जय आले, कुवेत
“नेपाली एकता र संस्कृती जहाँ भएपनी आफ्नो हुन्छ”
बिजया दशमी तथा शुभ-दिपावली-२०६७ को पावन अवसरमा कुवेतबासी नेपालीहरु बीच शुभ-कामना सन्देश आदान-प्रदान गर्ने र आपसी भाईचाराको सम्बन्धलाई सुदृढ तथा प्रगाढ बनाउने उद्देश्यले माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतको आयोजनामा आगामी ०५ नोभेम्बर २०१० को दिन, बिहानको ९.३० बजेदेखी कुवेतको ग्रिन आईल्याण्ड पार्कमा बिभिन्न सांगितिक प्रस्तुति र मनोरन्जनात्मक खेलकूद सहितको “तेस्रो वार्षिक बनभोज कार्यक्रम-२०६७” को आयोजना हुन गईरहेको सबैमा विदितै छ ।
खासगरी कुवेतबासी नेपाली जनसमुदायको “वान्स मोर” भन्ने आग्रहलाई आत्मसात गर्दै, कुवेतका ख्याती प्राप्त एवं लोकप्रिय नेपाली कलाकारहरु राजेन्द्र बिरही, चन्दन लिम्बु, देब लिम्बु, पुर्खा पुन, बि. बि. मल्ल र रत्ना बराल लगायतले सहभागिता जनाई आ-आफ्नो धमाकेदार प्रस्तुती दिनु हुने यस बर्षको बनभोज कार्यक्रम बिगतका भन्दा भिन्न किसिमको र थप मनोरन्जनात्मक हुने र जसमा नेपाली जनसमुदायको समेत व्यापक उपस्थिती रहने आयोजक समितिले अपेक्षा गरेको छ ।
साथै बनभोजको समय केबल हप्ता दिन मात्र बाँकी रहेकोले व्यवस्थापनमा कुनै त्रुटी या कमजोरीहरु नहुन भन्ने उद्देश्यसहित यस बनभोज कार्यक्रममा सहभागि हुन ईच्छुक जो कोहीलाई पनि यथाशिघ्र बनभोजको टिकट लिई यकिन तथ्यांक अग्रिम रूपमा संकलन गर्नमा आयोजकलाई सहयोग पुर्याउनु हुन सबैलाई अनुरोध गरिएको छ ।
टिकट बिक्री बितरणको समय ०३ नोभेम्बर २०१०, दिनको ४ बजे सम्ममात्र तोकिएको छ । उक्त समय पश्चात सम्पर्कमा आउनु हुने महानुभावहरुलाई यस बनभोज कार्यक्रममा सम्मिलित गराउन आयोजक समिति असमर्थ रहने बताउँदै, टिकट खरिदको लागि निम्न व्यक्ति, स्थान र फोन नम्बरमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित राख्नु हुन समेत आयोजकले अनुरोध गरेको छ ।
१) मङ्गाफ, फाहाहिल
सविन राउत -६६१९३५६०, नारायण नेपाल -६६०३६९७१
२) अबुहालिफा, महबुल्ला
डम्बर रिमाल -६६८०९६४२
३) जिलिव, अब्बासिया
जगत मगर -९९२८८३२०, चन्दन लिम्बु -६५६८०५९४
४) जहारा, आम्घारा
जित खड्का -५५५१०७२९, ९७५१०७२९, आनन्द श्रेष्ठ -९४०६७५३०, ६६८३४०४७
५) फरवानिया
सुश्री किरण आले -५५४२९८०६
या माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव कार्यसमितिका कुनै पनि सदस्यहरुलाई टेलिफोन मार्फत सम्पर्क गरी टिकट बुक गराउन सकिने छ ।