Daily Archives: 25/10/2010

कतारमा प्रवासी नेपाली र चिनिया बीच मैत्रीपूर्ण फूटबल खेल सम्पन्न


माधव मुखिया, दोहा कतार 

गत ८ अक्टुबर २०१० शुक्रबारको दिन, दोहास्थित सबैया स्कूलको हेल्थ एण्ड सपोर्ट क्लबको मैदानमा प्रवासी नेपाली र चिनिया बीच मैत्रीपूर्ण  फूटबल खेल भएको थियो । उक्त खेलमा नेपाली टिमले २ को विरुद्ध ५ गोलले चिनिया टिमलाई पराजित गरेको थियो ।  शारीरिक रुपमा चिनिया खेलाडीहरु नेपालीहरु भन्दा मजबूत देखिन्थे तर नेपाली खेलाडीहरुको शानदार खेल प्रदर्शनले चिनिया खेलाडीहरुको केहि लागेन । पढ्नेक्रम जारी राख्नुहोस्

समय र आधुनिकीकरणको सिको गरेका हामीहरू


असफल गौतम, पोखरा 

नेपाल दक्षिण एशियाको एउटा सानो भूपरिवेष्ठित मुलुक । जसको आफ्नै सान, मान र पहिचान छ । धेरै वर्ष अघि गौतमबुद्ध जन्मिएको शान्तिप्रिय राज्य भनेर विश्व सामु चिनाउने एउटा देश । सो मात्र हैन विश्वको सर्वोच्च शिखर सगरमाथा भएको देश अर्को पहिचान । आज अर्को गौरवको कुरा विश्वको होचो मान्छे खगेन्द्र थापा मगरको देश नेपाल । हामी आज यो अवस्थामा आयौ । पढ्नेक्रम जारी राख्नुहोस्

पाँच महिनाभित्र राजाको तस्बिर भएका नोट राष्ट्र बैंकमा बुझाउन निर्देशन


काठमाडौं, कात्तिक ८ – राष्ट्र बैंकले राजाको तस्बिर अंकित र अन्य झुत्रा नोटको प्रचलन हटाउन आगामी पाँच महिनाभित्र यस्ता नोटलाई केन्द्रिय बैकमा पठाउन बैंक तथा वित्तिय संस्थालाई निर्देशन दिएको छ । चल्तीमा रहेका नेपाली रुपैयाँको सुरक्षार्थ सफा नोट नीति कार्यान्वयनका लागि राष्ट्र बैंकले राजाको तस्बिर अंकित नोट र अन्य झुत्रा नोट फागुनसम्ममा बैंकमा जम्मा गर्ने निर्देशन दिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

राष्ट्रपतिका छोराविरुद्ध विमानस्थलमा नाराबाजी-‘पुराना पारस गए, नयाँ पारस आए’


image

कारभित्रबाट प्रहरीलाई थर्काउने राष्ट्रपतिका छोरा डा. चन्द्रमोहन यादव हुन् भन्ने चर्चा चलेपछि अब के गर्ने भनेर प्रहरी झन् अलमल्ल पर्‍यो, तर सर्वसाधारण भने नारा लगाउन थाले, ‘नया पारस मुर्दावाद ।’ सर्वसाधारणले गाडी अगाडि बढाउन दिएनन्, बरु धकेलेर २५ मिटर पछाडि पुर्‍याइदिए । गाडी धकेल्दा कथित भिआइपीहरू आरामसँग बस्थे, प्रहरी नजिक गयो कि अंग्रेजीमा थर्काइहाल्थे ।

काठमाडौं, ७ कात्तिक, राष्ट्रपति डा. रामवरण यादवका छोराले दादागिरी देखाएपछि सर्वसाधारणले आइतबार अन्तर्राष्ट्रिय विमानस्थलमा नाराबाजी गरेका छन् । पुराना पारस गए, नयाँ पारस आए भन्दै सर्वसाधारणले राष्ट्रपतिका छोरा चन्द्रमोहन यादवको गाडी धकेलिदिएपछि विमानस्थलमा केहीबेर तनाब पनि भयो । पढ्नेक्रम जारी राख्नुहोस्

महिला कामदारका लागि विशेष प्याकेज


अधिकांश महिला श्रीमान्को मृत्यु भएपछि वैदेशिक रोजगारीमा जाने गरेका छन् । त्यस्तै, वैदेशिक रोजगारीका लागि जाने अधिकांशले त्यससम्बन्धी जानकारी लिने नगरेको बोर्डले जनाएको छ । “त्यसैको फाइदा उठाउँदै विदेश पठाउने एजेन्टबाट अधिक रकम लिने तथा अलपत्र पार्ने काम हुँदै आएको छ,” बोर्डका कार्यकारी निर्देशक स्थानेश्वर देवकोटाले भने । पढ्नेक्रम जारी राख्नुहोस्

महिलालाई बिनाधितो ऋण


महिलाहरू आर्थिक अभावकै कारण व्यापार व्यवसायमा आउन नसकेको महसुस भएपछि समूहमा ऋणको व्यवस्था गरिएको सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु शाहीले बताए । व्यवसाय गर्ने सोच भएका तर आर्थिक अभावका कारण केही गर्न नसकेका महिलाहरूलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष शाहीले जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्