२२ अक्टुबर २०१० मा बसेको माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवको मासिक बैठकमा बिलौना गर्दै आईपुगे झापाका डिक बहादुर राई । राईलाई एजेण्टले ८ घण्टा ड्युटी र तलब राम्रो छ भनी कुवेत पठाएको तर कुवेतको एक दोकानमा १६ घण्टा लेबर काममा खटाईएको, खादिम (घरेलु कामदार) को भिसामा फसाईएको र पासपोर्ट समेत साहुले गायब पारेको बताउँदै सहयोग मागेपछी क्लवले बैठकमै कार्यसमितिबिच चन्दा संकलन गरेर उनलाई हस्तान्तरण गरेको छ । सहयोग हस्तान्तरणको झलक फोटोमा… पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 23/10/2010
MESC द्वारा आर्थिक सहयोग कुवेतमा पीडित बनेका राईलाई (अक्टुबर २०१०)
Posted in फोटोहरु
जय आलेद्वारा कुवेतमा बिचल्ली परेकालाई हवाई टिकट उपलब्ध (अक्टुबर २०१०)
ड्राईभरको काम, ८ घण्टा ड्युटी र राम्रो तलब भनी झुक्याएर कुवेतल्याई मरुभुमिको ५५ डिग्री गर्मीमा भेंडा चराउन र उँटलाई घाँस काट्न पुर्याईएका स्याङ्जाका नर बहादुर सारुलाई अलपत्र अवस्थामा फेलापारि कुवेतनेपाल डटकमका प्रधान सम्पादक एवं माउन्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका कोषाध्यक्ष श्री जय आलेले २२ अक्टुबर २०१० को दिन व्यक्तिगत रुपमा पीडितलाई कुवेत-काठमाण्डौ हवाई टिकट उपलब्ध गराईदिनु भएको छ । पीडित सारुलाई टिकट हस्तान्तरण गर्दै जय आले बाँया फोटोमा… पढ्नेक्रम जारी राख्नुहोस्
कुवेतमा पीडित नेपालीलाई माउण्ट एभरेष्ट क्लवबाट आर्थिक सहयोग
जय आले, कुवेत
कुवेतमा अनयासै बढेको नेपाली जन-घनत्व सँगसँगै अनेकन समस्याबाट पीडित नेपाली कामदारहरुको संख्या पनि सोही अनुरुप बढ्दै गएको पाईएको छ । २२ अक्टुबर २०१० मा बसेको माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवको मासिक बैठकमा सहयोगको अपेक्षा गर्दै पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष, MESC गतिविधि
जय आलेले हवाई टिकट उपलब्ध गराए कुवेतमा बिचल्ली परेकालाई
चन्द्र तामाङ, कुवेत
“मन भए धनको कमी हुँदैन, सहयोग र सदभाव नै धर्म हो -जय आले”
सुखमय जीबन र उज्वल भविष्यको सपना बोकी आजभन्दा करिब ४ महिना अगाडि बैदेशिक रोजगारिको शिलशिलामा कुवेत आईपुगेका स्याङ्जा जिल्लाको कालीकाकोट गाबिस, वडा नं. ४ निवासी, ३० बर्षिय युवक नर बहादुर सारु कुवेतमा अलपत्र पर्न पुगे । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष, MESC गतिविधि
सर्वाधिक महँगा घडी
१. चोपर्ड
मूल्यः २ करोड ५० अमेरिकी डलर
आधिकारिक रूपमा विश्वकै सबैभन्दा महँगो घडीको स्थान चोपर्डले लिएको छ । यसलाई २०१ क्यारेट घडीको रूपमा पनि चिनिन्छ । यो समान्यतया ब्रास्लेट अथवा गहना वा घडी हो भनेर निश्चित रूपमा चिन्न गाह्रो नै पर्छ । यसमा छुट्टाछुट्टै ७ सय हीराको टुक्रा जोडिएको छ । घडीको बीच भागमा तीन ठूला मुटु आकारका हीरा जडित छन् । जसमध्ये एउटा ११ क्यारेटको सेतो हीरा, अर्को १२ क्यारेटको नीलो हीरा र तेस्रो १५ क्यारेटको गुलाबी हीरा छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in रोचक समाचार
स्कुल पढ्ने बालिकालाई दुर्व्यवहार गरेको आरोममा एक नेपाली कोरियन जेलमा
नेपाल कोरिया न्युज सम्बाददाता
अक्टोबर २३, छुङ्नाम छनान सिटी स्थित प्रहरी प्रधान कार्यालयले गत २२ तारिख एलेबेटर
चढिरहेकी एकजना बालिकालाई अनुचित कार्य गरेको अभियोगमा ३२ बर्षीय A नाम गरेको नेपालीलाई जेल चलान गरेको छ । प्रहरीका अनुसार A नामको नेपालीले गत २० तारिख बेलुकी ४ बजेर ५० मिनेट जाँदा छनान् सिटीको दुजङदोङ स्थित अफिसको एलेबेटर भित्र उनीसंगै चढेकी इ नामको १२ बर्षीय प्राइमरी स्कुलमा पढ्ने बालिकाको स्तन छुने जस्ता अनुचित कार्य गरेको आरोप लागेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार