भर नपर्दा प्रहरी: नेपालगञ्ज घट्ना


अपहरण’bout प्रहरीलाई तीन दिनपछि मात्रै थाहा दिइयो । अपहरति कपिल द्विवेदी र लीलाधर भट्टको सकुशल रिहाइका लागि अपहरणकारीलाई १० लाख फिरौती रकम दिने सहमतिपछि मात्र प्रहरीलाई जानकारी गराइएको थियो । पीडित परिवारले प्रहरीको भर नपरेकैले सुरुमै खबर नगरेका हुन् । कतिसम्म भने लीलाधरका बुबा डिकरदेवलाई समेत द्विवेदी परिवारले समेत कुनै जानकारी गराएन, डिकरदेव प्रहरी सेवामा कार्यरत भएकै कारण । प्रहरीलाई खबर गर्दा ढिलो भइसकेको थियो । प्रहरीले अपहरतिलाई न जीवितै उद्धार गर्न सक्यो, न त फिरौती फिर्ता गर्नै । “छोरा फर्केर आए घर बेचेर भए पनि फिरौतीको ऋण तिर्छु भनेको थिएँ” कपिलकी आमा ऋचा भन्छिन्, “छोरा पनि गुम्यो, फिरौती पनि डुब्यो ।”

फिरौतीका लागि द्विवेदी परिवारलाई बाध्य पार्नकै लागि अपहरणकारीले गत असोज १८ गते १६ वर्षिय लीलाधरको बेकसूर हत्या गरे । “बेलैमा प्रहरीलाई खबर भइदिएको भए उसको ज्यान जोगिने थियो” बुबा डिकरदेव भन्छन्, “फिरौती पनि चाँडै जुट्थ्यो ।”

दुई स्कुले विद्यार्थीहरूको अपहरण पछि हत्याको घटनाले जति सनसनी फैलायो, त्यसभन्दा धेरै पश्चिम तराईको सुरक्षास्थिती र प्रहरीप्रतिको विश्वासमाथि झुन्डिएको प्रश्न चिन्ताको विषय बन्न पुगेको छ, विशेष गरी उक्त प्रकरणपछिको अवस्थामा । अपहरण र हत्याको यो पछिल्लो घटनाअघि पनि प्रहरीलाई छलेर अपहरणकारीसँग सम्झौतामा पुग्ने प्रयास भएका हुन् । कतिपयमा त प्रहरीले अपहरति छुटेपछि मात्रै थाहा पायो ।

प्रहरीप्रति भर नपर्नुका अनेक कारण छन् । खासगरी तराईका जिल्लामा कार्यरत प्रहरीहरू सशस्त्र एवं आपराधिक समूहसँग मिलेमतोको चर्चाले पनि प्रहरीप्रतिको विश्वास खस्कँदो छ । जिल्ला प्रहरीका हवल्दार साकिर अलि बेहनाले सशस्त्र समूहलाई महत्त्वपूर्ण सूचना दिएर सघाउने गरेको पुष्टि भइसकेको छ । अपराधीलाई सघाउने बेहनालाई निलम्बन गरी हिरासतमा राखिएको प्रहरी उपरीक्षक महेशविक्रम शाह बताउँछन् । अपहरणको अनुसन्धानका लागि प्रहरी टोली कपिलको घरमा पुग्दा बेहना पनि त्यसमा सामेल रहेका हुन्थे ।

प्रहरीको गोप्य रणनीति चुहिएकैले विद्यार्थीद्वयको सकुशल रिहाइ गर्न प्रहरी असमर्थ भएको दाबी गर्ने स्रोतका अनुसार, अपहरणकारीलाई घेराबन्दी गरेर उद्धार गर्ने योजना बेहनाले चुहाएका थिए । त्यस्तै, प्रहरी नायब उपरीक्षक विनोद घिमिरे आफन्त बनेर फिरौती बुझाउन जाने रणनीति पनि केहीबेरमै अपहरणकारीकहाँ पुगेको थियो । पीडितलाई सान्त्वना दिन घरमै पुगेका प्रधानमन्त्री माधवकुमार नेपालसँग पनि द्विवेदी परिवारले बिग्रेको सुरक्षास्थिती र भर पर्न नसक्ने प्रहरी संयन्त्र’bout गुनासो गरेका थिए । कपिलका बुबा सञ्जय र आमा ऋचाले प्रधानमन्त्रीसँग १५ मिनेट गोप्य भेटसमेत गरे । ऋचाले गुनासो गरेकी थिइन्, “प्रहरी पनि मिलेको रहेछ । अब कसलाई विश्वास गर्ने ?” प्रधानमन्त्री नेपालले अपराधीसँग मिल्ने प्रहरी’bout छानबिन गर्न केन्द्रीयस्तरमै निर्देशन दिने प्रतिबद्धता जनाएका थिए ।

स्कुले किशोरहरू कपिल र लीलाधर गत असोज १४ गते साँझ अपहरणमा परेका थिए । साँझ ६ बजे उनीहरूसँगै घरबाट निस्केका थिए । कपिलका बुबा सञ्जय द्विवेदी प्रधानाध्यापक रहेको इन्द्रपुरस्िथत प्राथमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष रामसुरेश बर्माले कपिललाई भेट्न बोलाएका थिए । मिल्ने साथी भएकाले लीलाधर सँगै गएका थिए। नेपालगन्ज-१५ स्थित भट्टीटोलबाट एउटै साइकल चढेर धम्बोझीतिर निस्केका उनीहरू फर्केनन् । असोज १५ गते अपहरणकारीले कपिलको घरमा फोन गरी ५० लाख रुपियाँ फिरौती मागेका थिए । कपिलका बुबा सञ्जय भन्छन्, “त्यत्रो रकम कहाँबाट ल्याउँ भनेर रोएँ । १० लाख ल्याए छोरा सकुशल पाउँछस् भनेका थिए । तर, अपराधीको विश्वास गर्दा धोका पाइयो ।” 

द्विवेदी परिवारसँग ३० हजार रुपियाँ मात्र थियो । रोइकराई उनीहरूले बाँकी रकम जुटाएका थिए । शुभचिन्तक, छिमेकी, आफन्त र तीन विद्यालयका शिक्षक सहकर्मीहरूले रातारात १० लाख रुपियाँ जुटाएको सञ्जय सम्झिन्छन । कपिलका बुबा सञ्जयले जिल्ला प्रहरीदेखि डेढ किलोमिटर पश्चिम खजुरा रोडस्थित इँटाभट्टाछेउ पुगेर फिरौती बुझाउँदासम्म छोरा फर्केर आउने आशा लिएका थिए । एक घन्टाभित्र छोरा फर्काउँछौं भनेर पैसा लिएका अपहरणकारी सम्पर्कमै आएनन् । “ऋणै-ऋणमा डुबेका छौँ । ऋण तिर्न घर बेच्नुपर्ने स्थिती छ,” आमा ऋचा दुःखेसो पोख्छिन् ।

आर्थिक अनियमितता लुकाउन बर्माले प्रधानाध्यापक सञ्जयलाई सरुवा गराउन चाहेका थिए । त्यति सानो कुरामा यति ठूलो अपराध होला भन्ने उनले सोचेकासम्म थिएनन् । तर, नसोचेकै भइदियो । बर्माले सशस्त्र समूह तराई जनतान्त्रिकका नाइके मेराज अहमद साईलाई प्रयोग गरेर अपहरण र हत्या गराएका थिए । बर्मा फिरौती लिएर फरार छन् । 

किशोरहरूलाई बर्माले पाँच दिनसम्म इन्द्रपुरस्थित आफ्ना नातेदारको घरमा लुकाएर राखेका थिए । फिरौतीबापत १० लाख रुपियाँ पाएपछि कपिलको हत्या गरेर जिल्ला प्रहरी कार्यालयदेखि सात सय मिटर परको खेतमा खाल्डो खनेर गाडिएको थियो । लीलाधरको शव भने टाउको छुट्टयाइएको अवस्थामा कारकादोमा भेटिएको थियो। दुवै किशोरहरू कक्षा ३ देखि जयबागेश्वरी उच्च माविमा सँगसँगै अध्ययनरत थिए । कपिल र लीलाधर एकछिन छुट्टीदैनथे । हत्याको एक साताअघि मामाघर दाङमा सोह्रश्राद्ध हुँदा पनि कपिलले लीलाधरलाई सँगै लगेका थिए । “सुत्दा मात्र आ-आफ्नो घरमा हुन्थे । खाँदा, बस्दा, घुम्दा र स्कुल जाँदा सँगै हुन्थे,” कपिलका मामा यज्ञनिधि अधिकारी सुनाउँछन् ।

फिरौतीका लागि बाध्य पार्न लीलाधरलाई र अपहरणकारीलाई चिनेका हुनाले डरले कपिलको हत्या गरिएको हुनसक्ने प्रहरी नायब उपरीक्षक विनोद घिमिरे बताउँछन् । अपहरणकारीले आफू जोगिन हत्या गर्ने वा बेपत्ता पार्ने गरेका छन्, उनी भन्छन्, “अपहरण हुनासाथ प्रहरीलाई खबर नहुँदा पनि अपराधीहरू उम्किने गरेका छन् ।”

छ महिनाअघि अपहरति महेन्द्र बहुमुखी क्याम्पसका प्रमुख राजितराम पाठकका परिवारले पनि प्रहरीको भर पर्नुको सट्टा फिरौती बुझाएर सकुशल मुक्त हुने जुक्ति निकाले । पाठक १५ लाख रुपियाँ फिरौती बुझाएर मुक्त भएका थिए । त्यस्तै, एक वर्षअघि असार ७ गते अपहरति त्रिभुवनचोकका गौरवकृष्ण रस्तोगी’bout पनि परिवारले सुरुमै प्रहरीलाई खबर गरेन । सात लाख रुपियाँ फिरौती रकम बुझाएपछि पनि छोरा नफर्किएपछि बुबा कृष्णमुरारीले प्रहरीमा उजुरी गरेका थिए । अपहरणकारीले रस्तोगी परिवारबाट सुरुमा चार करोड रुपियाँ फिरौती मागेका थिए। बार्गेनिङ् गरी सात लाख रुपियाँ दिने सहमतिपछि बुबा कृष्णमुरारी फिरौती रकम लिएर काठमाण्डौ पुगेका थिए । अपहरणकारीले त्यहाँबाट उनलाई हेटौंडा बोलाए । “रातको १ बजेतिर हेटौंडामा पैसा बुझाएको थिएँ,” उनी भन्छन्, छोरालाई छाड्नु त परै जाओस् अहिलेसम्म अत्तोपत्तो छैन ।

त्यसयता अपहरणकारीले कुनै सम्पर्क नगरेको रस्तोगीले बताएका छन् । उनीहरूले प्रयोग गर्ने मोबाइलसमेत स्वीच अफ छन् । रस्तोगी परिवारको त्रिभुवनचोकस्थित गौरव इन्टरप्राइजेज र सीमावर्ती भारतीय रूपैडिया बजारमा रस्तोगी ब्रदर्स छ । रूपैडियाबाट नेपालगन्ज फर्किने क्रममा सुर्खेत रोडबाट मोटरसाइकलसहित रस्तोगी अपहरणमा परेका हुन् ।

व्यावसायिक अपराधी संलग्न रहेकाले खोजी अनुसन्धानमा कठिनाइ भएको प्रहरीले बताएको छ । सुरुमा परिवारले सूचना लुकाएकाले पनि गाह्रो परेको प्रहरीको भनाइ छ । प्रहरीको केन्द्रीय अपराध अनुसन्धान विभाग र मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयले छुट्टाछुट्टै टोली गठन गरेर अनुसन्धान गरे पनि अपहरतिलाई मुक्त गर्न सकेको छैन ।

गोप्य अपरेसन सफल:

अपहरित विद्यार्थीलाई सकुशल मुक्त गर्न नसके पनि हत्याको २४ घन्टाभित्रै मुख्य अभियुक्त मेराज अहमद साईलाई पक्राउ गर्न प्रहरी सफल भएको छ । ‘मोस्ट वान्टेड’ सूचीमा रहेका मेराजलाई पक्राउ गर्ने बाँके प्रहरीका नायब उपरीक्षक विनोद घिमिरेको टोली पुरस्कृत भयो । प्रहरीस्रोत दाबी गर्छ, प्रहरी उपरीक्षक घिमिरेले अपरेसन योजना गोप्य राख्न सकेकैले सफलता हात लागेको हो । खटिएको टोलीलाई घटनास्थल पुगेपछि मात्र जानकारी दिइएको थियो । 

सशस्त्र समूहमा संलग्न भई आतंक फैलाउँदै आएका मेराज अहमद साईलाई घिमिरेको कमान्डमा रहेको प्रहरी टोलीले असोज १९ गते मध्यरातमा पक्राउ गरेको हो । तीन वर्षयता बाँकेका गाउँहरूमा मेराज र उनीसम्बद्ध तराई जनतान्त्रिक पार्टीको आतंक थियो । मेराज सो समूहका पश्चिम कमान्डर हुन् । छ जनाको हत्या, अपहरण र नेपालगन्जमा चन्दा आतंक फैलाउन संलग्न मेराज पक्राउ पर्नुलाई बाँके प्रहरीले ठूलो सफलता ठानेको छ । प्रहरी दिवसको अवसरमा भेरी अञ्चल प्रहरीले घिमिरेसहित चार प्रहरीलाई पुरस्कृत गरेको हो ।

आपराधिक समूहको नाइके पक्राउ गर्न सकेकामा जति खुसी छु । त्योभन्दा बढी दुई कलिला किशोरलाई बचाउन नसकेकामा थक्-थक् लागेको छ, पुरस्कृत प्रहरी नायब उपरीक्षक घिमिरे भन्छन्, बेलैमा प्रहरीलाई खबर नगर्दा यति ठूलो घटना भयो । विद्यार्थीहरूको हत्या गरी मेराज इन्द्रपुरस्थित आफ्नो घर पुगेर फिरौतीसहित भाग्न लागेका थिए । उनलाई घेराबन्दी गरेर प्रहरी टोलीले पक्राउ गरेको थियो । घिमिरेको टोलीमा असई जीवन गुरुङ, देवराज वली र सीता चन्द थिए ।

अपहरति विद्यार्थीद्वय’bout प्रहरीले १७ गते औपचारकि खबर पाएको थियो । १८ गते भट्टको शव भेटिएपछि घिमिरेले द्विवेदीका परिवारलाई भेटेर सकुशल रिहाइका लागि सर्च अपरेसन गर्नुपर्ने बताएका थिए । तर प्रहरीलाई खबर नगर्नु भन्ने अपहरणकारीको धम्कीले परिवार हच्किँदा विद्यार्थीहरूलाई बचाउन नसकिएको उनले बताए । उनी भन्छन्, फिरौती दिनेबेला म पनि सँगै जाने कुरा थियो । त्यो सल्लाह पनि केहीबेरमै अपहरणकारी कहाँ पुगेछ र परिवारले रोके ।

गत असोज १९ गते राती साढे ११ बजे घिमिरे सानो टोली लिएर इन्द्रपुर गाउँ पुगेका थिए । मेराजको घरबाहिर उज्यालो थियो । एक वृद्ध बाटोमा उभिएकी थिइन् । अरहरबारीमा मोटरसाइकल तयारी हालतमा थियो । लुक्दै गएर घर घेरेर छापा मारेको उल्लेख गर्दै घिमिरे भन्छन्, “गाडी सडकमै राखेर पैदल खेतैखेत गएर गाउँ घेरेका थियौँ ।”

सुरुमा पक्राउ पर्ने व्यक्ति मेराज भएको प्रहरीले पत्तो पाएन । तर उनको फोन हेरेपछि मात्र उनी मेराज भएको थाहा पाएको नायब उपरीक्षक घिमिरे बताउँछन् । मेराजले १० लाख रुपियाँ फिरौती रकम पाउनासाथ कपिलको पनि हत्या गरेर इन्द्रपुर-७ स्थित खेतमा खाल्डो खनेर गाडेको प्रहरीलाई बताएका थिए । मेराजलाई पक्राउ गर्न नसकेको भए कपिलको लास भेट्टाउनसमेत मुस्किल पर्‍थ्यो, घिमिरे भन्छन् ।

राधापुर गाविसका सचिव इन्द्रकुमार श्रेष्ठ, खजुराखुर्द-१ का गंगाराम पासी र मुन्ना यादव, बागेश्वरी गाविसका प्रकाश श्रेष्ठ हत्यामा मेराजको संलग्नता रहेको प्रहरीले बताएको छ । त्यस्तै, क्याम्पस प्रमुख पाठकको अपहरण र कोष तथा लेखा नियन्त्रण कार्यालयका कर्मचारीलाई अपहरण गरी १८ लाख रुपियाँ फिरौती लिएर छाडेका थिए । उनी ०६५ जेठ ७ गते टेलिफोनको तार चोरी अभियोगमा प्रहरीले पक्राउ गरेको थियो । २० हजार रुपियाँ धरौटीमा रिहा भएपछि उनी भूमिगत तराई जनतान्त्रिक पार्टी मधेसका बाँके इन्चार्ज हुँदै पश्चिम कमान्डर भएका थिए ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.