९ कात्तिक, काठमाडौं । सभामुख सुवासचन्द्र नेम्वाङले राजनीतिक सहमति पछि मात्र बजेट ल्याउन सरकारलाई सुझाव दिनुभएको छ । बजेट पेश गर्ने मिति तोक्न सरकारले आग्रह गरिरहेको बेला मङ्गलबार विहान प्रधानमन्त्री माधबकुमार नेपाललाई भेट गरी नेम्वाङले यस्तो आग्रह गर्नुभएको हो ।
प्रधानमन्त्रीको सरकारी निबास बालुवाटारमा भएको भेटमा नेम्वाङले पूर्ण बजेट आउन नसक्दा देश संकटपूर्ण स्थितिबाट गुज्रीरहेकोले सरकार प्रमुखको हैसियतले छिटो सहमति खोज्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको हो ।
प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादीले कामचलाउ सरकारले बजेट ल्याउन नसक्ने बताइरहेको बेला उसलाई मनाएर मात्र बजेट ल्याउनु पर्ने नेम्वाङको जोड थियो । उहाँले बजेट आउन नसक्दा उत्पन्न कठिनाई बुँदागत रुपमा आफूलाई उपलब्ध गराए बजेट पेश गर्ने मिति’bout कार्यव्यवस्था परामर्श समितिमा छलफल गर्ने प्रधानमन्त्रीलाई जानकारी गराउनु भएको छ ।
भेटमा पूर्ण बजेट, राजनीतिक गतिरोध अन्त्य, संविधान निर्माणको विषयमा छलफल भएको सभामुख नेम्वाङले जानकारी दिनुभयो । प्रधानमन्त्री चयनको अर्थहीन निर्बाचनले मुलुक झनै अन्यौलपूर्ण स्थितिमा गुज्रीरहेकोले अन्तरिम संविधान संसोधन गरेर भएपनि सहमति खोज्नुपर्ने नेम्वाङले बताउनुभयो । भेटमा नेम्वाङले आफ्नो क्यानडा भ्रमण’bout प्रधानमन्त्रीलाई जानकारी पनि गराउनु भएको थियो ।
Posted by: Jay Ale Source: Onlinekhabar