स्त्री लम्पट व्यक्तिको आयु छोटो हुने शोधकर्ताहरुको निर्क्यौल


के तपाईं धेरै महिलासँग यौन सम्पर्क राख्न चाहनुहुन्छ ? के तपाईंको मन-मानसिकता धेरै जसो समय यौन सम्पर्क मै केन्द्रित हुन्छ ? त्यसो हो भने होस गर्नुहोस् है, यस्तो यौन आशक्तिले तपाईंको आयु घटाउने शोधकर्ताहरुले निश्चित गरेका छन ।

सोर्सको अनुसार, न्यु साउथवेल्स विश्वविद्यालयका प्राध्यापकहरू सम्मिलित अनुसन्धाताहरूको एक समूहले हालै गरेको एक अनुसन्धानअनुसार स्त्री लम्पट व्यक्तिहरूको आयु निकै कम हुन्छ । आफ्नो जीवन गतिविधिको केन्द्रमा जतिबेला पनि महिला र यौनलाई राख्ने त्यस्ता व्यक्तिहरूले आफ्नो खानपान र स्वास्थ्य लगायतका कुरालाई कहिल्यै प्राथमिकतामा नराख्ने हुँदा पनि उनीहरूको आयु कम हुने अनुसन्धाताहरूको निष्कर्ष छ ।

जर्नल अफ एम्युलसनरी बायोलोजीमा प्रकाशित सो अध्ययन प्रतिवेदनमा धेरै महिलासँग यौन सम्पर्क राख्ने व्यक्तिको आयु एकैजना र विश्वासिलो महिला मित्रसँग यौन सम्पर्क राख्ने पुरुषको तुलनामा आधा भन्दा कम हुन्छ । अनुसन्धाता समूहका प्रमुख एवं प्राध्यापक एलेक्स जोर्डन भन्छन् -कतिपय पुरुष धेरै भन्दा धेरै महिलासँग यौन सम्पर्क स्थापित गर्नुलाई पुरुषत्व ठान्छन् तर यो सर्वथा गलत हो ।

अनुसन्धानले यो सत्य उद्घाटित गरिदिएको छ कि यौन सम्पर्कले पुरुषलाई क्षणिक आनन्द त दिन्छ तर यस क्रममा पुरुषले ठूलो मूल्य चुकाउनु पर्छ । यौन सम्पर्ककै सन्दर्भमा गरिएको एक अर्को अध्ययनअनुसार सामान्यत एक जना पुरुष आफ्नो सम्पूर्ण जीवनकालमा हुने यौन सम्पर्कमा जम्माजम्मी तीन घण्टामात्र स्खलित हुने गर्दछ ।

Posted by: Jay Ale                                        Source: Partapatrika

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.