
Daily Archives: 19/10/2010
सत्य-स्वरूपले नचाए

Posted in मनोरन्जन
रात्रि बस दुर्घटनामा ३० घाइते
माधब अर्याल,
पाल्पा, कार्तिक २ – पाल्पावाट काठमाडौंको लागि छुटेको रात्रिबस तानसेनको होलाङ्दीमा मंगलवार साँझ दुर्घटनाग्रस्त हुँदा कम्तीमा ३० यात्रु घाइते भएका छन् । तानसेनबाट बसभरी यात्रु लिएर ६ बजे छुटेको ना ३ ख ७४३८ बस ५ मिनेटमै दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घाइते यात्रु सुमन शर्माका अनुसार बारुदखान नजिक कृषि कार्यालयको घुम्तीमा दुर्घटना भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
लालीगुराँस सांस्कृतिक परिवार कुवैतद्वारा धन्यवाद ज्ञापन
लालीगुराँस सांस्कृतिक परिवार कुवैतले १५ अक्टुबर २०१० को दिन, दशैंको अष्टमी पारेर आयोजना गरेको बृहत सांस्कृतिक कार्यक्रम “दशहरा सांगितिक रमझम २०६७” सफलतापूर्वक सम्पन्न भएकोमा खुसि व्यक्त गर्दै, सम्पूर्ण कुवैतबासी नेपालीहरु र संघ-संस्थाहरुलाई धन्यबाद ज्ञापन गरेको छ ।
लालीगुराँस सांस्कृतिक परिवार कुवैतले पठाएको धन्यवाद ज्ञापन जस्ताको तस्तै:
गत १५ अक्टुबर २०१० मा हामीले आयोजना गरेको पहिलो सांस्कृतिक प्रस्तुतिमा उपस्थित भएर हाम्रो प्रस्तुति मन पराई सफल बनाउन सहयोग गर्नु हुने सबैलाई लालीगुराँस सांस्कृतिक परिवार कुवैत धन्यबाद दिन चाहन्छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष
असली अनुराधा
टेलिफोनका घन्टी बजे । सेलफोनको ‘म्यासेज बक्स’ र इमेलका ‘इन्बक्स’ भरिए । इन्टरनेटका सामाजिक सञ्जाल-साइटको त कुरै भएन । के घर, के कार्यालय र के जमघट ! सबैले उनलाई बधाई र शुभकामना दिए, हौस्याए कर्मप्रति अरू ऊर्जाशील हुन उत्प्रेरति गररिहे ।
सीएनएन टपटेन हिरोजको मनोनयनमा परेपछि लाम लागेका निरन्तर शुभकामनाबीच अनुराधा कोइरालालाई एउटा पृथक् महत्त्वको सन्देश पनि प्राप्त भयो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in जीबनशैली
रुसको चेचेन्या राज्यको संसदमा आत्मघाती आक्रमण / ३ को मृत्यु
कान्तिपुर संवाददाता
काठमाडौ, कार्तिक २ -रुसको चचेन्या राज्यको संसदमा आत्घाती आक्रमण हुंदा तीन जना सुरक्षा गार्डको मृत्यु भएको छ । स्थानीय संचार माध्यमहरुले सबै आत्मघातीहरुको मृत्यु भएको दाबी गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विश्व समाचार
साउदी अरेवियामा पनि दशैंको टिका लगाए नेपालीहरुले
“जहाँ पुग्दैन रवि, त्यहाँ पुगेको हुन्छ कवि, जहाँ पुग्छ नेपाली त्यहाँ पुर्याइन्छ नेपाली संस्कृति”
साउदी अरेवियामा पनि दशैंको टिका लगाए भन्दा कसैले नपत्याउन सक्छ । किनकी यो कट्टर मुस्लीम देश हो । यहाँ यस्ता चाडपर्व मनाउन छुट छैन । तर यो वर्ष प्रायः कम्पनीहरुमा हिन्दुहरुको लागि आधादिन छुट्टी दिएको पनि पाईयो । प्रवासी नेपालीहरुले घरमा आफन्त तथा साथीभाईहरुलाई फोन मार्फत शुभकामना दिएर अनि मिठो मसिनो खाएर दशैं मनाए । पढ्नेक्रम जारी राख्नुहोस्