नयाँ नेपाल क्लवको भलिवल प्रतियोगितामा १६ टिमको सहभागिता


जय आले, कुवेत

१५ अक्टुबर २०१० को दिन, कुवेतको मङ्गाफस्थित सि साईड भलिबल मैदानमा नेपालीहरुको महान चाड बिजया दशमी तथा दिपावलीको अवसर पारि नयाँ नेपाल युवा क्लवद्वारा आयोजना गरिएको भलिवल खेलमा ब्रिहत नेपाली जनसमुदायको उपस्थितिमा १६ नेपाली टिमहरुले सहभागिता जनाएका छन । नेपाली खेलाडीहरुको यती ठुलो जमघट भएको कुवेतको इतिहासमै यो पहिलो चोटि हो ।

१६ भलिबल टिम र दर्शकहरुले भरिभराउ मङ्गाफ भलिबल मैदानमा नेपालीहरुको घुईंचो नै लागेको देखिन्थ्यो । नयाँ नेपाल युवा क्लव कुवेतका अध्यक्ष दिल बहादुर पुनको सभापतित्व र NRNA कुवेत एवं माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका उपाध्यक्ष धर्मराज गिरीको प्रमुख आतिथ्यमा उद्घाट्न गरिएको उक्त भलिवल प्रतियोगितामा NRNA कुवेतका अध्यक्ष राजेन्द्र तामाङ्ग, NRNA कुवेत एवं तमू समाजका सल्लाहाकार क्याप्टेन कुल पसाद गुरुङ्ग, माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका अध्यक्ष किरण पौड्याल, नेपालकुवेत साँस्कृतिक मञ्चका अध्यक्ष मनु मगर लगायत कुवेतस्थित बिभिन्न सँघ-संस्थाका प्रतिनिधिहरु र पत्रकारहरुको समेत उपस्थिती रहेको थियो । साथै खेलाडि लगायत उपस्थित सबैलाई जलपानको व्यवस्था समेत आयोजक समितिले गरेको थियो ।

१५ अक्टुबर २०१० को भलिवल प्रतियोगितामा निम्न १६ टिमहरुले सहभागिता जनाउँदै, निम्न ८ टिमहरु दोस्रो चरणमा प्रवेश गरेका छन ।

सहभागि टिमहरु र फिक्सर्स:

“ए” पोलबाट
१. के.पि.टी.सी. Vs रियाल ईन्टरनेशनल
२. काली गण्डकी बचत समूह(ए) Vs के.जी.एल. 
३. नयाँ नेपाल युवा क्लब(बी) Vs एस.डी.एफ.सी.
४. नेशनल खराफी(ए) Vs जिलीब(ए) 
 
“बी” पोलबाट
१. सनराईज Vs काली गण्डकी बचत समूह(बी)
२. काली गण्डकी बचत समूह(सी) Vs नेपालकुवैत मेनपावर
३. जिलिब(बी) Vs नेशनल खराफी(बी)
४. नयाँ नेपाल युवा क्लब(ए) Vs अलमुल्ला

दोस्रो चरणमा प्रवेश गर्ने टिमहरु: 

रियाल ईन्टरनेशनललाई पराजित गर्दै के.पि.टि.सी., सनराईजलाई पराजित गर्दै कालीगण्डकी(ए), के.जि.एल. लाई पराजित गर्दै कालीगण्डकी(बि), कालीगण्डकी(सि) लाई पराजित गर्दै नेपालकुबेत मेनपावर, नयाँ नेपाल(बि) लाई पराजित गर्दै एस.डि.एफ.सि., नेशनल खराफी(बि) लाई पराजित गर्दै जिलिब(बि), नेशनल खराफी(ए) लाई पराजित गर्दै जिलिव(ए) र अलमुल्ला टिमलाई पराजित गर्दै नयाँ नेपाल(ए) दोस्रो चरणमा प्रवेश गर्न सफल भएका छन ।

यसै अवसरमा कुवेतमा आफ्नो ड्युटिको वावजुद अहोरात्री खटेर नेपाल र नेपाली समाजमा हुने बिकृतीहरुलाई चिरफार गर्दै संसारको सामु पस्किदिने कलमसेवक पत्रकारहरुलाई नयाँ नेपाल युवा क्लवले भादगाउँले कालो टोपी “मायाको चिनो” पहिर्‍याई सम्मान गरेको छ । कुवेतमा कृयाशिल पत्रकारहरुलाई मायाको चिनो प्रदान गरेर नयाँ नेपाल क्लवले न केबल पत्रकारहरुलाई सम्मान गरेको छ, ताकी पत्रकारहरुको चुनौतिपूर्ण कलममा मसी थपिदिने कार्यमा कोशेढुंगाको भूमिका निर्वाह समेत गरेको छ । सम्मानित पत्रकारहरुमा मरुभूमीको कोशेली छापा पत्रीकाका प्रबन्धक निर्देशक सुजन के.सी, नेपालकुवेत डटकमका सम्पादक आर.बि. बुढाथोकी, नेपालकुवेत डटकमकै संवाददाता अर्जुन बस्नेत र कुवेतनेपाल डटकमका प्रधान सम्पादक जय आले रहेका छन ।

भलिवल प्रतियोगिताका प्रमुख झलक र अन्य विवरण: (केहीछिन पश्चात)

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.