बढी महिलाहरुबीच बढे-हुर्केका पुरुष कम सेक्सी


manएजेन्सी, लण्डन । एउटा नयाँ शोधका अनुसार जुन परिवारमा महिलाहरुको संख्या बढी हुने गर्दछ त्यस्तो परिवारमा बढेहुर्केका पुरुष कम सेक्सी हुने गर्दछन् । टेक्सास युनिभर्सिटीका शोधकर्ताहरुले मुसामा गरेको अध्यययनबाट यो निष्कर्ष निकालेका हुन् ।

शोधकर्ताहरुका अनुसार यदि कुनै परिवारमा महिलाको संख्या बढी छ भने त्यस्तो परिवारमा हुर्केका बालकको यौन व्यवहारमा असर पर्दछ । त्यस्ता बालक जब युवा अवस्थामा पुग्दछन् त उनीहरुको ‘बडी ल्याङ्ग्येज र व्यवहारमा पुरुष प्रधान परिवारमा बढेहुर्केका युवकको तुलनामा कम पुरुषार्थ झल्कन्छ । यो शोध रिपोर्ट ‘साइक्लोलजीकल साइन्स’ नामक पत्रिकामा प्रकाशित छ ।

यसरी गरियो अध्ययन: बैज्ञानिकहरुले अध्यययनका लागि नवजात मुसालाई तीन समूहमा बाँडे । पहिलो समूहमा नयाँ मुसा, दोस्रोमा माउ मुसा बढी थिए । तेस्रो समूहमा दुवैको संख्या बराबर थियो । बैज्ञानिकहरुले ती मुसाहरुको यौन व्यवहारको अध्ययन गरे । यसपछि यो निष्कर्ष निकालियो कि जुन समूहमा माउ मुसा बढी थिए त्यसमा रहेका मुसा यौनमा बढी समय बिताउँदैन थिए ।

शोधको परिणाम: कुनै पनि परिवारमा सँगसँगै हुर्केका बालक बालिकाको अनुपातमा उनीहरुको यौन व्यवहारमा असर पर्दछ। जसबाट व्यक्तित्व र व्यवहार भलै निर्धारित होस तर प्रारम्भिक जीवनको माहौलले यसलाई अकार दिने गर्दछ । परिवारमा बढी दिदीबहिनी वा अन्य महिलाहरुका साथ हुर्केका युवकहरुमा यौन चञ्चलता कम देखिए पनि विपरीत लिङ्गीप्रतिको आकर्षण भने कम हुँदैन ।

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.