समय र आधुनिकीकरणको सिको गरेका हामीहरू


असफल गौतम, पोखरा 

नेपाल दक्षिण एशियाको एउटा सानो भूपरिवेष्ठित मुलुक । जसको आफ्नै सान, मान र पहिचान छ । धेरै वर्ष अघि गौतमबुद्ध जन्मिएको शान्तिप्रिय राज्य भनेर विश्व सामु चिनाउने एउटा देश । सो मात्र हैन विश्वको सर्वोच्च शिखर सगरमाथा भएको देश अर्को पहिचान । आज अर्को गौरवको कुरा विश्वको होचो मान्छे खगेन्द्र थापा मगरको देश नेपाल । हामी आज यो अवस्थामा आयौ । देशले नयाँ नयाँ उपलब्धी हात प्राप्त गर्दै गएको छ । बाह्र वर्षका कमल नेपाली पनि आरधना प्रधानको जीवन रक्षा गरेकोमा विश्व रेकर्डको लागि पहल गर्नुपर्छ भन्दैछन् । उता अशिक्षित र शरीर नै नचल्ने झमक घिमिरे खुट्टाले लेखेर दुनियालाई चकित पार्दै आउदा नेपालले आफ्ना यस्ता छुट्टा छुट्टै पहिचान पाएको पाएकै छ । यी उपलब्धीहरू आफ्नो ठाउँमा छन् ।

हिजो हामीले हाम्रै देशमा भएका कुरालाई आधार मानेर हेर्‍यौं । सुनेका विषयलाई नै आधुनिकीकरणको सिको गरेको मान्ने गरेका थियौ । बाबु बाजेहरूले भन्ने गरेका कुरा र अध्ययन गरेका ती विषयवस्तुहरू ६ खोपी, १२ टोपी, ६ थर, १२ घर, ७ काजी, २७ खुडा, ५२ लाख हुदै गोर्खाबाट नौ कोटी राजा पृथ्वीनारायण शाहको समयदेखि आधुनिकीकरणको थालनी गरेको कुरा हामी थाहा पाउछौ । आज सम्म पनि हाम्रा भाइबहिनीहरू आफ्ना अध्ययनका पाठयपुस्तकमा पढेका छन् । पृथ्वीनारायण शाहले गोर्खा एकीकरण गरेर नेपाल बनाए भनेर । नयाँ आधुनिकीकरणको समयमा आउदा निरपेक्ष शाहवंशीय राजतन्त्र समेतको शासन समय धेरै बित्यो । एउटा समय यस्तो बनेर आयो । यो पनि आधुनिकीकरणको चरण । राजा विरेन्द्रको वंशसहितको दरबार हत्याकाण्डपछि ज्ञानेन्द्रको समयसम्म आइपुग्दा नेपालीले समयसँगै धेरै कुराको सिको गरे ।

नेपाल–अंग्रेज युद्धका, एकीकरणका, सत्ता सङ्घर्षका कुरा आफ्नो ठाउँमा थिए नै । पछि फर्केर हेर्दा त्यो समय भएका कोतपर्व, अलौपर्व, मकैपर्व जस्ता घटनाहरू, राजनैतिक क्रान्तिहरू, छिटफुट हत्या र द्वन्द्व यी समय र त्यसका आधुनिकीकरणका सिको गर्दै रहेका अवस्था हुन् । जुन हामीले देख्दै आयौं । अहिले सम्मका घटना, राजनैतिक विकास र अभ्यासका आधारमा हामीले दृढताका साथ भन्नु नै पर्दछ, वि.स. २०५२ देखि २०६३ सम्म नेपाली आफ्नै आँखाले अर्को आधुनिकीकरण देखे । यसरी भन्नु पर्दा नेपाल र नेपालीको यस अवधिको समय र आधुनिकीकरण कारूणिक र मर्मस्पर्शी छन् ।

एघार वर्षसम्म नेपाली जनतालाई युद्धले ग्रस्त पार्‍यो । यसले नेपाली जनतालाई नै मार्‍यो र पीडा बढायो । नेपाल साँच्चिकै युद्धभूमि नभएको १०८ वर्ष भयो भन्छन् । यदी यो पंक्तिकारले अध्ययन गर्दा भेटेका कुराहरू सत्य हुन भने बेलायतीहरू जाइलाग्दा खेरि सन् १८१४देखि १८१६ सम्मको लडाई नै यहाँ पछिल्लो पटक भएको लडाई हो भन्ने अध्ययनका विषय बन्छन् । झण्डै दुई शताब्दीपछि फेरि नेपाली माटो रगतले भिज्यो, आफ्नै नेपाली रगतले यस्तो क्रुर, पाशविक, अमानवीय ढंगले यातना, एकले अर्कालाई हत्या गर्ने समय आयो । त्यो पनि आधुनिकीकरणको सिको गरेको समय भन्नुपर्छ ।

पत्याउनै गाह्रो लगभग १५ हजार नेपालीले ज्यान गुमाए । हजारांै टुहुरा, विधवा र अंगभग भए । दशौं लाख विस्थापित अरबौंको सम्पत्तिको बलि चढ्यो । पाशविक क्रुरतापूर्ण हत्या, अपहरण, नजरबन्द, बलात्कारजस्ता कुृकृत्यहरू भए । आखिर त्यसको उपज थियो समय र आधुनिकीकरणको सिको । यसरी सिको गर्नेहरू, मर्नेहरू सबै गरिब, निमुखा सर्वसाधारण नै परे । भनौ यो अभावबाट कुनै पनि नेपाली परिवार अछुतो रहेन । यो समयले यस्तो आधुनिकीकरणको सिको गर्‍यो, एकातिर अपार धनजन तथा राष्ट्रिय अस्मिताको अपुरणीय, अतुलनीय क्षति भयो । जसलाई एउटा कुनामा राखेर हेरौं अनि अलि फराकिलो विचार बनाऔं ।

समय आज विज्ञान र प्रविधिको बनेको छ । एक्काइसौं शताब्दीको विज्ञान र प्रविधिको युगमा विश्व नै यो पंक्तिकारको एउटा साँघुरो कोठामा अटाइरहेको छ । अबको आधुनिकीकरण भनेको नेपालले त्यसको सिको गर्ने हो । अब पनि साध र कुलोका लागि पानी बाराबारको अवस्थामा रहने हैन । एउटा कुर्चीका लागि ढिकीच्याउ ढिकीच्याउ गर्दै लड्ने हैन । हामीले हिजो सुनेका पुराण र शास्त्रका कुरा, हावामा सुनका महलजस्ता लाग्ने कौतुहल्ताका प्रसङ्गहरू आजको समय र आधुनिकीकरणले सहज बनाएको छ । हिजोका कथा बन्ने ८५ वर्षे आमाबुबाका कुराहरू हामी आजको आधुनिकीकरणले गर्दा प्रत्यक्ष देखेका छौ । चन्द्रमामा कुकुर पुगेका कुरा त पुराना भए । अब त यस्तो समय आयो । मानिस चन्द्रमामा बासस्थान निर्माण गर्ने योजना बनाईरहेको छ ।

घरघरमा टेलिभिजनका च्यानलहरू जोडिएका छन् । प्रत्येक परिवारमा कम्प्युटर शिक्षाको आधुनिकीकरणसँगै इमेल इन्टरनेटका कुरा आएका छन् । तिनले झन् प्रष्ट देखाएका छन् । विश्व आधुनिकीकरणको समय र त्यसको सिको गरेका हामीहरूको हालत जस्ता सबै कुरा । त्यहाका मानिस बिहान जुरूक्क उठेर यन्त्रमानवको प्रयोग, निर्माण र खोज अनुसन्धानमा लागि रहेकाछन् । तर हाम्रो समाजका धेरै व्यक्तिहरू जुरूक्क उठेर भित्र र बाहिर गर्दै कसलाई फोन गरेर आज १० लाखको जग्गा २० लाखमा बेच्न सकिन्छ भन्ने कुरा भट्याउँदैमा बित्छ । कुन टेलिसिलियलमा कसले लगाएको लुगा कुन पसलमा आएको छ । त्यो गहना नेपाली बजारमा आएको छकी छैन । सरकारमा रहेकाहरू आफ्ना हरूवा चरुवाहरू को बाँकी छन् जागिर लगाउनका लागि भन्दैमा व्यस्त हुन्छन् । एक तरिकाले त यो मनमा शान्ति ल्याउने, तनावरहित हुने तरिका हो । आफ्न्त नातागोता भर्ती गरेर धनको नाममा गरिने केही कुरा राम्रा छन् । तर आजको युगमा आएर त्यो आधुनिकीकरणको सिको गर्न सिकाउने बेला यो पक्का हैन । अबको आधुनिकीकरणको सिको गरौं त्यही कमल नेपालीबाट । झमक घिमिरेबाट ।

घरमा बसेर विदेशमा रहेका सन्तानसँग हेरीहेरी कुराकानी गछौं । त्यो ’boutमा सिको गर्न चिन्तन गर्ने विचार कसको जाने हो ? यहाँ कोही धर्मको नाममा भेदभाव छुवाछुतका कुरा गर्छन । कोही अझै अध्यात्मवाद र भौतिकवाद बीचको द्वन्द्वमा लड्छन् । दुःखी, गरीब, असहाय, भोका नाङ्गा, अनाथ, रोगी, वेसहाराको मर्म बुझ्न सकोस्न । त्यो पनि आधुनिकीकरण हो नी । त्यहा एउटा उपाय निस्कन्छ । त्यसले सम्पूर्ण राष्ट्रलाई समुन्नत बनाउछ । दुःखी गरीबलाई सहयोग गरोस् । असहाय, बेसहारा र अनाथको सहारा बनोस् । भोका नाङ्गाको गाँस, बाँस र कपास बनोस् । सडक बालबालिकालाई एउटा उचीत मापदण्ड बनाओस् ती नै आज सपना जस्ता लाग्ने आधुनिकीकरणका सम्वाहक हुन । भोलि तिनै पनि बन्न सक्छन् कमल नेपाली, झमक घिमिरे, सगरमाथा र गौतमबुद्ध यसको सिको कहिले गर्ने ?

हिजो पुराणका भगवान जसले पृथ्वीबाट त्रिपुर शहर एक वाणमा नष्ट गर्थे भनेर हामी अझ् पनि सुन्छौं । आज उनीभन्दा शक्तिशाली अस्त्रहरू बनेका छन् जसले एक मिनेटमा एकैपटक सारा संसार ध्वस्त पार्न सक्छन् । त्यो सिको गरेको खै ? हिजो घोडामा चढेर सयर गर्नेहरूले नै वायुयान निर्माण गरिरहेका छन् । आज हाम्रा बाबुआमाले पुराणमा भगवान भनेर पुजेका कुरा आँखा अगाडि देखेका छौ । अझ् भनौं भने त्यो भन्दा धेरै शक्तिशाली काम गरिसके । हामी उनै गरुडपुराणका कुरा गछौं । रामायणका कुरा गछौं । गीता, सती, सावित्री र गोमाका कुरामा छौं । आज कसैले सोच्न भ्याएको छैन कि हिजो भगवान भन्नेहरू म आफै त्यो बन्नु छ । हिजो घोडामा लड्नका लागि भनेर बनाएका वाण म आफै बन्न सक्छु ।

यस्ता परिवर्तनका कुरा गर्दा विकलांक विचार, सनकी मानसिकता वितल परे पागल भन्न पनि बेर लाग्दैन । भन्छन् समयले हैन, समाजले पचाउन सक्दैन । त्यसलाई एउटा कुनामा राखेर अगाढि बढ्नुपर्ने टड्कारो आवश्यकता भनेको दृढ आत्मविश्वास हो । तातो दुध निल्नु न ओकेल्नु हिजो भनेको उखान त्यही हो । यहाँ यस्ता कुरा तातो मुखमा राख्नु जस्तै हो ।  आज हामी यस्तो डरलाग्दो स्थितिबाट गुज्रिरहेका छौं । बढेर आएको खहरेको बीचमा परेको जोखीम जस्तो । न खहरे पार गरेर पारी नै जान सक्छौ न त वारी नै आउन सक्छौ । हरेक कुरामा नयाँ र पुरानो बीचमा द्वन्द्व चलि नै रहन्छ । नयाँ पुस्ता र पुरानो पुस्ता, मूल्य मान्यता, अवधारणा र जीवन शैली आदि आदि कुराहरूले गर्दा आधुनिकीकरणको सिको गर्ने हामीहरूमै ठूलो द्वन्द्व चलिरहेको  छ ।

राजनीतिमा आधुनिकीकरण हुनुपर्छ भन्यो भने कुन प्यानलको हो भन्छन् । जागिरमा श्रमको शोषण गर्नुहुदैंन भन्यो भने कुन पाटीको कार्यकर्ता हो भन्छन् । यस्ता अन्धविश्वास रूढीवादी परम्पराले अझै पनि हामीलाई नराम्रोसँग गाँजेको छ ।

उच्च शिक्षा हासिल गरेका सभ्यहरू । आफूलाई कितावका किरा ठान्नेहरू पढेलेखेका र नयाँ पुस्ता भनौंदाले एकमन विज्ञानको दर्शन छाँट्छन् अर्को मन अन्धविश्वासको भारि बोकेर हिडेका हुन्छन् । क्याम्पसमा पढ्नु छैन । मन्दिर गएर पास हँु कालो पाठो लिएर आउछु भन्छन् । शिक्षित, सभ्यता, विज्ञान, प्रविधि र आधुनिकीकरणको राम्रो अर्थ बुझेको व्यक्ति आसेपासेको विचारको चंगुलबाट बाहिर निस्कन सक्दैन । हत्या, आतंक, बलात्कार, चारी र डकैतीका कुरा आए भने यहा कुनै कुराको चासो हुदैन । आधुनिकीकरणको पहिलो अस्त्र त्यहा प्रहार हुन्छ । धेरैथरिका यस्ता अर्थहीन कार्यहरू गरिन्छ । जसको कुनै अर्थ नै छैन । जो समयको माग हो त्यो आवश्यकता भित्र पर्दैन ।

चाडपर्वका कुरा गर्ने हो भने हिजो दर खाने कुरालाई कति पवित्र रुपमा हेरिन्थ्यो आजको समयमा दर शब्दलाई रक्सी र वियरमा कैद गरेको देख्न पाईन्छ । दशै ठूलाको आर्शिवाद लिने पर्व भनेको दशा बनाउदै छन् यस्तो समयको आधुनिकीकरणले उन्नती भन्दा उधोन्नती अवश्यम्भावी छ । तर त्यसका लागि आवाज वुलन्द पार्नु जरुर छ । हुन त समाजमा नयाँ पिंढी र पुरानो पिंढीबीच टकराव देखिन्छ आफ्नो ठाउँमा छ तर समय यस्तो भयो की आजको आधुनिकीकरण आफ्नो आवश्यकता बमोजिमको मात्र । समाज एक, अनेक सान्र्दभिक, असान्र्दभिक लक्ष्यहीन कुराहरू पनि रिती संस्कार र परम्पराको रूपमा विकसित भइरहेका छन् ।

परिवर्तन भन्ने कुरा निरन्तर हुने कुरा हो । जसको लागि लामो समय लाग्दछ । नयाँ क्रान्ति गर्नलाई त्याग र बलिदानीपूर्ण विचार लिन सक्नु पर्छ । क्रान्ति बोलीमा हैन व्यवहारमा लागु गर्नुपर्छ । नयाँ चेतना, भावना, विचार र त्यसको कार्यान्वयनको उपज भनेको आधुनिकीकरण हो । जब नयाँ आवश्यकताको आभाष हुन्छ तब परिवर्तनका पक्षमा ताली बज्छ । आज विश्व विज्ञानले प्राविधिकरण भइसकेको छ । हामी बुझेर पनि नबुझेजस्तो गरेर आफ्नै ढर्रामा उभिन खोज्नु भनेको मुर्खता हो । यहाँ सबै नयाँपनको खोजीमा र परिवर्तनको पक्षमा छन् । उनीहरूलाई सुसूचित पारी हिंडाउने काम हाम्रो काधमा आएको छ । अब यही समयको आधुनिकीकरणसँगै समाज आधुनिकीकरणको सपना साचेर निस्कने हो की कसो ?

स्रष्टा चिनारी,
असफल गौतम (गौतम रानाभाट) 
ठुलाडिही, ६ स्याङ्जा, हाल: पोखरा, शिक्षा: स्नातक 
सम्पर्क: ९८४६०३१८३५, ashafal31835@yahoo.com

Posted by: Jay Ale

One response to “समय र आधुनिकीकरणको सिको गरेका हामीहरू

  1. Hi good afternoon ! I like this article. I hope more like this article may continue in future. You are requested to Send thanks note to writer of this article.
    Thanks
    YAM

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.