जय आले, कुवेत
१७ अक्टुबर २०१०, आज नेपालीहरुको महान चाड बिजया दशमीको टिकाको दिन हो । यसै अवसरमा कुवेतको मङ्गाफस्थित माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लब एवं NRNA कुवेतका उपाध्यक्ष धर्मराज गिरीको निवासमा नेपाली परम्परा र रीतिरिवाज अनुरुप बडा दशैंको टिका र जमारा लगाउने कार्यक्रम जलपान सहित सु-सम्पन्न भएको छ । कुवेतको नेपाली समाजमा समाजसेवीको अग्र-स्थानमा पर्नु हुने गिरी दम्पतीको हातबाट टिका ग्रहण गर्न आउनेहरुको घुईंचो नै लागेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्