राष्ट्रपति चिया बोकेर चीनतिर


काठमाडौं, कात्तिक १० -राष्ट्रपति रामवरण यादवले चीन भ्रमणमा कोशेली के लगे होलान् ? बुद्धको मूर्ती, पशुपतिनाथ, बौद्ध स्तुपा, स्वयम्भू झल्किने आकृति ‘तपाईको अनुमान यस्तै होला । तर, गलत । उनले यसपाल चीन भ्रमण जाँदा यीमध्ये कुनै कुरा पनि लगेका छैनन् । उनले लगेका छन् -३२ वटा नेपालमा बनेको चियापत्तीका प्याकेट । राष्ट्रपतिले यसपाली नेपालमा बनेको चियापत्ती कोशेली लग्नुभएको छ, राष्ट्रपति कार्यालय स्रोतले भन्यो ।

स्रोतको अनुसार राष्ट्रपतिले कोशेलीका रूपमा चियापत्ति छनौट गर्नुमा दुईवटा तर्क राखेका थिए । पहिलो, चिनीयाँहरु चिया पिउन बढी मन पराउँछन् । दोस्रो, नेपाली चियापत्तिको प्रचार पनि हुने । चियापत्तिको लागि चीन विश्वकै ठूलो बजार हो, राष्ट्रपति कार्यालय स्रोतले भन्यो, चीनमा नेपाली चियापत्तिको प्रचार गर्नसके नेपाली चियापत्तिले उचित बजार पाउने तर्क राष्ट्रपतिको थियो ।

सत्र सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्वगर्दै मंगलबार चीन प्रस्थान गरेका राष्ट्रपतिले चीनीया प्रधानमन्त्रीलाई पनि नेपाली चियापत्ति नै उपहार दिने स्रोतले बतायो । भेट्न आउने सबै चिनीया नेतालाई राष्ट्रपतिले एक-एक प्याकेट चियापत्ति दिनेछन् । एक साता लामो मैत्रीपूर्ण सद्‍भावना भ्रमणको पहिलो दिन उनी ल्हासा बस्नेछन् । १० गते सियान प्रान्त प्रस्थान गर्ने उनको कार्यक्रम रहेको छ । सियानमा उनले दुई दिन बिताउने छन् । १२ गते उनी संघाइ पुग्ने कार्यक्रम रहेको छ। संघाइ एक्स्पोमा राखिएका नेपाल पेविलियनको १३ गते अवलोकन गरेपछि १४ हुने एक्स्पोको समापन समारोहमा उनी सहभागी हुनेछन् ।

परराष्ट्र मन्त्रालयका अनुसार एक्स्पोको समापन समारोहमा राष्ट्रपति यादव लगायत विश्वका ८ देशका राष्ट्रअध्यक्ष तथा सरकार प्रमुख सहभागी हुने छन् । १४ गते नै उनले चीनीया प्रधानमन्त्री वेन जियावाओसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपतिको भ्रमण टोलीमा छोरी अनिता यादव, पर्यटन तथा नागरि उड्यनमन्त्री शरदसिंह भण्डारी, राष्ट्रपतिका सल्लाहकार सूर्यप्रकाश शर्मा र हरी शर्मा, राष्ट्रपति कार्यालयका सचिव वामनप्रसाद न्यौपाने, परराष्ट्र सचिव मदनकुमार भट्टराई, शिष्टाचरा महापाल भुक्तिनाथ भट्ट, चीन महाशाखा प्रमुख रूद्रकुमार नेपाल लगायत १७ जना रहेका छन् । संघाई एक्सपोको समापन समारोह सहभागी हुन राष्ट्रपति यादव त्यसतर्फ गएका हुन् ।

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.