राजनीतिमा नेपाली महिलाको प्रशंसा


राजेश कोइराला, अमेरिका

कार्तिक १०, अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले नेपाली राजनीतिमा महिला सहभागिताको प्रशंसा गर्दै त्यसको प्रवर्ध्दन गर्न मद्दत गर्ने बताएकी छिन् । उनले मंगलबार संयुक्त राष्ट्रसंघमा बोल्दै नेपालसहित ग्वाटेमाला र युगान्डामा त्यस्तो प्रवर्ध्दन जोड दिइन् । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन, सार्कमा महिला सांसद्को अवस्था हेर्दा अहिले नेपाल सबैभन्दा अघि उभिएको छ ।

क्लिन्टनले अमेरिकी सरकारले विश्वभरका महिला सशक्तिकरणमा ४ करोड ४० लाख डलर छुट्याउने घोषणासमेत गरिन् । ‘महिला, शान्ति र सुरक्षा’ विषयमा केन्द्रित संरासंघीय सुरक्षा परिषद्को प्रस्ताव नं १३२५ आएको १० औं वार्षिकोत्सवमा संघ एक कार्यक्रममा आयोजना गरिएको थियो । उक्त प्रस्ताव सन् २००० अक्टोबर ३१ मा आएको हो । एक साताअघि जारी संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष, युएनएफपीएको, विश्व जनसंख्या स्थिति २०१०, प्रतिवेदनमा उक्त प्रस्ताव कार्यान्वयनमा नेपालको प्रतिवध्दताको प्रशंसा गरिएको थियो ।

क्लिन्टनका साथै दक्षिण एसियाबाट भिडियो सन्देशमा बोल्दै संघका महासचिव बान कि मुनलगायत धेरै राष्ट्रका कुटनीतिज्ञले युध्दमा महिलाविरुध्द हुने यौनजनिक हिंसा अन्त्य गर्न जोड दिए । उनीहरुले शान्ति स्थापना तथा नीति निर्माणमा सहभागिता गराउन शब्द नखर्ची काममा जोड दिन आह्वान गरे । सबै वक्ताले शान्ति स्थापना तथा यसको प्रवर्ध्दनमा महिला सहभागितामा सुधार आएको तर गर्नपर्ने धेरै रहेको बताएका थिए ।

बानले संघका ११ विभिन्न शान्ति र विशेष राजनीतिक नियोग प्रमुख तथा सहायक महिलालाई नियुक्त गरेको पनि जानकारी दिए । नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन, अनमिनको प्रमुख करिन लेनग्रेन एक हुन् ।

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.