कतारमा प्रवासी नेपाली र चिनिया बीच मैत्रीपूर्ण फूटबल खेल सम्पन्न


माधव मुखिया, दोहा कतार 

गत ८ अक्टुबर २०१० शुक्रबारको दिन, दोहास्थित सबैया स्कूलको हेल्थ एण्ड सपोर्ट क्लबको मैदानमा प्रवासी नेपाली र चिनिया बीच मैत्रीपूर्ण  फूटबल खेल भएको थियो । उक्त खेलमा नेपाली टिमले २ को विरुद्ध ५ गोलले चिनिया टिमलाई पराजित गरेको थियो ।  शारीरिक रुपमा चिनिया खेलाडीहरु नेपालीहरु भन्दा मजबूत देखिन्थे तर नेपाली खेलाडीहरुको शानदार खेल प्रदर्शनले चिनिया खेलाडीहरुको केहि लागेन ।

नेपाली टिमको नेत्रित्व एबम  व्यवस्थापन माउण्ट एभेरेष्ट यूथ क्लब दोहा, कतारले गरेको थियो । कतारका नेपाली फूटबलप्रेमीहरु माझ निकै लोकप्रिय खेलाडीहरु जमिर मोहम्मद, अजय थापा, मनोज लामा, भोजराज छेत्रीले अग्रपंक्तिमा सम्हालेका थिए भनें मध्य पंक्तिमा दिलिप सुब्बा, मिलन छेत्री, सोम तामाङ्ग र डिफेन्स लाइनमा पञ्च राई, टिका नेपाली, बिनोद राई अनि किपर नरेन्द्र लिम्बुले सम्हालेको थिए ।

अनुभबी अजय थापाको क्रस पासमा खेल सुरुवातको सातौं मिनेटमै मिलन क्षेत्रीले बललाई जाली चुमाएको थिए । क्षेत्रीले २, दिलिप सुब्बाले १, जमिरले १ र मनोज लामाले १ गोल गरेका थिए ।

३० मिनेटमा ३-० को अग्रता लिएको नेपाली टिमले स्तरीय खेल प्रदर्शन गरेको कतार इन्डियन फूटबल फोरमका सदस्य जोशेफ ले बताए । त्यस्तै चिनिया टिमका क्याप्टेन झू बर्री लीले आगामी दिनहरुमा पनि नेपाली टिमसंग खेल्ने मनसाय व्यक्त गरे ।

Posted by: Jay Ale

2 responses to “कतारमा प्रवासी नेपाली र चिनिया बीच मैत्रीपूर्ण फूटबल खेल सम्पन्न

  1. After reading this article, I am very much pleased with the palyers of Nepalese team. Congratulation guys…….keep it on. I am feeling that I was on the ground.

  2. so nice keepit up Nepalese guys congretulation all of you.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.