जय आलेले हवाई टिकट उपलब्ध गराए कुवेतमा बिचल्ली परेकालाई


चन्द्र तामाङ, कुवेत

“मन भए धनको कमी हुँदैन, सहयोग र सदभाव नै धर्म हो -जय आले”

सुखमय जीबन र उज्वल भविष्यको सपना बोकी आजभन्दा करिब ४ महिना अगाडि बैदेशिक रोजगारिको शिलशिलामा कुवेत आईपुगेका स्याङ्जा जिल्लाको कालीकाकोट गाबिस, वडा नं. ४ निवासी, ३० बर्षिय युवक नर बहादुर सारु कुवेतमा अलपत्र पर्न पुगे । कुवेत आउनुपूर्व साउदी अरबमा समेत ६ बर्ष ड्राइभरको रुपमा काम गरिसकेका सारु मगर पश्चिम नेपाल ओभरसिज, चण्डोल, काठमाण्डौबाट कुवेतमा पनि ड्राइभरकै काम, ८ घण्टा ड्युटीको ७० दिनार मासिक तलब, खान-बस्नको सुविधा र ओभर टाईम समेत उपलब्ध छ भन्ने शर्तमा कुवेत आएका हुन । तर उनले बोकेर आएका क्षणिक सपना भने त्यो बेला लथालिङ्ग र भताभुङ्ग हुन पुगे जब उनलाई ड्राइभरको काम ७० दिनार तलवको बदला, ५० दिनार तलब र कुवेतको प्रचण्ड गर्मिमा भेंडा चराउन र बारीमा काम गर्न पुर्‍याईयो ।

जसोतसो करिब अढाई महिना बारीमा काम गर्दै र मरुभूमिका अवाक भेंडाबाख्राहरुसँग आफ्नो एक्लो पन साट्दै अनकण्टार जीबन व्यतित गरेका सारु मगर आखिर केही सिप नलागी काम गर्ने ठाउँबाट भाग्दै पुरै एकदिनको पैदल यात्रा गरी ट्याक्सी पाउने ठाउँसम्म आउन सफल भए । जुन ट्याक्सीको मार्फत नै उनी नेपाली राजदूतावास कुवेतको ढोकासम्म आईपुग्न सके । नेपाली राजदूतावासमा आफ्नो समस्या सुनाउँदै केस दर्ता गराई सकेपश्चात, दूतावासबाट उनलाई टिकट लिएर आउनु तपाईंको कपिललाई हामीले सम्पर्क गरी पासपोर्ट झिकाउने छौं र तपाईंलाई सक्दो चाँडो नेपाल फिर्ता जाने प्रवन्ध मिलाइ दिनेछौं भनी आश्वासन दिईयो ।

खासगरी नेपाली राजदूतावास कुवेतमा पीडित पुरुष कामदारहरुको लागि सेल्टरको व्यवस्था नभएकोले उनी दूतावासको शरणमा बस्न सम्भव भएन र उनले शरण पनि मागेनन् । त्यसपछी शुरु हुन्छन उनका अझ बढी दु:खका दिनहरु । जाने कुनै ठाउँ छैन, हातमा भिषा, पासपोर्ट, आईडी केही छैन, कसैलाई चिने-जानेको पनि छैन, भएको काम पनि छाडेर भागीयो तब उनी ठुलो बिष्मातमा परे । दूतावासबाट बाहिरिएर गन्तव्यहिन यात्रामा आफ्ना लर्खराएका पाइलाहरु चाल्दै जाने क्रममा केही नेपाली साथीहरु भेटे उनले । र उनिहरुकै सहयोगमा मुर्गाफस्थित एक रेष्टुरेण्टमा शरण लिन पुगे उनी । जहाँ काम गरेपछी कमसेकम खान र बस्न पाउने व्यवस्था रहेछ ।

यसै शिलशिलामा धेरै नेपालीहरु भेट हुन थाले उनि सँग । जसको माध्यमबाट नै एकदिन कुवेतनेपाल डटकमका प्रधान सम्पादक जय आलेको सम्पर्कमा आउन पुगे उनी । जब उनले जय आलेलाई ड्युटी गर्ने अफिसमै गएर भेटी आफ्ना यावत समस्याहरु सुनाए, तब उद्वार दिलका धनी जय आलेले एकछिन पनि केही नसोंची पराइ भूमिमा एक नेपालीको समस्यालाई आफ्नै समस्या सम्झी सोही समय टेलिफोन मार्फत नै कुवेत देखी काठमाण्डौ सम्मको फ्लाई दुबईको टिकट बुक गरी दिए उनलाई । “मन भए धनको कमी हुँदैन, एकअर्का प्रतिको सहयोग र सदभाव नै धर्म हो” भन्नुहुन्छ, जय आले ।

जुन टिकट हिजो २२ अक्टुबर २०१० को दिन, माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवको मासिक बैठकको अवसर पारी क्लव कार्यसमितिका सदस्यहरु, पत्रकारहरु र उपस्थित अन्य नेपाली जनसमुदायबिच जय आलेले आफ्नो ब्यक्तिगत सहयोगबाट उक्त एयर टिकट पीडित नर बहादुर सारुलाई बैठकमै उपस्थित गराई हस्तान्तरण गर्नु भएको छ । पीडित सारु मगर यही २५ अक्टुबर २०१० को साँझ ८.३० बजेको फ्लाईटबाट नेपाल जाँदैछन् र नेपाली राजदूतावासले पनि उनको पासपोर्ट कपिलबाट प्राप्त गरिसकेको र २५ अक्टुबरको बिहान दूतावासमा उपस्थित हुन आग्रह गरेको र दूतावासले नै उनलाई एयरपोर्ट सम्म पुर्‍याईदिने जानकारी पनि दिएको उनले बताए तर उनको साउदी अरबको ड्राइभिङ्ग लाइसेन्स भनें साहुले कता पुर्‍यायो, के गर्‍यो र नेपाली दूतावासलाई बुझायो या बुझाएन भन्ने केही थाहा छैन, उनलाई ।

यसैक्रममा आफ्ना सहकर्मि मित्रको एक्लो पहलमा यो सामाजिक कार्य हुन गएकोमा क्लव कार्यसमिति एवं उपस्थित नेपाली जनसमुदायले जय आलेको व्यापक प्रशंसा गरेका छन । लेखन बिधामा निकै पोख्त, ३४ बर्षिय युवा जय आले भन्ने नाम नेपाली समाज कुवेतमा कुनै नौलो नाम भनें होइन । कुवेतमा हुने गरेका जुनसुकै कार्यक्रमहरुमा पनि वहाँको मिडिया या अन्य क्षेत्रबाट अनवरत रुपमा योगदान रहेकै हुन्छ । मिलनसार व्यक्तित्व र प्रतिभाका धनी आलेले क्लवको आधिपत्यमा संचालित अनलाईन मिडिया कुवेतनेपाल डटकमको २ वर्षदेखी सफल नेत्रित्व सम्हाल्दै आउनु भएको छ र वहाँ क्लव कोषाध्यक्ष एवं आर्थिक बिभाग प्रमुख पनि हुनुहुन्छ ।

यसै अवसरमा माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव कार्यसमितिबाट समेत सबै सदस्यहरुमा यस्तै सामाजिक उद्वारताको भावना जागरुक भएमा कुवेतमा पीडित बन्न पुगेका नेपालीहरुको समस्या समाधानमा केही हदसम्म भएपनी टेवा पुग्ने विश्लेशण गरिएको छ ।

(पीडित सारुमगर र उद्वारकर्ता जय आलेसँग क्लव संगठन बिस्तार प्रमुख एवं कुवेतनेपाल डटकमका संवाददाता चन्द्र कुमार तामाङ्को प्रतक्ष्य कुराकानीमा आधारित)

3 responses to “जय आलेले हवाई टिकट उपलब्ध गराए कुवेतमा बिचल्ली परेकालाई

  1. great news.mesc le samajik karya gardai ayako sabailai thahanai cha.tesai mathi mesc ka karya samitika sadaseya abam media chef le bayaktigat rupamai auta pidit nepalilai thuolo sahayog gareko ma hami uhajasto auata helpfull sathi pauda sarai khusi chau.harek media ka panama kalokalpit samachar vanda yasta social samachar le ajhai thau paune vaya kati nepali ko uddar hunethiyo hola.we are proud of you jay dai.we have to lean from every social man around the world.

  2. Thanks Jay ji its great job you have done.

  3. Thanks Jay Aale Daju . Yeti Thulo Sahayogko lagi .

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.