Daily Archives: 21/10/2010

NRNA कुवेतद्वारा हिमालयन बैंकका शैलेन्द्रमान श्रेष्ठको बिदाई (अक्टुबर २०१०)


NRNA कुवेतले २० अक्टुबर २०१० को दिन, हिमालयन बैंक कुवेत प्रतिनिधि शैलेन्द्रमान श्रेष्ठलाई एक समारोह बिच कदर-पत्र दिई बिदाई गरेको छ । NRNA कुवेत, समाजसेवी, बुद्दिजिवी, पत्रकारहरु र हिमालयन बैंकका नयाँ कुवेत प्रतिनिधि अभिषेक थापा मगर समेतको उपस्थितिमा वहाँलाई बिदाई गरिएको थियो । बिदाईका झलकहरु फोटोमा… पढ्नेक्रम जारी राख्नुहोस्

एकछिन हाँसौं !!!


१) एकजना हट्टा-कट्टा युवक मागेर बसेको देखेर एकजनाले तिमी त आर्मीमा गए हुन्छ नि भनि सल्लाह दिएछ, त्यसपछी युवकले भन्न शुरु गरेछ: आर्मीमा जान त मन लाग्छ तर आर्मीमा गए लडाईंमा जानुपर्छ त्यसपछी मरिन्छ कि बाँचिन्छ ठेगान छैन । बाँचे त ठिकै हो मर्‍यो भनें कि त गाढी दिन्छ कि त जलाई दिन्छ । जलायो दियो भने त ठिकै हो, गाढी दियो भने कि त माटो हुन्छ कि त रुख हुन्छ, माटो भए त ठिकै हो तर रुख भयो भने कि त कागज बनाउँछ कि त ट्वाइलेट पेपर बनाउँछ । लेख्ने कागज बनाए त ठिकै हो ट्वाइलेट पेपर बनायो भने कि त केटाले पुच्छ कि त केटीले पुच्छ, केटाले पुछे त ठिकै हो तर केटीले पुछ्यो भने लाज लाग्छ… पढ्नेक्रम जारी राख्नुहोस्

उपराष्ट्रपति झा चीन प्रस्थान


रासस- ४ कात्तिक, काठमाण्डौ । उपराष्ट्रपति परमानन्द झा ११ औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेलामा सरिक हुन चीनको सिचुआन प्रान्तको चेङ्दुतर्फ विहीबार प्रस्थान गर्नुभएको छ । उहाँलाई परराष्ट्रमन्त्री सुजाता कोइरालाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा विदाई गर्नुभएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

गाविस भवन नै यस्तो गाउँको विकास कसरी गर्ला ?


संरक्षण र उपभोगको अभावमा जिर्ण अवस्थामा रहेको म्याग्दीको ताकम गाविसको भवन भत्किएको छ । यो गाविस भवन २०५८ सालदेखि प्रयोगविहीन छ । गाविसको कार्यालय भने सदरमुकाम बेनीमा छ ।

Posted by: Jay Ale

अन्तर्राष्ट्रिय सांस्कृतिक मेलामा नेपाल सहभागि


ध्रुव पौडेल

बेइजिङ । नेपालसहित विश्वका करिब ३० देशको सहभागिता रहेको सप्ताहब्यापी अन्तर्राष्ट्रिय सांस्कृतिक महोत्सव “आपसमा बाँडौं” भन्ने नाराका साथ बेइजिङमा सुरु भएको छ । चीन र नेपालसहित विश्वका ८० देशका २१ हजारभन्दा बढी विद्यार्थी अध्ययन गर्ने बेइजिङस्थित रनमिन विश्वविद्यालयमा आयोजित महोत्सवमा विभिन्न देशको फोटो तथा चलचित्र प्रदर्शन गरिनुका साथै विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

धादिङमा सवारी दुर्घटनामा २ जनाको मृत्यु / अन्य दुर्घटनामा १९ घाइते


पृथ्बी राजमार्ग अन्तर्गत धार्केको चालिसे सडक खण्डमा आज दिउँसो करिब १ बजे मोटर साइकल र बस एकआपसमा ठक्कर खाँदा दुइजनाको घटनास्थलमा नै मृत्यु भएको छ । काठमाडौंबाट पोखरा तर्फ जाँदै गरेको ग १ ख २३५९ नं. को बसले गजुरीबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा ३५ प ९४३ नं. को मोटर साइकललाई ठक्कर दिँदा मोटर साइकलमा सबार दुई जनाको घटना स्थलमा नै मृत्यु भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्