बर्लिन, कात्तिक ९ (एएफपी) -यसपालिको विश्वकपमा सही भविष्यवाणी गरेर विश्वभर ख्याति कमाएको पल नामको अक्टोपसको निधन भएको ऊ बस्दै आएको एक्वेरियमले मंगलबार जनाएको छ । एक्वेरियमले एक शोक वक्तव्य जारी गर्दै गएराति पलको मृत्यु भएको बताएको हो । पलले सुरुमा जर्मनीले खेल्ने सबै खेलको मात्र सही भविष्यवाणी गरेको थियो । तर फाइनल खेलको समेत स्पेनले जित्ने भविष्यवाणी उसले सही गरेको थियो ।
अर्जेन्टिनालाई जर्मनीले पराजित गर्ने पलको भविष्यवाणीपछि अर्जेन्टिनी फ्यानहरुले पलको विरोधमा इन्टरनेटमा अभियान चलाएका थिए । एक्वेरियममा राखिएका दुई देशका झण्डा राखिएका भाँडोमध्ये जुनलाई पलले रुचाउँछ, त्यही देशले खेलमा जित्ने भविष्यवाणी गरिएको थियो ।
Posted by: Jay Ale