उपराष्ट्रपति झा चीन प्रस्थान


रासस- ४ कात्तिक, काठमाण्डौ । उपराष्ट्रपति परमानन्द झा ११ औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेलामा सरिक हुन चीनको सिचुआन प्रान्तको चेङ्दुतर्फ विहीबार प्रस्थान गर्नुभएको छ । उहाँलाई परराष्ट्रमन्त्री सुजाता कोइरालाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा विदाई गर्नुभएको थियो ।

प्रस्थान गर्नुअघि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उपराष्ट्रपति झाले नेपाल-चीन बीचको व्यापारिक सम्बन्ध बढाउने विषयमा त्यहाँका उच्चस्तरीय सरकारी पदाधिकारीसँग कुराकानी गरिने जानकारी दिनुभयो । परराष्ट्र मन्त्रालयका अनुसार उहाँले यही कात्तिक ५ गते हुने अन्तर्राष्ट्रिय सहयोग मञ्चमा पनि सहभागी भई सम्बोधन गर्नुहुने छ ।

उहाँको चार दिने सो भ्रमणमा मन्त्रिपरिषद् सचिवालयका सचिव विमल वाग्ले, उपराष्ट्रपति कार्यालयका सचिव बज्रकिशोरप्रसाद साह, परराष्ट्र मन्त्रालयका सहसचिव रुद्रकुमार नेपालसहित आठजना सहभागी हुनुहुन्छ । उहाँ यही कात्तिक ७ गते स्वदेश फर्कनु हुनेछ ।

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.