एकछिन हाँसौं !!!


१) एकजना हट्टा-कट्टा युवक मागेर बसेको देखेर एकजनाले तिमी त आर्मीमा गए हुन्छ नि भनि सल्लाह दिएछ, त्यसपछी युवकले भन्न शुरु गरेछ: आर्मीमा जान त मन लाग्छ तर आर्मीमा गए लडाईंमा जानुपर्छ त्यसपछी मरिन्छ कि बाँचिन्छ ठेगान छैन । बाँचे त ठिकै हो मर्‍यो भनें कि त गाढी दिन्छ कि त जलाई दिन्छ । जलायो दियो भने त ठिकै हो, गाढी दियो भने कि त माटो हुन्छ कि त रुख हुन्छ, माटो भए त ठिकै हो तर रुख भयो भने कि त कागज बनाउँछ कि त ट्वाइलेट पेपर बनाउँछ । लेख्ने कागज बनाए त ठिकै हो ट्वाइलेट पेपर बनायो भने कि त केटाले पुच्छ कि त केटीले पुच्छ, केटाले पुछे त ठिकै हो तर केटीले पुछ्यो भने लाज लाग्छ…

२) गोलभेंडा र बन्दा पौडी खेल्न गएछन
पोखरीमा पुग्नासाथ गोलभेडा पानीमा हामफालेर पौडी खेल्न सुरु गरेछ
तर बन्दाले चै पौडिन नै पाएनछ,  किनहोला?
बन्दा लुगा खोल्न थालेछ , लुगा खोल्दा खोल्दै आफै सकिएछ।

३) मास्टर: तिम्रो उमेर कति भयो बाबु?
बालक: ५ वर्ष
मास्टर: अनि तिम्रो बुबा को नि?
बालक: ५ वर्ष
मास्टर: यस्तो कसरि हुन सक्छ? असम्भब !!!!
बालक: किन हुदैन??? मेरो बुबा म जन्मे पछि त बुबा हुनु भाको नि !!!

४) ब्यापारी, वकिल र नेता मरे पछी येम्लोक पुगेछ, त्यहाँ पाप र धर्म को लेखाजोखा हुनथालेछ, यमराजले ब्यापारीलाई सोधेछ: तिमीले जिबनमा कतिपटक झुठ बोल्यौ? ब्यापारी: हजुर सय पटक जति बोले होला, यमराजले सजाय दिदै: तिमि त्यहाँ सय चक्कर लगाऊ।
अब वकिल लाई, तिमीले कति पटक झुठ बोल्यौ? वकिल: हजुर पाचसय पटक बोले होला, यमराज: त्येसो भये तिमि त्यहाँ पाचसय चक्कर लगाऊ।
त्यसपछि नेताको पालो आएछ यमराजले येसो हेर्छन त नेता त्यहाँ छैन, कहाँ गएछ भनेर हेरेको त नेताले त अघि नै चक्कर लगाउन सुरु गरिसकेको रहेछ।
 
५) नेताहरुले किन चाही संविधान बनाउन उतसुकता नदेखाका होलान भनेर सोध्ने मनसाय भएर सबै पार्टीका नेता भएका ठाउमा गएर एक पत्रकारले प्रश्न राखेछ।
पत्रकार: हैन नेताज्यू संविधान कहिलेसम्म बनिसक्छ होला
नेताज्युहरु: तपाईहरु नअत्तालिनुस हामी संविधान १ वर्षभित्र बनाइसक्छौं ।
पत्रकार: एक वर्षपहिले सोध्धा पनि १ वर्षभत्र बनाइसक्छौं भन्नुहुन्थ्यो नि ?
नेताज्युहरु : हामीहरुलाई अरुदेशका नेता जस्ता सोच्नु भएको की के हो ? आज एक थोक भन्ने भोली अर्को थोक भन्ने। आज त के तपाईले २ वर्षपछि पनि यो प्रश्न सोध्नु भयो भने पनि हाम्रो उत्तर त्यही एउटै हुने छ । १ वर्षभित्र।

६) एकदिन हनुमान घुम्दै फिर्दै काठमाडौं आएछन। काठमाडौंको असन बजारमा एउटा बच्चाहरुले देखेर जिस्क्याउन थालेछ,  बच्चाहरु: ओ नक्कली हनुमान? ओ नक्कली हनुमान?
हनुमान: म रामको भक्त सक्कली हनुमान ।
तर कसैले पत्याएन छ। नपत्याए पछि उनले आफ्नो छाति चिरेर राम सिताको तस्विर देखाउनै लाग्दा राम ले फुत्त बाहिर आएर हनुमानको गालामा एक झापड दिएछन ।
हनुमान: प्रभु मैले के विराएँ र झापड नै खाने गरी?
राम: तँलाई जाहाँ पायो त्यहाँ जतिखेर पायो तेतिखेर छाति चिरेर देखाउनु पर्छ?
हनुमान: किन र प्रभु ?
राम: गधा, भित्र सिता मैया ड्रेस् चेन्ज गर्दै छिन।

Posted by: Raju Gurung

2 responses to “एकछिन हाँसौं !!!

  1. Hahahaha, Raju Bro.

    No. 1 ra No. 6 ko chutkila le nikai hasayo yaar. keep it up.

  2. very nice lekhdey garnu hola

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.