रोमानियाको बुखारेस्ट र कन्स्तान्चामा विजया दशमी २०६७ भब्यताको साथ सम्पन्न


नवराज पोखरेल, रोमानिया

हिन्दुहरुको महान पर्ब विजया दशमी २०६७ रोमानियाको बुखारेस्ट र कन्स्तान्चामा  भब्यताको साथ सम्पन्न भएको खबर प्राप्त छ । झण्डै १५० जना जती नेपालीहरूको बसोबास भएको रोमानियामा यस वर्ष पहिलो पटक बडा दशैको आयोजना गरी मनाइएको हो ।

गैरआवासीय नेपाली संघ, रोमानियाका तर्फबाट अध्यक्ष नवराज पोखरेलले हाल यहाँ बिभिन्न क्षेत्रमा सम्लग्न रहनु भएका सबै नेपाली मित्रहरूलाई बिजया दशमीको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना, स्वास्थ्य एवं प्रगतिको कामना गर्दै यस्ता चाडपर्वहरुले एकआपसमा समझदारी, भाइचारा, सहकार्य तथा सद्भावको विकास गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गर्नु भयो ।

बुखारेस्टको जिलाभामा रहेका करिब ५० जना नेपालीहरूले यस अवसरमा खसी काट्नुका साथै सबैभन्दा जेठा दाई अर्जुन तिवारीका हातबाट टीका र जमरा ग्रहण गरेका थिए । उक्त अवसरमा रोमानियामा कार्यरत देबी अंगाईले यहाँ भएका सबै नेपालीहरूले बिदेशमा आइपर्ने समस्याहरूको समाधान हामी सबैले मिलेर गर्नु पर्ने कुरा बताएका छन । दशै मनाउने क्रममा  सबै नेपालीहरूले आपसमा शुभकामनाको आदान प्रदान गरिएको थियो । बिदेशमा बसे पनि नेपालको माया ममता र आफ्ना नेपाली चाड पर्व मनाउदा हामी सबैलाई खुशी लाग्ने कुरा अर्का मित्र सुनिल ओलीले बताएका छ्न । हाल रोमानियामा कामदारको रुपमा नेपालीहरूको आउने क्रम बढ्दो छ । यसै क्रममा गत ह्प्ता १७ जना नेपालीहरू यहाँ आइपुगेका छ्न ।

Posted by: Jay Ale

One response to “रोमानियाको बुखारेस्ट र कन्स्तान्चामा विजया दशमी २०६७ भब्यताको साथ सम्पन्न

  1. I always enjoy reading quality articles by an individual who is obviously up to snuff on their chosen subject. I’ll be watching this thread with much interest. Keep up the great work, see you next time

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.