Daily Archives: 27/10/2010

खड्गीले खोले फाइट क्लब


द्वन्द्वनिर्देशक राजेन्द्र खड्गीले आफ्नो गृहजिल्ला कन्चनपुरमा फाइट क्लब खोलेका छन् । कन्चनपुरमा खोलिएको सो क्लब देशकै पहिलो भएको खड्गीले बताए । नेपाली चलचित्र क्षेत्रमा द्वन्द्वकलाकारको अभावपूर्ति गर्न सन्चालन गरिएको र यो क्लबमा अभिनेता पुष्कर भट्टको सहयोग रहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

राष्ट्रपति चिया बोकेर चीनतिर


काठमाडौं, कात्तिक १० -राष्ट्रपति रामवरण यादवले चीन भ्रमणमा कोशेली के लगे होलान् ? बुद्धको मूर्ती, पशुपतिनाथ, बौद्ध स्तुपा, स्वयम्भू झल्किने आकृति ‘तपाईको अनुमान यस्तै होला । तर, गलत । उनले यसपाल चीन भ्रमण जाँदा यीमध्ये कुनै कुरा पनि लगेका छैनन् । उनले लगेका छन् -३२ वटा नेपालमा बनेको चियापत्तीका प्याकेट । पढ्नेक्रम जारी राख्नुहोस्

यौनेच्छामा कमी हुनु दिमागी समस्या


sampleबीबीसी । एउटा नयाँ अध्ययनले अनुसार केही महिलाहरुमा यौनेच्छा कम हुनुको कारण उनीहरुको दिमागसँग सम्बन्धित रहेको खुलासा गरेको छ । यो शोधका क्रममा महिलाहरुलाई उत्तेजित गर्ने भिडियो देखाई उनीहरुको मष्तिष्कमा भइरहेको परिवर्तनको जाँच गरिएको थियो । शोधकर्ताहरुको दावीअनुसार ती महिलाहरुको मष्तिष्कको स्क्यान फरक देखियो जुन महिला सेक्सप्रति उदासिन थिए । पढ्नेक्रम जारी राख्नुहोस्

१० नेपाली महिला यूएई दुतावासको शरणमा


उमाकान्त पाण्डे, यूएई

काम गरेको पैसा नदिएको र बिरामी हुँदा उपचार समेत नगरेकोले आफु कार्यरत घर मालिकको घर बाट भागेर नेपाली राजदुतावास यूएई आबुधाबीको शरणमा गत भाद्र १७ गते काफलगाडा ६ गोरखाकी बिष्णुमाया लामा पुगेकी हुन । कम्पनीको म्यानेजरले ग्राहकसँग अबैध संपर्क राख्न जबर्जस्ती गर्नखोजेको भन्दै आफु आएको भिसावाला कम्पनी छोडेर गैरकानुनी रुपमा केही समय बहिर काम गरे पछि दुतावासबाट सहयोग पाउने आशामा नेपाल फिर्ने मनाशयले भाद्र १८ मा ह्यापुर ३ दाङकी रिता केसी दुतावासको ढोका ढकढकाउन पुगिन । पढ्नेक्रम जारी राख्नुहोस्

७० नेपाली कामदार अफगानिस्तानको जेलमा


होम कार्की, काठमाडौ

कार्तिक १०, रोजगारीका लागि अफगानिस्तान पुगेका ७० जना नेपाली विभिन्न समयमा पक्राउ परी काबुलस्थित केन्द्रीय कारागारमा राखिएका छन् । वैदेशिक रोजगार व्यवसायी र दलालमार्फत नक्कली भिसामा रोजगारी दिलाइदिने भन्दै लाखौं लिएर त्यहाँ पुर्‍याएका नेपालीलाई प्रहरीले पक्राउ गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

राजनीतिमा नेपाली महिलाको प्रशंसा


राजेश कोइराला, अमेरिका

कार्तिक १०, अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले नेपाली राजनीतिमा महिला सहभागिताको प्रशंसा गर्दै त्यसको प्रवर्ध्दन गर्न मद्दत गर्ने बताएकी छिन् । उनले मंगलबार संयुक्त राष्ट्रसंघमा बोल्दै नेपालसहित ग्वाटेमाला र युगान्डामा त्यस्तो प्रवर्ध्दन जोड दिइन् । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन, सार्कमा महिला सांसद्को अवस्था हेर्दा अहिले नेपाल सबैभन्दा अघि उभिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्