१० नेपाली महिला यूएई दुतावासको शरणमा


उमाकान्त पाण्डे, यूएई

काम गरेको पैसा नदिएको र बिरामी हुँदा उपचार समेत नगरेकोले आफु कार्यरत घर मालिकको घर बाट भागेर नेपाली राजदुतावास यूएई आबुधाबीको शरणमा गत भाद्र १७ गते काफलगाडा ६ गोरखाकी बिष्णुमाया लामा पुगेकी हुन । कम्पनीको म्यानेजरले ग्राहकसँग अबैध संपर्क राख्न जबर्जस्ती गर्नखोजेको भन्दै आफु आएको भिसावाला कम्पनी छोडेर गैरकानुनी रुपमा केही समय बहिर काम गरे पछि दुतावासबाट सहयोग पाउने आशामा नेपाल फिर्ने मनाशयले भाद्र १८ मा ह्यापुर ३ दाङकी रिता केसी दुतावासको ढोका ढकढकाउन पुगिन ।

भदौ महिनाकै १९ गते दुतावासमा फेरी दुई जना महिला थपिए । आफुले काम गरे बापत पाउनु पर्ने तलब नपाए पछी घर छोडेर १ वर्ष सम्म गैरकानुनी रुपमै कार्यरत पथरदैया ९ कपिलवस्तुकी शकुन्तला मल्ल र मकालु ८ संखुवासभा कि खिलिमाया राइ एकै दिन दुतावासको आगनमा पुगे । समस्यामा परेका महिलाहरु दुतावासमा थपिने क्रम चलिरह्यो ।

बाहुनडाडा लमजुङकी सुम कुमारी गुरुङ आफ्नो मालिकले स‍वेदनशिल अगंमा छुने तथा अनैतिक सम्बन्ध राख्नका लागि जबर्जस्ती गर्न थालेपछी भागेर गत असोज १४ गते दुतावासको शरणमा गएकी हुन भने वाणगंगा ८ रुपन्देहीकी तारा थापामगर पनि आफ्नो मालिकले भाडामाझेको पानी पिउन लगाउने, पिउन नमाने कुट्ने ,पिट्न थालेपछी गत असोज २४ गते आफु कार्यरत घर छोडेर राहत पाउने आशमा दुतावास पुगेकी छन । धरान ११ धनकुटाकी मिना गुरुङ असोज १७ गते यस्तै समस्याका कारण नेपाल फिर्ता जान पाउने आशा सहित नेपली राजदुतावास यूएई आबुधाबी पुगेकी थीईन । आफुकार्यरत मालिकले नराम्रो व्यबहारगर्न थाले पछी एक पाकिस्तानीको सहयोगमा १९ असोजमा डोल्बुङ ६ इलाम घर भएकी सन्त कुमारी राई पनि दुतावासकै शरणमा पुगिन । उता साहुनीले कुट्ने,पिट्ने,पेटभर खान नदिने तथा काम गरे बापतको ३ महिना सम्मको तलब नदिएकोले घरबाट भागेर मधुमाला ३ मोरङकी नन्द कुमारी लिम्बु गत बैशाख १६ देखी दुतावासमै रहेकी छन भने मोरङ ४ डागेंहाटकी लालमाया लिम्बु यूएई छिरेको ५ महिना सम्म लगातार कामगर्दैजादा पनि मालिकले बिभिन्न वहाँनामा शरीरिक तथा मानशिक पीडा दिन थाले पछी असोज १७ मा भागेर दुतावासमा गएकी हुन ।

समाचार तयार पार्दा सम्मको तथ्याकं सरसर्ती हेर्दा यूएईमा रहेका नेपाली महिलाहरुका समस्या थाहापाउन त्यती असजिलो छैन । कुटनैतीक नियोगको समेत जिम्मेवारी पाएको दुतावासले यस्तै समस्यामा परेकालाई उद्दार गर्न र नेपाल फिर्ता पठाउन बाहेक अन्य काममा खासै फड्को मार्न सकेको छैन । अप्ठ्यारोमा परेका १० नेपाली महिलाहरु मध्ये प्राय सबै नेपालको बाटो हुँदै आएका हुन । नेपाल र यूएई बिचको श्रमसम्झौता अनुसार यहाँ हाउसमेडको रुपमा कामगर्न आउन प्रतिबन्ध छ । यधपी नेपाली महिला घरेलुकामदारको रुपमा खाडी भित्रिने क्रम रोकिएको छैन ।

समस्यामा नपर्दा समेत नेपाली दुतावास कहाँ छ भन्ने पनि ख्याल गरिदैन । जब समस्या आइपर्छन महिलाहरु दुतावासकै ढोकामा पुग्नु पर्ने स्थिती छ । दुतावासको कार्यलय परिसरको एक हललाई यस्तै खालका समस्यामा परेकाहरुको बसोबासका लागि प्रयोग गरिदै आइएको छ । हरेकमहिना यस्ता बिबिध समस्यामा फसेका महिलाहरु दुतावासमा रहेकै हुन्छन । तर यस्पाली यो शख्या ह्वात्तै बढेको छ । क्षमता भन्दा बढी महिलाहरु भएकै कारण अहिले उनिहरुलाई बस्न,खान र सुत्ने समस्या रहेको छ । महिला हरु जेनतेन आफन्तको सहयोग र आफुहरु सँगै रहेको धेरथोर पैसाले एक छाक भएपनी खाएर गुजारा गरिरहेका छन । रातमा सुत्नको लागि दुतावासको कार्यालयमा रहेका पत्र-पत्रिकालाई बिछौना स्वरुप प्रयोग गर्दै आएका छन त्यी पीडित महिलाहरु ।

समस्यामा परेका अत्यधिक महिलाहरु आफ्नो खाश भिसाको खास स्पोनसर छोडेर गैरकानुनी(अरबिक भाषामा खल्लीबल्लीको)रुपमा लामो समय अन्यत्र कामगरे पछी दुतावास आएको देखिन्छ । ‘कानुनविपरित काम गरी समस्यामा परेकालाई उद्दारगर्न अत्यन्त कठिन छ,यधपी नेपाली राजदुतावास आबुधाबीको सम्पूर्ण ध्यान यि समस्यामा परेका महिलाहरुको उद्दारका लागि केन्द्रित गरिएको महिला तथा अन्य श्रम सँग सम्बन्धीत समस्या हेर्ने जिम्मेवारी पाएकी दुतावासकी श्रमसहचारी पार्वती अर्याल बताउछिन । बाहिर बाट हेर्दा दुतावासले काम गरेन भन्ने गुनासो देखिन सक्छ तर महिलाहरु जटिल प्रकृयाका समस्या सहित आएका छन,जुन कानुन विपरितका काम गरी आएको समेत तथ्याकंले देखाउछ , कानुनविपरितका काम गरी आउनेहरुलाई दुतावासले गर्न सक्ने सक्दो त पुराउछ यधपी ढिलो चाडो मात्र यस्को सकरात्मक नतिजा आउने छ , आशा गरौ दुतावासले उद्दार गरेको जानकारी छिट्टै गराउने छौ’ दुतावासका उप-नियोग प्रमुख दिपक अधिकारीले भने ।

नेपाली महिलालाई घरेलु कामदारको रुपमा आउन प्रतिबन्ध रहेको सम्युत्त अरब एमिरेट्स यूएईमा करिव १ लाख ५० हजार भन्दा बढी नेपाली बिभिन्न पेशामा कार्यरत रहेको तथ्याकं नेपाली राजदुतावास आबुधाबी सगं रहेको छ । यधपी यहाँ कती महिला हरु कार्यरत रहेका छन कुनै एकिन तथाकं कसै सँग पनि छैन । प्रतिबन्धित रहेको भए पनि नेपाली महिला आउने क्रम रोकिएको छैन । घरेलु कामदारको रुपमा खाडी मुलुकमा आउने नेपाली महिलाहरुको शख्या दिन प्रतिदिन बढदो छ । वढदो संख्यासँगै यहाँ कार्यरत महिलाहरुका समस्या पनि उत्तिकै बढी रहेका छन । यस् तर्फ सम्बन्धित निकायले समयमै ध्यान पुराउनु आबश्यक रहेको देखिन्छ ।

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.