जय आले, कुवेत
बर्ष दिन पहिला कुवेतमा खासै रौनक थिएन, नेपाली कार्यक्रमहरु बिरलै हुन्थे, सँघ-संस्थाहरु पनि खासै कृयाशिल थिएनन् । तर अहिले कुवेतमा नेपाली समाजको माहौल फेरिएको छ । महिनै पिच्छे नेपाली कार्यक्रमहरु र खेलकूदहरु भईरहेका छन । जसमा पनि हिजो १५ अक्टुबर २०१० को दिनलाई कुवेतवासी नेपालीहरुले एक स्मरणयोग्य दिनको रुपमा लिन सक्ने छन् भन्दा फरक नपर्ला । किनकी हिजो एकैदिन कुवेतमा २ वटा नेपाली कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न भएका छन । ति हुन, “नयाँ नेपाल युवा क्लवको भलिवल प्रतियोगिता र लालीगुराँस साँस्कृतिक परिवारको दशहरा सांगितिक रमझम” यि दुवै कार्यक्रममा नेपाली जनसमुदायको व्यापक उपस्थिती देख्दा कुवेतमा नेपाली जन-घनत्व हवात्तै बढेको अनुमान गर्न सकिन्छ ।
कुवेतको मालियास्थित एसिया-एसिया होटलमा लालीगुराँस साँस्कृतिक परिवारको प्रथम प्रस्तुती स्वरुप “दशहरा सांगितिक रमझम २०६७” १५ अक्टुवर २०१० को दिन भव्यतापूर्वक सम्पन्न भएको छ । निर्धारित समय भन्दा डेढ घण्टा ढिलो शुरु भएको कार्यक्रमको नेपाली राजदूतावास कुवेतका सचिव श्री पुष्पराज भट्टराईले शुभकामना मन्तव्य दिंदै पानसमा दिप प्रज्वलन गरी उद्घाटन गर्नु भएको थियो । श्री भट्टराईले कुवेतवासी नेपालीहरुलाई आफ्नो र दूतावासको तर्फबाट बिजया दशमी तथा शुभ-दिपावलीको पुनित अवसरमा सु-स्वास्थ्य, दिर्धायु एवं सुखमय जीबनको शुभकामना दिनु भयो ।
बिजया दशमी तथा दिपावलीलाई लक्षित गरी प्रस्तुत गरिएको लालीगुराँस साँस्कृतिक परिवारको दशहरा सांगितिक रमझम हेर्न १००० देखी १२०० को हाराहारीमा नेपाली दर्शकहरु उपस्थित थिए । सयपत्री फुलका गुच्छाले सजिसजाउ स्टेजमा लालीगुराँस परिवारका कलाकारहरुसँगै गाउने र नाच्ने दर्शकहरुको मनमोहक दृष्यले कार्यक्रमलाई थप संगितमय र मनोरन्जनात्मक बनाएको भान हुन्थ्यो भनें कार्यक्रमको मध्यान्तरमा माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव एवं NRNA कुवेतका उपाध्यक्ष धर्मराज गिरी मार्फत सम्पूर्ण कलाकारहरुलाई लालीगुराँस परिवारले कदरपत्र दिई सम्मान गरेको छ ।
दशहरा सांगितिक रमझम २०६७ मा निम्न कलाकारहरुद्वारा निम्न प्रस्तुतीहरु प्रस्तुत भएका थिए ।
१) चन्दन लिम्बु, देव लिम्बु र साथीहरु : जे भएनि माया गर्ने म त नेपाली (स्वागत गीत)
२) आस्था राऊत : हामी नेपाली नेपाल हाम्रो देश (एकल स्वागत नृत्य)
३) चन्दन लिम्बु : जसो गर जे भन (लोक पप)
४) रामु स्वर्ण : बर्दिया र बाँके भेट्न आउनु (लोक गीत)
५) सुरज शाह, रिना शाक्य : दशैं आयो (युगल नृत्य)
६) राजेन्द्र बिरही : चञ्चले नानी (लोक गीत)
७) मनिता रसाइली : मै ठुलि भैछु रे (एकल नृत्य)
८) देव लिम्बु : संगसंगै बाँच्न पाउँ (आधुनिक गीत)
९) रिना शाक्य : बनमा फुल्यो फुलैफुल बास्ना चल्यो मनैमा (एकल नृत्य)
१०) बि.बि. मल्ल ठकुरी : तिमले भन्यौ निम्तो छ बिहेको (लोक गीत)
११) मनिता रसाइली, बबिता गुरुङ, कुशल लिम्बु, सुरज शाह : माया गोदावरी (सामुहिक नृत्य)
१२) चन्दन लिम्बु, देव लिम्बु: सोल्टिनि सोल्टिनी (लोक पप)
१३) धन प्रसाद गुरुङ्ग : भत्काई दिन्छु बाख्राको खोर पनि (कमेडी नृत्य)
१४) अनिता जि.एम : एकछाक नुन छाडेनी भैगयो (एकल लोक गीत)
१५) कुशल लिम्बु : अङ्ग्रेजी ब्रेक डान्स (एकल)
१६) मनोज काफ्ले मनसुन : सालैजो (एकल गीत)
१७) रेनु परीयार : मलाई मायाले सतायो लऊ (एकल नृत्य)
१८) चन्दन लिम्बु : के दिनमा भेटे त्यो ठाउमा तिमीलाई (आधुनिक गीत)
१९) सुश्री धुर्ब लिम्बु : धरानैको बजारैमा माया बस्यो एकै नजरमा (एकल नृत्य)
२०) दुत बहादुर लोप्चन : लाहुरे परें यार क्या नाम (एकल लोक गीत)
२१) आस्था राऊत : गैरी खेतको सिरै हान्यो (एकल नृत्य)
२२) रामु स्वर्ण : बिन्ती मेरो कोटी कोटिमा (एकल लोक गीत)
२३) बबिता गुरुङ्ग, सुदर्शन चौधरी : ढल्क्यो ढल्क्यो (युगल नृत्य)
माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका सचिव ईन्द्र प्रसाद भूषालले आफ्ना सहकर्मीद्वय दिल बहादुर लिम्बु र सुश्री किरण आलेसँग संयुक्त रुपमा संचालन गर्नु भएको उक्त “दशहरा सांगितिक रमझम २०६७” को सभापतित्व लालीगुराँस साँस्कृतिक परिवारका अध्यक्ष बि.बि. मल्ल ठकुरीले गर्नु भएको थियो भनें नेपाली राजदूतावास कुवेतका सचिव श्री पुष्पराज भट्टराईको प्रमुख आतिथ्य रहेको थियो । यसैगरी अन्य अतिथी दिर्घामा NRNA कुबेतका अध्यक्ष राजेन्द्र तामाङ्ग, माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबका अध्यक्ष किरण पौड्याल, माउण्ट एभरेष्ट एवं NRNA कुवेतका उपाध्यक्ष धर्मराज गिरी, जन-जाग्रिती युवा समाज कुवेतका अध्यक्ष दिपक क्षेत्री, नेपाल पत्रकार महासँघ कुवेत शाखाका अध्यक्ष आर.बि. बुढाथोकी, मरुभूमिको कोशेली छापा पत्रीकाका प्रबन्धक निर्देशक एवं नेपालकुवेत डटकमका सम्पादक सुजन के.सी, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत शाखाका अध्यक्ष एवं नेपालकुवेत डटकमका प्रधान सम्पादक राजन रिमाल, कुवेतनेपाल डटकमका प्रधान सम्पादक जय आले, समाजसेवी कुमार नेपाली, हिमाल रेमिटका प्रतिनिधि, BEC का प्रतिनिधि र अन्य नेपाली सँघ-संस्थाका प्रतिनिधिहरु, पत्रकारहरु र महिला प्रतिनिधिहरु समेत थिए ।
कार्यक्रम स्थलका प्रमुख झलकहरु: