Daily Archives: 26/10/2010

विश्वकपमा सही भविष्यवाणी गर्ने अक्टोपसको मृत्यु


बर्लिन, कात्तिक ९ (एएफपी) -यसपालिको विश्वकपमा सही भविष्यवाणी गरेर विश्वभर ख्याति कमाएको पल नामको अक्टोपसको निधन भएको ऊ बस्दै आएको एक्वेरियमले मंगलबार जनाएको छ । एक्वेरियमले एक शोक वक्तव्य जारी गर्दै गएराति पलको मृत्यु भएको बताएको हो । पलले सुरुमा जर्मनीले खेल्ने सबै खेलको मात्र सही भविष्यवाणी गरेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

पौडेल १३ औं पटक पनि पराजित


काठमाडौं, कात्तिक ९ -प्रधानमन्त्री चयनका लागि मंगलबार संसदमा भएको १३ औं चुनावमा कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल पराजित भएका छन् । उनको पक्षमा ३८ मत मात्र पर्‍यो । विपक्षमा २ मत परेको चुनावमा ४४ संसद तटस्थ रहे । पढ्नेक्रम जारी राख्नुहोस्

खाडी राष्ट्र जानका लागि नेपाली दूतावासको स्वीकृति चाहिने


काठमाडौँ, कात्तिक ९ । कतार, संयुक्त अरब इमिरेट्स, कुवेत र साउदी अरब जान अब सम्बन्धित नेपाली दूतावासको पूर्वस्वीकृति लिनुपर्ने भएको छ । वैदेशिक रोजगारमा लुकिछिपी खाडी मुलुक पुगेका महिला कामदारले दुःख पाएको र यौन शोषण भोगेको गुनासो आएपछि त्यसलाई निरुत्साहित गर्न सरकारले यस्तो कदम चालेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

माओवादीलाई मनाएर मात्र बजेट ल्याउन सभामुखको सुझाव


९ कात्तिक, काठमाडौं । सभामुख सुवासचन्द्र नेम्वाङले राजनीतिक सहमति पछि मात्र बजेट ल्याउन सरकारलाई सुझाव दिनुभएको छ । बजेट पेश गर्ने मिति तोक्न सरकारले आग्रह गरिरहेको बेला मङ्गलबार विहान प्रधानमन्त्री माधबकुमार नेपाललाई भेट गरी नेम्वाङले यस्तो आग्रह गर्नुभएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

स्त्री लम्पट व्यक्तिको आयु छोटो हुने शोधकर्ताहरुको निर्क्यौल


के तपाईं धेरै महिलासँग यौन सम्पर्क राख्न चाहनुहुन्छ ? के तपाईंको मन-मानसिकता धेरै जसो समय यौन सम्पर्क मै केन्द्रित हुन्छ ? त्यसो हो भने होस गर्नुहोस् है, यस्तो यौन आशक्तिले तपाईंको आयु घटाउने शोधकर्ताहरुले निश्चित गरेका छन ।

सोर्सको अनुसार, न्यु साउथवेल्स विश्वविद्यालयका प्राध्यापकहरू सम्मिलित अनुसन्धाताहरूको एक समूहले हालै गरेको एक अनुसन्धानअनुसार स्त्री लम्पट व्यक्तिहरूको आयु निकै कम हुन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

बढी महिलाहरुबीच बढे-हुर्केका पुरुष कम सेक्सी


manएजेन्सी, लण्डन । एउटा नयाँ शोधका अनुसार जुन परिवारमा महिलाहरुको संख्या बढी हुने गर्दछ त्यस्तो परिवारमा बढेहुर्केका पुरुष कम सेक्सी हुने गर्दछन् । टेक्सास युनिभर्सिटीका शोधकर्ताहरुले मुसामा गरेको अध्यययनबाट यो निष्कर्ष निकालेका हुन् ।

शोधकर्ताहरुका अनुसार यदि कुनै परिवारमा महिलाको संख्या बढी छ भने त्यस्तो परिवारमा हुर्केका बालकको यौन व्यवहारमा असर पर्दछ । पढ्नेक्रम जारी राख्नुहोस्