार्यक्रम छ ।

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.