Daily Archives: 29/10/2010

विदेशको दुःख सम्झेर गाउँमा कुखुरा पालन


अर्घाखाँची, कात्तिक १२- अर्घाखाँचीको घोचेखोलाका एक युवक विदेशबाट फर्किएर व्यावसायिक कुखुरापालनतर्फ लागेका छन्। विदेशमा गएर दुःख गर्नुभन्दा आफ्नै गाउँमा पसिना बगाउनुपर्छ भनेर व्यावसायिक कुखुरापालनतर्फ लागेको किमडाँडा घोचेखोलाका किसान मधुप्रसाद बन्जाडेले बताए। पढ्नेक्रम जारी राख्नुहोस्

साउदी अर्बपतिको नेपाल भ्रमण


‘लगानी सम्भावना उच्च रहने’

काठमाडौ, कार्तिक १२ – साउदी अर्बपति व्यवसायी अल वालिद बिन तलालले नेपाल भ्रमण गर्ने भएका छन् । साउदी राजा अबदुल्लाका नातेदार अल वालिद कात्तिक २८ काठमाडौं आउने बताइएको छ । उनको तीनदिने भ्रमणमा लगानीको सम्भावना’bout छलफल हुने अनुमान छ । लामो समयपछि साउदी राजपरिवारबाट यस्तो भ्रमण हुन लागेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

२१ गते नै भाइटीका गर्नु शास्त्रसम्मत् : पञ्चाङ्ग निर्णायक समिति


काठमाडौं, कार्तिक १२ – नेपाल पञ्चाङ्ग निर्णायक समितिले अक्षांश र देशान्तरका आधारमा साँस्कृतिक मान्यता र परम्परालाई आधार मानी चाडपर्वको निर्णय गरिएको जनाएको छ । आ-आफ्नो चलनअनुसार वा उत्सवका रुपमा पर्व, जात्रा मनाउन शास्त्रले बाधा नगर्ने र स्वेच्छाले मनाइएको पर्व उत्सवलाई शास्त्रीय मान्यता प्रदान गर्न नमिल्ने भएकाले पञ्चाङ्गमा उल्लेख भए बमोजिम तिहारपर्व मनाउन नेपाल पञ्चाङ्ग निर्णायक समितिले विज्ञप्तिमार्फत अनुरोध गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्