हिमालयन बैंकका प्रतिनिधि शैलेन्द्रमान श्रेष्ठको सम्मान पूर्वक बिदाई


जय आले, कुवेत

२१ अक्टुबर २०१० को दिन, हिमालयन बैंक कुवेतका प्रतिनिधि शैलेन्द्रमान श्रेष्ठलाई माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव एवं NRNA कुवेतका उपाध्यक्ष धर्मराज गिरीको निवासमा माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवबका अध्यक्ष किरण पौड्याल तथा  बरिष्ट सल्लाहकार बालकुमार गुरुङ्ग मार्फत कदर-पत्र र साथमा मायाको चिनो दिई सम्मान पूर्वक बिदाई गरिएको छ । माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका सचिव ईन्द्र प्रसाद भूषालले बिदाईको क्षण दु:खित भएपनी वहाँको व्यक्तिगत जिन्दगीको सफलताको कामना गर्दै संचालन गर्नु भएको बिदाई कार्यक्रममा क्लव कार्यसमितिका सदस्यहरु, मरुभूमिको कोशेलीका प्रबन्ध निर्देशक एवं नेपालकुवेत डटकमका सम्पादक सुजन के.सि, समाजसेवीहरु, बुद्दिजिवीहरु, पत्रकारहरु र हिमालयन बैंकका, नयाँ कुवेत प्रतिनिधि अभिषेक थापा मगर समेतको उपस्थिति रहेको थियो ।


श्री श्रेष्ठले कुवेतमा आफ्नो ६ बर्षे कार्यकाल पुरा गरी नेपाल फर्कंदै हुनुहुन्छ । काठमाण्डौको कोटेश्वर निवासी श्रेष्ठ कुवेतबाट सिधै हिमालयन बैकको केन्द्रिय कार्यलयमा बरिष्ट बैक अधिकृतको रुपमा कार्यभार सम्हाल्नु हुनेछ । अर्थशास्त्रमा एम. ए. गर्नु भएका असल ब्यक्तित्वका धनी श्रेष्ठले नेपालीहरुको पसिनाको कमाई सुरक्षित तरिकाले नेपालसम्म पुर्‍याईदिने कार्य मात्र नभई बिगत लामो समयदेखी कुवेतमा हुने गरेका कुनै पनी नेपाली कार्यक्रम या खेलकूदहरुमा व्यक्तिगत या संस्थागत रुपमा सरिक भई सहयोग, सल्लाह र सुझावहरु दिंदै आउनु भएको थियो ।

यसगरी उक्त बिदाई समारोहमा मन्तब्य दिंदै क्लवका उपाध्यक्ष धर्मराज गिरी, मरुभुमिको कोशेलिका निर्देशक सुजन के.सी र क्लवका बरिष्ट सल्लाहाकार बाल कुमार गुरुङ्गले वहाँको योगदानको प्रशंसा गर्दै आगामी दिनहरुमा वहाँ नेपालमै भएपनी वहाँको योगदान जारी रहने कुरामा आशावादी रहेको र नयाँ बैंक प्रतिनिधि अभिषेक थापा मगरको समेत नेपाली समाज कुवेतमा यसैगरी नै योगदान रहने कुरामा आफुहरु विश्वस्त रहेको कुरा बताउनु भयो र शैलेन्द्रमान श्रेष्ठले समेत आफुले सकेसम्म नेपाली समाज कुवेतलाई अनवरत रुपमा सहयोग गर्ने बताउनु भयो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.