अलघानिम सेक्युरिटी ग्रुपमा बडा दशैं हर्सोल्लासका साथ मनाईयो


जितेन गुरुङ्ग/नेत्र लिम्बु, कुवेत

नेपालीहरुको महान चाड बिजया दशमी २०६७ अलघानिम सेक्युरिटी ग्रुपमा कार्यरत नेपाली साथीहरुले भब्य र सभ्य तरिकाले मनाएका छन । १५ अक्टुबर २०१० शुक्रबारको दिन, अम्घारा क्याम्पको बिल्डिङ्ग नं. ३५ मा बिशाल भोजको कार्यक्रम अलघानिम सेक्युरिटी ग्रुपका अप्रेसन अफिसर नेत्र बहादुर लिम्बुको संयोजकत्वमा आयोजना गरिएको थियो ।

ग्रुपका सुपरभाइजर साथीहरु राजेन्द्र बराल, राम प्रसाद पोख्रेल, कुमार श्रेष्ठ, हर्क मान श्रेष्ठ अनी गंगा लाल राइको अगुवाइमा यो भोज कार्यक्रम भब्यताका साथ सम्पन्न भएको थियो । यस भोज कार्यक्रमको लागि भनेर अलघानिम फेसिलिटिजले सेक्युरिटी ग्रुपलाई ३ वटा खसी उपलब्ध गराएको थियो । जस मध्ये २ वटा खसी अम्घारा क्याम्पको लागि र एउटा खसी फिन्तास क्याम्पको लागि बिभाजित गरिएको थियो । अलघानिम सेक्युरिटी ग्रुपको फिन्तास क्याम्पमा पनि सुपरभाइजर राजेन्द्र पन्तको संयोजकत्वमा सोही दिनमा भोजको कार्यक्रम राखिएको थियो ।

स्वदेशमा रहेका परिवारका सद्स्यहरुको सम्झना, माया अनी ममतालाई आत्मसात गर्दै ग्रुपका सबै साथीहरुले यो भोज कार्यक्रम सफल बनाउन ठुलो योगदान दिनु भएको थियो । खसी काट्कुट तर्फ खिम खासु, भुपाल दुरा, गंगालाल राइ, रन बहादुर आङ्दम्बे, पिर्थ बहादुर गुरुङ्ग, नेबिन्द्र गुरुङ्ग, कैलाश गुरुङ्ग, राम बहादुर तामाङ्ग र सञ्जय गुरुङ्ग सकृय हुनु हुन्थ्यो भनें मरमसला तर्फ अशोक लामा, वीर बहादुर लिम्बु, राम बहादुर स्याङ्बो, राजकुमार तामाङ्ग र आईत तामाङ्ग सकृय हुनु हुन्थ्यो ।

यसैगरी संगीत तथा वाध्यबाधनका सरसामग्री ब्यवस्थापन तर्फ अशोक लामा र जितेन गुरुङ्गले जिम्मा लिनु भएको थियो । भान्सामा मासुका बिभिन्न परिकार अनी अचार बनाउने जिम्मा कुमार श्रेष्ठ, कैलाश गुरुङ्ग, भरत बिमली, राम प्रसाद पोखरेल र खिम खासुले लिनु भएको थियो । बसेर खाने ठाउको बन्दोबस्त गर्ने जिम्मा राजेन्द्र बराल, हर्क मान श्रेष्ठले लिनु भएको थियो ।

बिहान ११ बजेतिर शुरु गरिएको यो कार्यक्रम राती १२ बजे मात्र समाप्त भएको थियो । बेलुकी ५ बजे नाइट शिफ्टका साथीहरुलाई आमन्त्रण गरी खाना खुवाउने  कार्यक्रम सुरु गरिएको थियो । डे शिफ्टका साथीहरुलाई खान खुवाउने कार्यक्रम बेलुकी ८ बजे सुरु गरिएको थियो ।

खानपिन पश्चात साथीहरुको मनोरन्जन्को लागि लोकदोहोरीको कार्यक्रम आयोजना गरिएको थियो । लोकदोहोरी कार्यक्रममा दिप नारायण श्रेष्ठ, उम बहादुर बि.क, मैते तामाङ्ग, लोकनाथ गिरी, बलराम, भिम राज तामाङ्ग, अशोक लामा, जितेन गुरुङ्ग सकृय भएर सबै साथीहरुलाई १२ बजेसम्म मादलको तालमा उफ्रीउफ्री नाच्न वाध्य गराएका थिए । बिभिन्न लोकगीत अनी मादलको तालमा ग्रुपका साथीहरु कम्मर मर्काइ मर्काइ नाचेको देख्दा आफ्नै घर गाउँमा भएको भान हुन्थ्यो ।

अन्तमा अर्को दिनको ड्युटिलाई ध्यानमा राख्दै कार्यक्रम हर्सोल्लासका साथ समापन गरिएको थियो ।

अलघानिम सेक्युरिटी ग्रुप “दशैं २०६७” का प्रमुख झलकहरु:

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.