अन्तर्राष्ट्रिय सांस्कृतिक मेलामा नेपाल सहभागि


ध्रुव पौडेल

बेइजिङ । नेपालसहित विश्वका करिब ३० देशको सहभागिता रहेको सप्ताहब्यापी अन्तर्राष्ट्रिय सांस्कृतिक महोत्सव “आपसमा बाँडौं” भन्ने नाराका साथ बेइजिङमा सुरु भएको छ । चीन र नेपालसहित विश्वका ८० देशका २१ हजारभन्दा बढी विद्यार्थी अध्ययन गर्ने बेइजिङस्थित रनमिन विश्वविद्यालयमा आयोजित महोत्सवमा विभिन्न देशको फोटो तथा चलचित्र प्रदर्शन गरिनुका साथै विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको छ ।

सबैभन्दा महत्वपूर्ण मानिएको महोत्सवको उद्घाटन समारोहमा चीनका लागि नेपाली राजदूत टङ्कप्रसाद कार्कीले कार्यक्रममा सहभागी सबै कूटनीतिज्ञको तर्फबाट रनमिन विश्वविद्यालयलाई धन्यवाद दिँदै महोत्सवबाट विभिन्न देशबीचको सांस्कृतिक आदानप्रदान बढाउन सहयोग पुगेको बताउनुभयो । उद्घाटन समारोहमा नेपाललगायत विभिन्न देशका कूटनीतिज्ञ, चीनको शिक्षा मन्त्रालाय एवम् विश्वविद्यालयका अधिकारी, प्राध्यापक तथा हजारौं विद्यार्थीको सहभागिता थियो ।

बेइजिङस्थित नेपाली दूतावासको सहयोग तथा नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा सोही विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूले महोत्सवमा नेपालको प्रतिनिधित्व गरिरहेका छन् । महोत्सवको पहिलो दिन विभिन्न देशले छुट्टाछुट्टै प्रदर्शनी कक्षबाट आ-आफ्नो मुलुकको कला, संस्कृति, भेषभूषा, रहनसहनलगायतका ’boutमा जानकारी दिए ।

नेपालको स्टलमा हस्तकलाका सामान, भेषभूषा, परम्परागत वाद्यवादनका सामग्री, धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण स्थलको फोटोलगायतको प्रदर्शनी गरियो । साथै नेपालका पर्यटकीय स्थलका ’boutमा नेपाल पर्यटन बोर्डद्वारा प्रकाशित पोस्टर, पम्प्लेट, पुस्तक र ब्रोसर पनि वितरण गरिएको थियो ।

बेइजिङमा रहेका नेपाली विद्यार्थीहरूलाई टिका लगाएर राजदूत कार्कीले नेपाली स्टल आगन्तुकाका लागि खुला गर्नुभएको थियो । उहाँले नेपाली स्टलका आगन्तुकलाई नेपालचीनबीचको प्राचीन सम्बन्ध र नेपालको पर्यटन क्षेत्रको ’boutमा जानकारी दिनुभएको थियो ।
बेइजिङका विभिन्न विश्वविद्यालयमा अध्ययरत दर्जनौं नेपाली विद्यार्थी एवम् कम्युनिकेसन विश्वविद्यालयमा स्नातक तहमा नेपाली भाषा पढिरहेका चिनियाँ विद्यार्थीहरू आगन्तुकलाई नेपालको ’boutमा जानकारी दिन दिनभरी ब्यस्त भएका थिए ।

त्यसका साथै नेपालको भ्रमण गरिसकेका चिनियाँ र विदेशी आगन्तुकले पनि नेपालको स्टलमा पुगेर नेपालको ’boutमा अन्य आगन्तुकहरूलाई जानकारी दिएका थिए । गत नेपाल भ्रमण गरिसकेकी क्यानाडेली विद्यार्थी लिस्काले नेपालको संस्कृति र प्राकृतिक दृश्य छोडेर नेपालबाट फर्किन मन नलागेको आगन्तुकहरूका माझ बताउनुभयो । त्यसका साथै नेपालभ्रमण गरिसेका केही चिनियाँहरूले पनि आगन्तुकलाई कम्तिमा एक पटक नेपाल भ्रमण गर्न सुझाव दिएका थिए ।

दस हजारभन्दा बढी आगन्तुकले नेपालको स्टल अवलोकन गरेका थिए । नेपाली स्टलमा देखिएको भीडका कारण कतिपयले नेपाली स्टलको भ्रमण गर्न नपाएको गुनासोसमेत गरे ।
नेपाली स्टलमा जस्तो अरुमा भीड देखिएन, भियतनामकी विद्यार्थी टरानले भन्नुभयो- भीडको कारण नेपाली स्टल हेर्न नपाएर म पाँच पटकसम्म आउनेजाने गरेँ । सन् २००१ देखि हरेक वर्ष आयोजना हुँदैआएको सो महोत्सवमा नेपालले लगातार चौथो पटक सहभागिता जनाएको हो ।

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.