अदुवा उत्पादनमा नेपाल विश्वमै चौथो


राज्य र निजी क्षेत्रबाट अदुवा प्रोत्साहन दिन सके अदुवा निर्यातबाट नेपालले ठूलो लाभ लिन सक्ने देखिएको छ ।

सन् २००८ को एक तथ्यांकअनुसार अदुवा उत्पादनमा नेपाल विश्वमै चौथो स्थानमा रहेको छ । पहिलो स्थानमा भारत, दोस्रोमा चीन र तेस्रोमा इन्डोनेसिया पर्छन् । सन् २००७ मा पहिलो स्थानमा रहेको चीन प्रतिकूल मौसमका कारण आठमा दोस्रो स्थानमा झरेको हो । 

२०६५/६६ (२००८) मा विश्वमा १३ लाख ८७ हजार टन अदुवा उत्पादन भएकामा नेपाललमा १ लाख ५८ हजार ९ सय ५  टन उत्पादन भएको थियो । आर्थिक वर्ष २०६५/६६ मा ९ अर्व २१ करोड रुपैयाँ बराबरको उत्पादन गरेको थियो । सोही वर्ष नेपालले १ अर्ब ३७ करोड रुपैयाँ बराबरको अदुवा निर्यात गरेको कृषि तथा सहकारी मन्त्रालयको तथ्यांक छ । निर्यातमध्ये ९९ प्रतिशत भारतमा जान्छ ।

अन्तर्राष्ट्रिय बजारमा नेपालका तुलनात्मक लाभ भएका १९ वस्तुमध्ये अदुवा एक हो । बजारसँगको आबद्धता, यातायात अभावलगायतका कारणले आन्तरिक रूपमा पर्याप्त उत्पादन भएर पनि नेपालले ५५ करोड रुपैयाँ बराबरको अदुवा आयात गरेको छ । त्यसमध्ये सबैभन्दा बढी ९६ प्रतिशत चीनबाट आउँछ भने बाँकी हङकङ, इथोपिया, भारत, क्यानडाबाट आउने गर्छ । ‘उत्पादनलाई बजारसम्म ल्याउन संयन्त्र प्रभावकारी नहुँदा देशभित्रै पर्याप्त उत्पादन भएर पनि आयात भइरहेको छ’, मन्त्रालयका प्रवक्ता हरि दाहालले भने ।

निजी क्षेत्र र सरकारको राज्यको उचित प्राथमिकतामा नपरेकाले यसको उत्पादन र र क्षेत्रफलमा पनि खासै वृद्धि हुन सकेको छैन । सन् २०६०/६१ मा ११ हजार ८ सय ३० हेक्टर क्षेत्रमा अदुवा लगाइएकोमा आर्थिक वर्ष २०६६/६७ मा आइपुग्दा यो १६ हजार ७ सय ८८ हेक्टरमा लगाइएको तथ्यांक छ । यस अवधिमा उत्पादन १ लाख ५० हजार ५ सय ९३ टनबाट १ लाख ९० हजार ५ सय ४४ टनमा पुगेको छ । नेपालमा अदुवाको प्रतिहेक्टर उत्पादकत्व करिब ११ टन छ, जुन भारतमा १८ र अमेरिकामा ५१ टन छ । ‘अन्य मुलुकको तुलनामा हाम्रो अदुवाको उत्पादकत्व ज्यादै कम छ’, उनले भने, ‘उन्नत जात, प्रविधि र मलजलमा ध्यान दिन सके उत्पादकत्व धेरै बढाउन सकिन्छ ।’

सरकारले अदुवा विशेष कार्यक्रम सञ्चालन नगरे पनि किसानले आफ्नै स्तरबाट यसको खेती गर्दै आएका छन् । मुलुकका झन्डै २ दर्जन जिल्लामा अदुवा खेती राम्रो हुन्छ ।  इलाम सबैभन्दा बढी अदुवा उत्पादन हुने जिल्ला हो । आव २०६५/६६ मा यो जिल्लामा २७ हजार ६ सय ७५ टन अदुवा फलेको थियो । यस्तै, पाल्पामा १२ हजार ६ सय ८८, सल्यानमा १२ हजार ३ सय, डोटीमा ९ हजार ३ सय, मोरङमा ८ हजार ४ सय, कैलालीमा ७ हजार ५ सय र स्याङ्जामा ५ हजार टन अदुवा उत्पादन भएको थियो । धादिङ, तनहुँ, भोजपुरलगायतमा पनि अदुवा खेती राम्रो हुन्छ ।

नेपालको हावापानी अदुवा खेतीका लागि सुहाउँदो भएकाले अलिकति मात्रै ध्यान बढाउन सके पनि यो चीन र भारतपछि तेस्रो स्थानमा आउन सक्ने सम्बद्ध व्यक्ति बताउँछन् ।

अदुवा ताजा, सुठो र धूलोको रूपमा बिक्री हुन्छ । खान र मसलाबाहेक यो औषधीको रूपमा समेत प्रयोग हुने गरेको छ । यसको तेल प्रशाधन सामाग्री बनाउनसमेत उपयोग हुन्छ । नेपाली अदुवालाई ब्रान्ड दिएर प्रशोधन प्लान्ट, संकलन र चिस्यानलगायतका सुविधा स्थापना गर्न सके राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा अदुवाको बजार राम्रो रहेको उनले बताए ।

निर्यातमूलक नगदे बालीमा नेपालको सम्भाव्यता राम्रो रहे पनि राज्यले उचित ध्यान दिन सकेको छैन । नेपाल कृषि अनुसन्धान परिषद् -नार्क) ले केही अनुसन्धान ल्याए पनि त्यो सक्रिय छैन । अलंैचीमा विश्वमै नम्बर १ स्थान हासिल गरेको छ । अदुवामा चौथो स्थानमा छ भने बेसार, लसुन, खुर्सानीजस्ता मसलाजन्य पदार्थमा नेपालले राम्रो आर्जन गर्न सक्छ । त्यसका लागि स्वतन्त्र रूपमा काम गर्न मसला बाली बोर्ड गठन गर्नुपर्ने सम्बद्ध विज्ञहरूले सुझाव दिँदै आएका छन् । अमेरिका, साउदी अरब, बेलायत, जापान र स्पेन मसला बाली मुख्य खपत हुने देश हुन् ।

Posted By: Thapa/Bikram Mr                                Source: ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.