७० नेपाली कामदार अफगानिस्तानको जेलमा


होम कार्की, काठमाडौ

कार्तिक १०, रोजगारीका लागि अफगानिस्तान पुगेका ७० जना नेपाली विभिन्न समयमा पक्राउ परी काबुलस्थित केन्द्रीय कारागारमा राखिएका छन् । वैदेशिक रोजगार व्यवसायी र दलालमार्फत नक्कली भिसामा रोजगारी दिलाइदिने भन्दै लाखौं लिएर त्यहाँ पुर्‍याएका नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा अमेरिकी र संयुक्त राष्ट्रसंघअन्तर्गत काम गर्ने भनेर पुर्‍याइएका कामदारहरू छन् । हामी एक ठाउँमा ७० जना नेपाली कामदार बन्दी अवस्थामा छौं, काबुल जेलबाट मध्यरातमा सम्पर्कमा आएका झापाका हेमराज सुवेदीले कान्तिपुरलाई फोनमा भने, पक्राउ पर्ने सबैजना नक्कली भिसामा ल्याएका र भिसा अवधि सकेर लुकाइराखेका नेपाली दाजुभाइ छन् ।

उनीहरू रातको १२ बजे मात्रै अनुकूल पर्ने हुँदा आफन्त र सञ्चारकर्मीसँग सम्पर्कमा आउने गरेका छन् । उनीहरूलाई विमानस्थल, होटल र नेपाली राख्ने क्याम्पबाट पक्राउ गरी राखिएको हो । पक्राउ परेकामध्ये पाँच जना वासुदेव लामिछाने, गोविन्द सुब्बा, हेमराज मिश्र, सोमराज खत्री, छविलाल कडरिया र राजेश मगरलाई काठमाडौं वसुन्धारस्थित ओसिस म्यानपावरका सञ्चालक मदन शर्मा भट्टराई र भानुभक्त निरौलाले पाँच लाख रुपैयाँ लिई पठाएका थिए ।

बाँकीलाई पठाउने एजेन्ट र म्यानपावर भने खुलेको छैन । भट्टराईले उनीहरूसँग १४ जनालाई त्यता पठाएका थिए । जसमध्ये नौ जना होटलबाट र पाँच जनालाई कान्दरा विमानस्थलबाट पक्राउ गरिएको हो । उक्त टोलीलाई पक्राउ गरी काबुल पुर्‍याएपछि मात्रै एकै ठाउँमा यति धेरै नेपाली बन्दी भएको खबर बाहिर आएको हो । हामी यहाँ आएका झन्डै तीन साता भयो, मिश्रले भने, अरू साथीहरू भने महिनौं अगाडि ल्याइएको रहेछ । उनका अनुसार सजाय’bout अहिलेसम्म केही जानकारी दिइएको छैन ।

भट्टराईले १४ जनाको टोलीलाई अफगानिस्तान पठाउन दुई महिना दुबई लगेर राखेका थिए । त्यहाँबाट नसकेपछि नेपाल झिकाई कामदारसँग थप रकम लिई भदौ १८ गते सीधै अफगानिस्तान पठाएका थिए । विद्युतीय काममा मासिक ८ सय डलरको रोजगार दिने भनेर श्रीमान्का लागि पाँच लाख रुपैयाँ लगानी गरें, जेलमा रहेका सुब्बाकी पत्नी रचनाले भनिन्, उता गएलगत्तै नक्कली भिसाको नाममा पक्राउ पर्नुभयो । गोविन्द चार वर्ष मलेसियामा काम गरेर फर्केका थिए ।

उनीहरूले श्रम, पराराष्ट्र र राष्ट्रिय मानव अधिकार आयोगसमक्ष रिहाइका लागि निवेदन दिएका छन् । जीवन नै जोखिममा परेको छ, मिश्र र लामिछानेका आफन्त अच्युतकुमार भट्टराई र सोमनाथ लामिछानेले भने, हामी सरकारसमक्ष दोषीलाई कारबाही र पीडितको उद्धार गर्न अपिल गर्छौं ।

सरकारले वैदेशिक रोजगारका लागि संयुक्त राष्ट्रसंघको बेसक्याम्प बाहेकका क्षेत्रमा जान प्रतिबन्ध लगाएको छ । तर एक पटक पूर्वस्वीकृति नलिई त्यहाँ गएर आएका कामदारलाई भने अनुमति दिने गरेको वैदेशिक रोजगार विभागले जनाएको छ । अहिले सुरक्षा बेसक्याम्प र बाहिर गरी झन्डै २५ हजार नेपाली  सुरक्षा गार्ड, विद्युतीय प्राविधिक, कुक म्यान र साधारण लेबर पदमा कार्यरत छन् ।

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.