राजु गुरुङ, कुवेत
बडा दशै एवं तिहार को अवसर पारेर प्रबासमा जीवन बिताइ रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु माझ शुभकामना आदान प्रदान गर्दै आपसी भाईचाराको सम्बन्ध प्रगाढ बनाउदै लैजाने उदेस्यले यही आउदो नोवेम्बर ५ शुक्रबार लक्ष्मी पूजाको दिन माउन्ट एभरेष्ट स्पोर्टइङ क्लब, काठमाडौं-कुवेत द्वारा भब्य बनभोज कार्यक्रमको गर्न लागिएको हो सो कार्यक्रमको करिब ९० प्रतिशत तयारी सकिएको जानकारी प्राप्त भएको छ । कुवेतको साल्मिया स्थित (इन्डिअन एम्बेसी पछाडि) ग्रीन आइल्यान्ड पार्क रमणीय स्थान भएकोले बिशेष गरेर छुट्टीका समय बिताउने पर्यटकीय स्थान हो, फराकिलो स्थल घुम्नफिर्न साथै आराम गर्नको निम्ती कुर्सी टेबलको प्रसस्त ब्याबस्था एवं सौचालय तथा अन्य बिबिध सुबिधाहरुको सुलभ उपलब्ध भएको हुँदा बनभोजको निम्ती पहिलो रोजाइमा परेको कुरा आयोजक समिती बताउछन भने कार्यक्रम तिहारको बिचमा भएको हुँदा देउसे भैलो, गीत संगीत, हास्य ब्याङ्य एवं उपस्थित दर्शकहरुलाई नै सहभागी गराइ बिभिन्न मनोरन्जनात्मक खेलहरु खेलाई पूर्ण मनोरन्जनका साथ यसपालीको बनभोज रोचक रहने कुरा कार्यक्रमका उप-संयोजक धर्मराज गिरी बताउनु हुन्छ। समुन्द्री तटमा बसेर प्रबासी नेपालीदाजु भाई तथा दिदी बहिनीहरु माझ छालहरुको द्रिश्यावलोकन गर्दै ओपन बुफेमा बनभोज खानु नै एउटा भिन्नै रोमान्चकारी अनुभब रहनेमा आयोजक समिती बिश्वस्त छन।
yo ta sachai khusi ko kura ho. Mount everest, lai 5 tarik bhetaula hai ta……….