महिला कामदारका लागि विशेष प्याकेज


अधिकांश महिला श्रीमान्को मृत्यु भएपछि वैदेशिक रोजगारीमा जाने गरेका छन् । त्यस्तै, वैदेशिक रोजगारीका लागि जाने अधिकांशले त्यससम्बन्धी जानकारी लिने नगरेको बोर्डले जनाएको छ । “त्यसैको फाइदा उठाउँदै विदेश पठाउने एजेन्टबाट अधिक रकम लिने तथा अलपत्र पार्ने काम हुँदै आएको छ,” बोर्डका कार्यकारी निर्देशक स्थानेश्वर देवकोटाले भने ।
महिला कामदारलाई कामको आधारभूत तालिम दिनसके ठगिने सम्भावना कम हुने उनको भनाइ छ । कार्यकारी निर्देशक देवकोटाका अनुसार फर्किएर आएपछि महिला कामदारले कमाएको पैसा ठीक ठाउँमा लगानी गर्ने साहस बढाउनका लागि उद्यमशीलता तालिम दिने कार्यक्रम पनि बोर्डले बनाएको छ ।
गैरकानुनी ढंगबाट गएका महिला कामदारलाई कानुनी ढंगबाट जान प्रोत्साहित गर्न गाउँस्तरसम्म जनचेतामूलक कार्यक्रम गर्ने योजना रहेको उनले जानकारी दिए । “यस्तो कार्यक्रम गर्नसके महिला कामदार ठगिने सम्भावना हुन्छ,” देवकोटाले भने ।
महिला कामदारले अभिमुखीकरण तालिम नलिई प्रमाणपत्र लिँदै आएको जानकारी विभिन्न निकायबाट आएकाले बोर्डले नै तालिम दिन लागेको उनले बताए । सबै कामदारलाई अभिमुखीकरण तालिम दिन नसके पनि प्रभावकारी ढंगबाट तालिम दिनसके अन्य व्यवसायी पनि तालिम दिन बाध्य हुने उनको ठम्याइ छ । “तालिमबाट वैदेशिक रोजगारीको काम, धर्म, संस्कृति तथा जाँदा अपनाउनुपर्ने सावधानीका विषयमा जानकारी पाइने हुँदा ठगिने सम्भावना न्यून हुन्छ,” कार्यकारी निर्देशक देवकोटाले भने ।
उनका अनुसार अहिले पनि वैदेशिक रोजगारीमा जाने महिला कामदारलाई अभिमुखीकरण तालिमका लागि लाग्ने खर्च फिर्ता गरिँदै आएको छ । “बोर्डले करिब ६ सय महिला कामदारलाई अभिमुखीकरण शुल्कबापतको रकम फिर्ता दिइसकेको छ,” उनले भने ।
वैदेशिक रोजगारीमा महिलाको स्थिति विकराल भएको भन्दै बोर्डका कार्यकारी निर्देशक देवकोटाले महिलाको अवस्था’bout बुझ्न विभिन्न देशको भ्रमणमा जाने पनि बताए । उनका अनुसार कुवेत, साउदी अरब, कतार, मलेसिया, लेवनान र इजरायलमा महिलाको स्थिति बुझ्ने जाने कार्यक्रम बनाइएको छ ।
“महिला कामदारका लागि सुरक्षित र अधिक तलब रहेको मुलुक इजरायलमा म्यानपावरले अधिक रकम लिएको तथा भाषा नसिकाई पठाइएको भन्दै इजरायल सरकारले रोक लगाएकाले त्यहाँको स्थिति बुझ्न आवश्यक छ,” उनले भने । अध्ययनपश्चात् इजरायल खुलाउन त्यहाँको सरकारसँग आग्रह गर्ने पनि देवकोटाले जानकारी दिए ।
“वैदेशिक रोजगारीमा महिलाहरू यौन शोषणमा पर्ने, गर्भवती हुने तथा साहूको कुटाइबाट बेहोस हुने र तलब, भत्ताबिना स्वदेश फर्किएर अलपत्र पर्ने क्रम बढ्दै गएको छ,” उनले भने, “त्यसरी फर्कने कामदारलाई घर–परिवार तथा नातेदारसँग भेट नभएसम्म खानेबस्ने तथा सुरक्षित गृहको व्यवस्था गरिनेछ ।”

Posted by: Raju Gurung

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.