महिलालाई बिनाधितो ऋण


महिलाहरू आर्थिक अभावकै कारण व्यापार व्यवसायमा आउन नसकेको महसुस भएपछि समूहमा ऋणको व्यवस्था गरिएको सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु शाहीले बताए । व्यवसाय गर्ने सोच भएका तर आर्थिक अभावका कारण केही गर्न नसकेका महिलाहरूलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष शाहीले जानकारी दिए ।

“समूहमा आउनेहरूलाई १५ हजारदेखि २५ हजारसम्म सामूहिक जमानीमा ऋण उपलब्ध गराउने गरिएको छ,” संघका कार्यकारी अधिकृत मित्रराज प्याकुरेलले भने, “महिलाहरूलाई व्यवसाय सञ्चालन गरी आत्मनिर्भर बन्न सहयोग पुगोस् भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो ।” हालसम्म सामूहिक जमानीमा ऋण लिएका महिलाहरूले आर्यआर्जन हुन सक्ने खालको व्यवसाय सञ्चालन गरेको कार्यकारी अधिकृत प्याकुरेलले बताए । सानो लगानीबाट पनि राम्रो कमाइ गर्न सकिन्छ भनी यो कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।
“जिल्लामा महिलाहरू व्यवसाय सञ्चालनमा पुरुषको तुलनामा निकै कम रहेकाले यो संख्या बढाउन पनि आवश्यक थियो,” अध्यक्ष शाहीले भने, “महिलाहरूले व्यवसाय गर्न चाहे पनि पारिवारिक सहयोग थिएन । उनीहरूलाई आर्थिक अभावकै कारण व्यापार व्यवसायबाट बञ्चित हुन नपरोस् भनेर बिनाधितो सरल ब्याजदरमा ऋण उपलब्ध गराउन थालेका हौं ।”
संघले सुरु गरेको यो कार्यक्रमले महिलाहरूलाई उद्यमी बन्न अभिप्रेरित गर्ने विश्वास शाहीले गरे । समूहमार्फत ऋण लिएका महिलाहरूले बाख्रापालन, बंगुरपालन, तरकारी खेतीलगायत तत्काल प्रतिफल दिन सक्ने व्यवसाय सञ्चालन गरेका छन् । ऋण किस्तामा एक वर्षभित्र चुक्ता गर्नुपर्ने प्रावधान छ ।

Posted by: Raju Gurung

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.