धादिङमा सवारी दुर्घटनामा २ जनाको मृत्यु / अन्य दुर्घटनामा १९ घाइते


पृथ्बी राजमार्ग अन्तर्गत धार्केको चालिसे सडक खण्डमा आज दिउँसो करिब १ बजे मोटर साइकल र बस एकआपसमा ठक्कर खाँदा दुइजनाको घटनास्थलमा नै मृत्यु भएको छ । काठमाडौंबाट पोखरा तर्फ जाँदै गरेको ग १ ख २३५९ नं. को बसले गजुरीबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा ३५ प ९४३ नं. को मोटर साइकललाई ठक्कर दिँदा मोटर साइकलमा सबार दुई जनाको घटना स्थलमा नै मृत्यु भएको हो । मृत्यु हुनेहरुमा पुतली बजार नगरपालिका १ स्याङ्जाका सबिन कुमार श्रेष्ठ र लेखनाथ नगरपालिका कास्कीका सन्तोष थापा रहेको खानीखोला प्रहरीले जानकारी दिएको छ ।

यात्रुवाहक वस दुर्घटनामा चार घाइते

पर्वतको दक्षिणवर्ती गाविस हुवासको हातेमालोचोकबाट स्याङजाको वालिङतर्फ आउँदै गरेको यात्रुबहाक बस आज विहान ११ बजेको समयमा दुर्घटना ग्रस्त भएको छ । दुर्घटनामा परि वसमा सवार ४ यात्रु घाइते भएका छन् । ग १ ख ३१५५ नम्बरको यात्रुवहाक बस स्याङजाको डुम्रे भञ्ज्याङमा दुर्घटना भएको थियो । दुर्घटनाका घाइतेहरुको परिचय खुलिनसकेको स्याङजा प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलतर्फ वडा प्रहरी कार्यालय वालिङबाट प्रहरी टोलि जाँदै गरेको र चालक फरार अवस्थामा रहेको वडा प्रहरी कार्यालय वालिङले जानकारी दिएको छ ।

मोटरसाइकलको ठक्करबाट एक वृद्ध गम्भिर घाईते

बेसीशहरमा मंगलबार साझँ मोटरसाइकलको ठक्करबाट एक बृद्धा गम्भिर घाइते भएका छन् । सदरमुकाम बेसीशहरको शेराबाट भकुण्डेतर्फ जादै गरेको ग ४ प ८२८५ नम्बर कालो पल्सर मोटरसाइकलको ठक्करबाट मंगलबार साझँ करिब ५ बजेतिर  बेसीशहर, ९ सेरा निवासी ८५ बर्षिय मोहन रावललाई ठक्कर दिएको हो । ठक्करबाट रावलको टाउकोमा गहिरो चोट लागेको छ भने शरिरको विभिन्न भागमा पनि चोट लागेको छ । उनको जिल्ला सामुदायिक अस्पताल बेसीशहरमा उपचार हुन नसकेपछि थप उपचारको लागि मंगलबार राती नै काठमाण्डौ लगिएको छ । फरार रहेका मोटरसाइकल चालक गाउशहर, ३ का अमृत अधिकारीलाई भने आज विहान प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्याङ्जामा वस दुर्घटना, १४ घाईते

पर्वतको रानीपानी देखि स्याङ्जाको वालिङतर्फ आउँदै गरेको ग १ ख ३१५५ नम्वरको यात्रुवहाक वस आज स्याङ्जाको कालिकाकोट गाउँविकास समितिको डुम्रेभञ्ज्याङको ओरालोमा सडकमै पल्टिंदा १४ जना घाईते भएका छन् । दुर्घटनामा परी गम्भीर घाईते पर्वत त्रिवेणीका ५० वर्षीय अलिम महमदको खुट्टा भाँचिएको छ भने सामान्य घाईते अन्य १३ जनाको वालिङ प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भैरहेको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ । गम्भीर घाईते अलिमको वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरी थप उपचारका लागि पोखरा स्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ । वस सडकमै पल्टिएका कारण सडक समेत अवरुद्ध भएको छ ।

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.