तिहारको उपलक्ष्यमा कुवेतको मरुभूमीबाट बहिनीलाई चिट्ठी


बालकृष्ण घिमिरे
टुकुचा ७ काभ्रे, हाल: केजिएल कम्पनी कुवेत   

प्यारी बहिनी शान्ती,
 
यो परदेशी दाजुको तर्फबाट मुटु भरिको माया र प्रगाढ सम्झना पनि !

बहिनी, यहाँ मलाई आरामै छ र त्यहाँ तिमी लगाएत ज्वाईं, भान्जा-भान्जिका साथै तिम्रो सम्पूर्ण परिवारमा आराम र कुशल-मंगल नै छ भन्ने आशा राख्दै यो पत्र कोर्ने जमर्को गर्दैछु ।

बहिनी, आज-आज भोली-भोली भन्दा-भन्दै म बिदेश आएको पनि ६ बर्ष लागि सकेछ । तिम्रो हातको तिहारको टिका नथापेको पनि त्यति नै बर्ष भयो र यसपाली घर आउने बाचा तिमीसित फोनमा पटक-पटक गरेको थिएं तर अझैसम्म पनि स्वदेशमा काम गरी हात मुख जोर्ने बातावरण नबनेकाले यसपाली पनि म स्वदेश फर्किन नसक्ने भएको छु । कारण उही त हो नि ! सबैले तिम्रै नाम जप्छन शान्ती, शान्ती, शान्ती !! हो बैनी, म पनि तिम्रै नाम शान्ती अथवा हाम्रो देशमा शान्ती नभएकाले नै यसपालिको तिहारमा पनि नफर्किने निर्णय गर्न वाध्य र बिवस भएं । म मात्रै हैन बैनी, म जस्ता बिदेशमा रहेका हजारौ नेपालीहरु आज आफ्नो निधार खाली राखेरै भएपनी शान्तिको प्रतिक्षामा बसेका छन तर खै कहिले आउने हो त्यो मुर्दा शान्ती ? तर म भने मेरी आफ्नै बैनिको नाम शान्ती भएकोमा गर्व गर्दै अब मुलुकमा आउने शान्तिको बाटो नहेर्ने भएको छु र यही पत्र मार्फत तिमीसित अन्तिम कसम खाँदैछु, जतीसुकै देशमा अशान्ती भएपनी आगामी बर्षको तिहारमा तिम्रो हातको टिका थाप्न आउने बचन बद्धता ब्यक्त गर्दछु ।

बहिनी, अब म पत्रमा हाम्रो बिगतलाई सम्झने कोशीष गर्दैछु, कती रमाइला थिए ति हाम्रा बाल्यकालका तिहारहरु, हाम्रो घर वरिपरी फुलेका गोदावरी, मक्खमली र सयपत्री फुलहरुले दिने सुगन्ध र घरै अगाडि गाडीएको लिङेपिङ तथा आमाले नियाउरो मुख लगाइ पकाएको सेल रोटीको स्वाद र रमाइलो अब त बिरानो बनेका छन मेरा लागि । तिमी र म तिहारको रमाइलोमा रमाइ रहदा हाम्रा आमा-बुवा भने कसरी त्यो चाडलाई बिदा गर्ने भन्ने चिन्तामा रहनु भएको कुरा म आज आएर बुझ्दैछु । हामी बिहान काम गरेर बेलुका खानु पर्नेहरुका लागि आएका चाडहरु कती पिडादायी हुने रहेछन भन्ने कुराहरु आज बुझिदैछन । हामीलाई के थाहा त्यो बेला हाम्रा आमा-बाबाको पिडा र बेदना ? हामीलाइ त तल्ला घरे, पल्ला घरे र माथिल्ला घरेहरुको देखासिखी गर्दै उनिहरुको सरह चाडवाड मनाउनु पर्थ्यो । उनिहरुका छोरा छोरीहरुले लगाए सरहको लुगा लगाउन पाएनौ भने तिम्रो र मेरो त्यो ठुस्क्याइले आमा-बाबालाई पिडा माथि पिडा थपिएको कुरा म आज आएर बुझ्दैछु र अब मेरा लागि उ बेलाको उत्ताउलो पन र भए नभए पनि अरुको देखासिखी गरेर चाडवाड मनाइ दिनु पर्ने हाम्रा आमा-बाबाको बाध्यतालाई राम्ररी बुझेको छु । तर यती खेरको मेरो बुझाईको अर्थ नै के रह्यो र…

बहिनी अब म थोरै यहाँ कुवेतको ’boutमा तिमीलाई जानकारी गराउँदछु । खै के भनौ बैनी, यहाँ (कुवेतमा) आएका हजारौ नेपाली दाजुभाईहरु मध्य धेरैले नेपाली चेलीलाई बैनी बनाएर बर्षेनी भाईटिका लगाउने गरेका छन त्यही लहर र मेसोमा मैले पनि कुवेत आएको एक बर्ष पछी हाम्रै (घिमिरे) थरकी एउटी चेली भेटें र बहिनीको साईनो गास्न पुगें तर उनले त्यो हाम्रो पवित्र दाजु-बहिनीको सम्बन्धलाई कुठाराघात गरिन, धन्य छ उनलाई । मैले बोल्दै नबोलेका कुराहरुमा मलजल गरी उन्ले आफ्नालाई सुनाउनाले आज उनको र मेरो दाजु-बैनिको सम्बन्धमा कुठाराघात भएको छ । हुन त बनावटी सम्बन्ध र देखावटी माया क्षेणिक हुन्छ भन्य नसुनेको हैन र पनि बिदेशी भुमिमा सबैले आ-आफ्नै सोचाइमा नाता र सम्बन्ध गाँसी नेपाली चाडवाड, मेला पर्वहरु  मनाउदै बिदेशको एक्लोपनबाट आफुलाई टाढा राख्न कोशीस गरिरहेका छन ।

तर मेरो र ति चेलीको दाजु-बहिनिको सम्बन्ध भने बिदेशका लागि मात्रै नभएर तिमी एउटी बहिनी माथि अर्की एउटी बैनी थपी शाख्यै दुई बहिनी बनाउने नै थियो तर जे भयो राम्रै भयो । तिम्रो मायामा आंच आउन पाएन, आज ति चेली र मेरो नाताको डोरी छिनेको छ, त्यो डोरी छिनाल्न चाहने र छिनाल्न सहयोग गर्नेलाई हार्दिक धन्यवाद ।

ल त बहिनी, अन्तमा यही पत्र मार्फत तिमी लगाएत सबैमा यसपालिको तिहार अथवा दिपावलीको पावन अवसरमा हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्दै तिमीले ६/६ बर्षसम्म मेरा लागी उनेका गोदावरी फुलका मालाहरु त्यतिकै ओईलिए पनि आगामी बर्ष भने म पक्कै तिमीले उनेका ति मालाहरु ओईलिन नदिने बाचा गर्दै बिदा हुन्छु । वाई !!

उही तिम्रो दाजु,
बालकृष्ण, कुवेत

Posted by: Jay Ale

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )