Daily Archives: 14/10/2010

सशस्त्र प्रहरीले दशैं अवधिभर एम्बुलेन्स संचालन गर्ने


बडा दशैको अवसरमा सशस्त्र सिमा सुरक्षा कार्यालय परासीले पूर्व पश्चिम राजमार्गमा चौबिसै घण्टा एम्बुलेन्स सेवा संचालन गर्ने भएको छ। चाड पर्वको समयमा सवारी साधनमा यात्रुहरुको चाप बढि हुने र दुर्घटना हुन सक्ने संभावना बढि हुने हुदां एम्बुलेन्स सेवा संचालन गरिने सशस्त्र प्रहरीले जनाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

मासु खान्न र ध्यान गर्छु: झरना बज्राचार्य -अभिनेत्री


दसैंमा दुर्गा भगवतीलाई खुशी पार्ने भनेर पशुबलि दिने चलन छ । दैत्यलाई नाश गरेको खुशियालीमा यसो गर्ने चलन कसरी चल्यो मलाई थाहा छैन । मासु खाने बहानामा यो चलन चलाइएको पनि हुनसक्छ । दशैंका अरू धेरै धार्मिक र सांस्कृतिक आयाम हुँदाहुँदै पनि मासु खाने चाडको रूपमा विकास हुँदै गएको देखेकी छु ।

सुरुमा म पनि मांसाहारी नै थिएँ । तर, जुन वातावरणमा हुर्किएँ त्यहाँ मासु खानलाई दसैं आउन पर्दैनथ्यो । पढ्नेक्रम जारी राख्नुहोस्

१८ औं जन्मदिनमा खगेन्द्रले लेखाए गिनिजमा नाम


मनोज अधिकारी, पोखरा

असोज २८, बाग्लुङको धुल्लुबासकोट-६ का खगेन्द्र थापामगरले बिहीबार आफ्नो १८ औं जन्मदिनका दिन गिनिज बुकमा नाम लेखाएर नेपाललाई नयाँ उपहार दिएका छन् । विश्वकै सबैभन्दा होचा तथा कम तौल प्रमाणित भएपछि खगेन्द्रलाई ‘गिनिज बुक अफ दि वर्ल्ड रेकर्डस्’ले बिहीबार बिहान पोखरामा उक्त घोषणा गरेको हो । ‘गिनिज बुक अफ दि वर्ल्ड रेकर्डस्’को टोलीले बुधबार स्थानीय फेवासिटी अस्पतालमा गरेको शारीरिक परीक्षणमा खगेन्द्रको उचाई ६७.०८ सेन्टिमिटर र तौल ६.५ केजी रहेको प्रमाणित गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

अनेसास कुवैतको तर्फबाट बडा दशैं र तिहारको साहित्यिक शुभकामना


देश विदेशमा छरिएर रहनु भएका अथवा पुर्व मेची, देखी पश्चिम महाकाली, हिमाल, पहाड, तराइसम्म रहनु भएका हाम्रा सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, आमाबुवाहरुमा तथा परदेशमा पेशारत सम्पूर्ण आदरणीय नेपाली जनहरुलाई अन्तराष्ट्रिय नेपाली साहित्य समाज कुवैत च्याप्टरको तर्फबाट यस महान पर्व श्री बिजया दशमीको शुभ-अवसरमा सुस्वास्थ्य, दिर्घायु, शान्ति, समृद्दी एबम प्रगतिको हार्दिक मंगलमय शुभ-कामना ! पढ्नेक्रम जारी राख्नुहोस्

जन-जाग्रिती युवा समाज कुवेतद्वारा दशैंको शुभकामना


Posted by: Jay Ale

‘भियग्रा’ भन्दा शक्तिशाली ‘वेफर नुमा’ आयो कामोत्तेजनाका लागि


एजेन्सी । कामोत्तजनाको कमी महशुस गर्नेहरुको लागि भियग्रा बरदान सावित भएको छ । तर अब क्यानाडाको एउटा औषधि निर्माण कम्पनीले योभन्दा पनि असरदार फर्मुला पत्ता लगाएको छ । उक्त कम्पनीसँग सम्बन्धित बैज्ञानिकहरुले वेफर नुमा नामक औषधि विकसित गरेका छन् । जसलाई मुखमा राख्ने बित्तिकै आफै घोलिनेछ र त्यसको असर सुरु भइहाल्छ । पढ्नेक्रम जारी राख्नुहोस्