कुवैतको चामल र नेपालमा चलेको हल्ला


बालकृष्ण घिमिरे
टुकुचा ७ काभ्रे, हाल: कुवैत 

स्वदेशमा बेरोजगारी भएकै कारण बिशेष गरेर हामी नेपालीहरु आर्थिक उन्नती, प्रगती गरी आफ्ना सन्ताहरुलाई राम्रो र मिठो खुवाउन, उचित शिक्षा दिन र सधैभरी हासीखुशी रहेको देख्ने रहर पुरा गर्नकै लागि बिदेश त्यसमा पनि प्राय खाडी मुलुकहरुमा आएका हुन्छौ । त्यसरी एउटा न एउटा लक्ष्य र उदेश्य बोकेर आउनेहरु मध्य थोरैले बडो मिहिनेत र दु:खका साथ त्यो लक्ष्य र उदेश्य पुरा गर्न सक्छन भने प्रायले दुईचार महिनाको बिदेश घुमाइ र बसाई पश्चात आफुमा देखौटी परिवर्तन आएको महसुस गर्दै बिदेशको रमाइलो र मोज मस्तिमा रमाएका घटनाहरु प्रसस्तै पाईन्छन ।

यसरी रमाउनेहरुमा के नारी के पुरुष सबैमा आ-आफ्नै खालको बिशेषता पाईन्छ । यहाँ कुवेतमा रमाउनेहरुको कुरा गर्नुपर्दा कोही दिनौ कुवेतीको घरभित्र बसेकी चेलीसित घन्टौ घण्टा फोनमा कुरा गरी रमाइ रहेका हुन्छन भने कोही घरमा काम गर्न आएकी चेलीलाई बिभिन्न बाहाना र आस्वासनमा कुवेतीको घरबाट भगाई बाहिरी संसार देखाउदै रमाएका छन त कोई फोनमा खर्च पनि गर्दैनन र घरमा काम गरिरहेका चेलीहरु सित पनि संपर्क गर्न रुचाउदैन तर आफ्नो यौन चाहना पुरा गर्न अबैधानिक तवरले लुकिछिपी खोलियका यौन ब्यवसायीहरुकोमा गई आफ्नो यौन तृप्ति पुरा गर्छन भने कोई रक्सिको नसामा झुम्न मन पराउछन । जे सुकै भएता पनि उल्लेखित कुनै पनि बिषयहरु यहाँ धन कमाउन आएका हामीहरुका लागि उपयुक्त हुँदैनन र पनि हामी जानी नजानी एउटा न एउटा लतमा प्राय: लागेका छौ ।

यसपाली यहाँ उठाउन खोजिएको बिषय माथि उल्लेखित बिषयहरु भन्दा अल्ली भिन्नै छ । त्यो के हो भने नेपालमा बैदेशिक रोजगार ब्यवसाय (मेनपावर) सन्चालन गरेर बसेकी कुनै एउटा मेनपावरकी सन्चालिकासित समय समयमा मेरो ईमेलबाट कुराहरु हुन्थ्यो र भैरहेको पनि छ । उनिसितको कुराकानीको क्रममा एकदिन उनले मलाई सोधिन ‘दाई त्यहाँ त नेपाली केटीहरुले पो नेपाली केटाहरु पालेका छन रे हो ?’ म अक्क न बक्क भएं किन कि नेपाली केटाहरु भित्र म पनि पर्दथें । केही छिनको मौनता पछी आफु पनि केटा नै भएकाले बचाउ गर्दै जवाफ दिएं कहाँ हुनु केटाहरुले पो केटीहरु पालेका छन त । तपाईं आँफै भन्नुस न, तीन सय दिनार भन्दा माथि कमाउने केटाहरुले नपालेर कहाँ केटीहरुले पाल्छन ? मैले प्रति प्रश्न गरे । उनले पुन: थपिन कहाँ त्यसो हुनु नी दाई केटीहरुले नै केटा पाल्छन रे, खै त्यहाँ कुवेतबाट फर्किएर यहाँ म कहाँ आउने केटाहरुले त त्यसै भन्छन । उनले स-प्रमाण जस्तै जवाफ दिएपछी म लाचारी बन्दै खै त्यो त थाहा भएन भन्न वाध्य भएं र त्यही जवाफ दिएं ।

यो लामो अवधिको कुवैत बसाइमा धेरै पटक साथीहरुले कुवैतीको घरको चामलको भात मलाई पनि नखुवाएका हैनन । खांदा मिठो र स्वादिलो त्यो चामलको नेपालमा समेत चर्चा चलिसकेछ तर म भने भातको स्वादमा मात्रै रमाउने कस्तो भाते भएछु भन्ने मनमा खुल्दुली चल्यो र जसले त्यो लाम्चो र बासनादार चामलको भात खुवाएका थिए तिनै साथीहरुले कसरी कुवैतिको घरबाट चामल लगाएतका खाध्य सामाग्री ल्याउछन भन्ने बुझ बुझार्थमा लागें । साथीहरुको भनाइ अनुसार, कतिपय कुवैतीको घरमा काम गर्न बसेका नेपाली चेलीहरु आफ्ना नातेदार पर्ने भएकाले उनिहरुले लुकाइ छिपाइ खाध्य सामाग्रीहरु पठाउने गरेको बताए भने कतिपयले यही कुवैतमा आएर चिनजान गरेको र आफुहरुमा माया प्रेम समेत बस्न गएकाले आफ्नी मायालुले घरबाट खाध्य लगाएतका सामाग्रीहरु पठाउने गरेकाले आफुलाई केही मात्रामा भएपनी आर्थिक राहात मिलेको बताउन पछी परेनन ।

म कार्यरत कम्पनिकै साथीहरु सितको मेरो गहिरो साथीको सम्बन्धका कारण कतिपय कुराहरु बुझ्न मलाई कठिनाई भएन र नाम उल्लेख नगरिदिने शर्तमा कुवैतीहरुलाई कुवैत सरकारले रासन उपलब्ध गराउने र त्यो रासन उनिहरुले बिक्री गरी त्यो भन्दा उच्च क्वालिटिको रासन ल्याई खाने भएकाले कुवैतीको घरमा काम गर्ने केटीहरुको साहयताले आफुले चामल लगाएतका खाध्य सामाग्रीहरु ल्याइ खाने गरेको र ल्याए भन्दा केही नाफामा बिक्री समेत गर्ने गरेको बताए । जेहोस हाम्रा नेपालीहरुले त कुवैतको खाध्य सामाग्री यही कुवैतमै सदुपयोग गरेका छन तर अन्य कयौं मुलुकका कामदारहरुले सस्तो कार्गोका कारण कुवैतको रासन पानी लगाएतका सामाग्रीहरु आ-आफ्नो मुलुकमा पुर्‍याउने गरेकाले यसलाई यती ठुलो बिषय बनाउनु त नपर्ला तर कुवैतिको घरमा काम गर्ने नेपाली चेली हुन वा अन्य कामदारहरु उनिहरु सितको मात्रै संपर्कमा यसरी खाध्य वा अन्य सामाग्री लिन कुवैतीहरुको घरमा जांदा नेपालीहरु समातिएको खबर पढ्न नपरोस । बस !!

Posted by: Jay Ale

3 responses to “कुवैतको चामल र नेपालमा चलेको हल्ला

  1. ekdum mann chune khober 6 ball krishana ji wow

  2. Thank you Balkumar Jee,

    Keep up your great writing !!!

  3. बालकृष्ण जि,कुवेतमा रहेका नेपालीहरुको चर्तिकला सुनी साध्य रहेन छ | धन कमाउन गहेका दाजु भाईहरुको मोज गर्ने थलो कुवेत लगाएतका मुलुकहरु रहेछन |तपै लगाएतका साथीहरुले बेला बेलामा सार्वजानिक गर्नु भएका लेख रचना बाट के प्रष्ट भयो भने घरका बुढीहरुलाई रुवाउदै बिदेशमा मोज गर्नेहरुको कमी छैन रहेछ,जानकारीका लागि धन्यवात !

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.