जय आले, कुवेत
१५ अक्टुबर २०१० को दिन, कुवेतको मङ्गाफस्थित सि साईड भलिबल मैदानमा नेपालीहरुको महान चाड बिजया दशमी तथा दिपावलीको अवसर पारि नयाँ नेपाल युवा क्लवद्वारा आयोजना गरिएको भलिवल खेलमा ब्रिहत नेपाली जनसमुदायको उपस्थितिमा १६ नेपाली टिमहरुले सहभागिता जनाएका छन । नेपाली खेलाडीहरुको यती ठुलो जमघट भएको कुवेतको इतिहासमै यो पहिलो चोटि हो ।
१६ भलिबल टिम र दर्शकहरुले भरिभराउ मङ्गाफ भलिबल मैदानमा नेपालीहरुको घुईंचो नै लागेको देखिन्थ्यो । नयाँ नेपाल युवा क्लव कुवेतका अध्यक्ष दिल बहादुर पुनको सभापतित्व र NRNA कुवेत एवं माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका उपाध्यक्ष धर्मराज गिरीको प्रमुख आतिथ्यमा उद्घाट्न गरिएको उक्त भलिवल प्रतियोगितामा NRNA कुवेतका अध्यक्ष राजेन्द्र तामाङ्ग, NRNA कुवेत एवं तमू समाजका सल्लाहाकार क्याप्टेन कुल पसाद गुरुङ्ग, माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका अध्यक्ष किरण पौड्याल, नेपालकुवेत साँस्कृतिक मञ्चका अध्यक्ष मनु मगर लगायत कुवेतस्थित बिभिन्न सँघ-संस्थाका प्रतिनिधिहरु र पत्रकारहरुको समेत उपस्थिती रहेको थियो । साथै खेलाडि लगायत उपस्थित सबैलाई जलपानको व्यवस्था समेत आयोजक समितिले गरेको थियो । पढ्नेक्रम जारी राख्नुहोस् →
Like this:
Like Loading...