जय आले, कुवेत
१५ अक्टुबर २०१० को दिन, कुवेतको मङ्गाफस्थित सि साइड भलिवल मैदानमा नयाँ नेपाल युवा क्लवले आयोजना गरेको भलिवल प्रतियोगितामा सहभागि १६ टिमका आफ्ना प्रतिश्पर्धीहरुलाई पराजित गर्दै क्वार्टर फाईनल चरणमा प्रवेश गर्न सफल ८ टिमहरु: १) के.पी.टी.सी, २) कालिगण्डकी(ए), ३) एस.डी.एफ.सी, ४) कालिगण्डकी(बि), ५) जिलिब(ए), ६) जिलिब(बि), ७) मेनपावर एसोसियसन, ८) नयाँ नेपाल(ए)
क्वार्टर फाइनल चरणको खेलमा कालिगण्डकी(ए) ले के.पी.टी.सी. लाई, जिलिब(ए) ले एस.डी.एफ.सी. लाई, कालिगण्डकी(बि) ले मेनपावर एसोसियसनलाई र नयाँ नेपाल(ए) ले जिलिब(बि) लाई पराजित गर्दै सेमी फाइनलमा पुग्न सफल भएका थिए । तर सेमी फाइनल चरणको खेल भनें अन्ध्यारोको कारणले सी क्लबको प्रांगणमा सारिएको थियो र सेमी फाइनलको खेल कालिगण्डकी(ए) को बिरुद्ध जिलिब(ए) र नयाँ नेपाल(ए) को बिरुद्ध कालीगण्डकी(बि) खेल्नुपर्ने थियो ।
जसमा पहिलो खेल कालिगण्डकी(ए) र जिलिब(ए) बीच अतिनै प्रतिश्पर्धात्मक शैलीमा हुन पुग्यो । जसको पहिलो खेल कालिगण्डकीले २५-२४ ले जित्यो, दोस्रो खेल जिलिबले २५-२३ ले जित्यो र तेस्रो खेल जिलिबले नै २५-२१ ले जित्दै जिलिब(ए) फाइनलमा प्रवेश गर्यो भनें कालिगण्डकी(ए) तेस्रो पुरस्कारको उपाधीको लागि भिड्न बाध्य हुनु पर्यो ।
यसैगरी अर्को सेमी फाइनलको खेल कालिगण्डकी(बि) र नयाँ नेपाल(ए) बीच हुनुपर्ने थियो । तर, आयोजकले समय अभावको कारण देखाई अनुरोध गरेको र भोलीपल्ट सबैलाई ड्युटी जानु पर्ने बाध्यता भएको हुनाले कालिगण्डकी(बि) र नयाँ नेपाल(ए) सेमी फाइनलनै नखेली आपसी सहमतिमा जिलिब(ए) लाई प्रथम उपाधि दिने, नयाँ नेपाल(ए) लाई दित्तिय उपाधि र कालिगण्डकीलाई त्रितिय उपाधि दिने निर्णय भई खेल समाप्त गरिएको थियो ।
यस प्रतियोगितामा नयाँ नेपाल क्लव र काली गण्डकीका खेलाडीहरुले प्रस्तुत गर्नु भएको अनुशासन र कौशल्यताको जती नै व्याख्या गरे पनि कमी हुने देखिन्छ । कुवेतका धेरैजसो नेपाली खेलकुदहरुमा तछाड र मछाड गर्दै मुक्का हानाहानको स्थिती समेत उत्पन्न भएको हामी सबैले देखेका र भोगेका पनि छौं । तर १५ अक्टुबरको भलिबल प्रतियोगितामा यि दुई टिमका खेलाडिहरु र टिम सपोर्टरहरुले देखाउनु भएको महानता साँच्चै नै प्रशंसनिय र शुभ कार्यको शुरुवात हो भन्दा अत्युक्ती नहोला ।
यसैगरी उक्त अवसरमा राखिएको भाग्यशाली चिट्ठामा कार उपहार एजिलिटी कम्पनीका साथी विश्वास खड्कालाई परेको छ भनें डिजिटल क्यामेरा आयोजक समिति, नयाँ नेपाल क्लबकी उपाध्यक्ष सुष्मा गुरुङ्गलाई परेको छ ।
आदरणीय पाठक वृन्द,
खेल सम्बन्धी फिल्ड रिपोर्टिङ्गमा केही गल्ती हुन पुगेकोले सच्याएर पून: सम्पादन गरी प्रकाशित गरिएको छ । जसबाट हाम्रा पाठकहरुमा पर्न गएको असुविधा एवं दुविधा प्रति हामी क्षमा प्रार्थी छौं ।
thanks to every one of volleyballplayer of NEWNEPAL it is really appricitable keep it up and go forward to acheve more success thanks to every one aaaand WISH HAPPY VIJAYA DASHAMI 2067 WISHES ALL OF US BEST AALWAYS .