जय आले, कुवेत
कुवेतमा बिगत केही महिना पहिला स्थापित लालीगुराँस साँस्कृतिक परिवारले आगामी १९ नोभेम्बर २०१० को दिन, बिहानको ७ बजेदेखी कुवेतको मङ्गाफस्थित सि साइड भलिबल मैदानमा कुवेतबासी नेपालीहरुबिच खुल्ला अन्तर नेपाली भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
लालीगुराँस साँस्कृतिक परिवार एउटा साँस्कृतिक संस्था हो यसले खेलकूद क्षेत्रमा पनि सकृयता जनाउनुको रहस्यता के हो ? कहीं यसले सस्तो लोकप्रियता हाँसिल गर्न त खोजेको होइन भनेर कुवेतनेपाल डटकमले राखेको जिज्ञासामा संस्थाका उपाध्यक्ष एवं चर्चित लोक गायक राजेन्द्र बिरही भन्नुहुन्छ, लालीगुराँस एउटा साँस्कृतिक एवं संगितप्रेमी संस्था मात्र नभई यो खेलकूद प्रेमी संस्था पनि हो, यसले नेपाली जनमानसको भावना र मागलाई आत्मसात गर्दै अगाडि बढ्ने र बिस्तारै यसले समाज सेवा प्रती पनि आफ्नो सञ्जाल फिंजाउँदै जाने कुरा बताउनु भयो ।
कुवेतमा गत १५ अक्टुबरको दिन “दशहरा सांगितिक रमझम २०६७” भव्यतापुर्वक सम्पन्न गरेको लालीगुराँस साँस्कृतिक परिवारले यसरी खेलकूद क्षेत्रमा पनि सकृयता जनाउनु र भविष्यमा सामाजिक क्षेत्रमा समेत आफुलाई बिस्तार गर्दै लैजाने भन्ने कुरालाई अवश्य पनि राम्रो संकेतको रुपमा लिन सकिन्छ । तर भने जसरी सजिलै त्यो पनि संस्थागत ढंगबाट अगाडि बढ्नु भनेको पक्कै पनि लालीगुराँस परिवारलाई एउटा चुनौतिपूर्ण कार्यनिर्देशिका हो नभनी रहन सकिन्न । फेरीपनी त्यो भोली गएर एउटा समय साक्षेप हुने सवाल भएकोले कुवेतनेपाल डटकमले अरु जिज्ञासा भनें राख्न चाहेन ।
लालीगुराँस साँस्कृतिक परिवारले १९ नोभेम्बर २०१० को दिन सम्पूर्ण खेलप्रेमी दर्शक र टिमहरुलाई स्वागत गर्दै, उक्त १९ नोभेम्बर २०१० को दिन कुवेतस्थित कुनै पनि नेपाली सँघ-संस्थाहरुलाई अन्य कार्यक्रमको आयोजना गरि कार्यक्रम नजुधाई दिनु हुन र टिम दर्ता एवं गोला प्रथाको निम्ती १२ नोभेम्बर २०१० को दिन, दिनको ४ बजे पश्चात कुवेतको मालिया पार्कमा सबै नेपाली भलिबल टिम क्याप्टेन र टिम मेनेजरहरुलाई आमन्त्रित गरेको छ ।
उक्त भलिबल प्रतियोगिता सम्बन्धी थप तथा अधिक जानकारीको लागि निम्न लिखित व्यक्ती र फोन नम्बरमा सम्पर्क गर्नु हुन पनि लालीगुराँस साँस्कृतिक परिवारले आम कुवेतवासी नेपालीहरुलाई अनुरोध गरेको छ ।
बि. बि. मल्ल ठकुरी -५५०२१९०५, राजेन्द्र बिरही -६७७४९३६१, चन्दन लिम्बु -६५६८०५९४, मनोज काफ्ले -९९६४६१८३, समिर शाक्य -९७४२१७३३
नोट: कमेन्टको लागि प्राविधिक समस्या देखिएकोले क्षमा चाहन्छौं ।
Like this:
Like Loading...