फेरी उही ‘अफगानिस्तान’


भुवन पौडेल, कुवेत

नेपालको आजको राजनीति सत्ताको सङ्घर्षमा सीमित छ । जनताका समस्या ज्यूकातियु छन् । विकास ओरालो गतीमा छ, बनेका संरचनाहरु पनि समयमा मर्मत भएका छैनन्, दशैंको मुखमा  पछिल्लो उदाहरण मुग्लिङ्ग पुललाई लिन सकिन्छ । त्यही बाटो भएर जाने चाडपर्वको बेला कति सर्वसाधारणले कष्ट बेहोर्नु परेको छ । हाम्रा नेता हवाइजहाजमा हुइकिन्छन्, उनीहरुलाई रत्तिभर चिन्ता छैन, चिन्ता छ त केवल सरकार गिराउने र बनाउने खेलमा । आज धेरै नेपालीहरु बिग्रदो राजनीतिक अवस्थाले गर्दा विदेशिएका छन् देशमा लगानीमैत्री वातावरण छैन फेरि चन्दा आतङ्क त छदैछ । यहीकारणले जतिसुकै चुनौती मोलेर भए पनि खाडी लगायत विभिन्न  देशमा आफ्नो  पसिना बगाउन, नङ्ग्रा खियाउन बाध्य भएका छन् । ती हजारौ नेपालीमध्ये एक हुन यही सेप्टेम्वर ३० मा अफगानिस्तानबाट सदासदाको लागि  बिदा हुन पुगेका यही मुग्लिङ्ग हुदैं जाने र्मिलुङ्ग-०१ तनहुँका श्रीधर पण्डित । न त उनी ब्रिटिस लाहुरे हुन, न त अमेरीकी सैनिक यदि भएको भए बिबिसी. सिएनएन लगायतबाट फुकिन्थ्यो तर त्यहि क्याम्पमा मृत्यु भएका यिनको कतै फुकिएन । केहि अघि पोखराकै दुई जना ब्रिटिश गोरखा सैनिकको अफगानिस्तानमा भएको मृत्युले नेपाली मिडियामा ठुलै स्थान पायो तर विचरा यी निमुखा गरिब जो Electrician को रुपमा काम गर्न त्यही युद्धग्रत क्षेत्रमा खटिएका थिए । रहर पक्कै थिएन अफगानिस्तानमा गएर पसिना वगाउनु देशको राजनीतिक वातावरणले बाध्य पार्‍यो उनलाई अनि यही धमिलो राजनीतिको मौका उठाउदै नेपाली म्यानपावर एजेन्सीले विभिन्न प्रलोभन देखाउँदै तथा श्रम बिभागको नालायकपनाले गर्दा आज श्रीधर जस्ता धेरैले इराक, अफगानिस्तानमा आफ्नो जीवन गुमाउन बाध्य भएका छन् । तर रेमिट्यान्सको रटान लगाउन छोडेका छैनन् के मान्छेको मृत्युसगं पैसाको तुलना गर्न मिल्छ त ?

मितिः २०१०-१०-११ मा कुवेतको सभा हस्पिटलमा मृतक पण्डितको लाश नेपाल पठाउन आवश्यक कागजात तयार गरेर स्वयम आफै उक्त लाशमा लाहा लगाउन उपस्थित थिए । उनको लाश अफगानिसतानबाट इराक हुदैं कुवेत लिएको रहेछ । कुवेतमा उनी कार्यरत प्राइम प्रोजेक्टको शाखा मात्र रहेछ । यसको हेड अफिस दुवइमा रहेको कुरा यहाको उक्त कम्पनीको प्रतिनिधिसगँको सोध्पुझबाट थाहा पाउन सफल भए ।

मृतकको राहदानीमा उल्लेख भएअनुसार उनको जन्म १९७७-१२-१८ रहेछ । मनमा थप कुरा बुझ्ने ज्वारभाटाहरु उम्लिरहेका थिए । उनलाई एउटा प्रतिनिधि पात्र बनाएर नेपालीहरुको समग्र अवस्थालाई तुलना गर्दै थिए । उक्त हस्पिटलमा मेरो यो तेस्रो लाशमा लाहा थियो । मनमा यसरी राको दन्कीरहेको थियो की म त्यसलाई कम गर्न सकिरहेको थिइन । अर्कोतर्फ दूतावासको प्रतिनिधित्व गरेको आफैमा जिम्मेवारी पनि थियो । भावविव्हल भएर रुन पनि सकेको थिईन । मेरो सामु हाम्रै दूतावासको अनुवादक डाक्टर अनि कम्पनीको प्रतिनिधि लगायत त्यहाँका सहयोगीहरु मृतक लाशलाई क्याफिनमा राख्ने जो सधै धेरैलाई यसरी नै पठाउने गर्दछन् । मनलाई जसोतसो सम्हाल्दै डाक्टरसग बुझ्दै पनि थिएं । यस अघिको भन्दा मलाई किन किन मनमा धेरै पीडा भएको थियो । यस मानेमा की एउटा नेपालीलाई दुवईको भिषा लगाइन्छ अनि इराक पुर्याइन्छ अनि इराक हुदै अफगानिस्तानमा लगेर मारिन्छ कस्तो राज्य हो हाम्रो ? आफ्नो नागरीक कहाँ कुन हालतमा छ राज्यलाई थाहा हुँदैन । कस्तो ठाउँमा काम गर्न वैदेशिक रोजगारीमा पठाउने, कस्तो ठाउँमा नपठाउने भनेर राज्यले कडाइकासाथ कार्य गर्नु पर्दैन र । मलाई आफ्नो  राज्यप्रति नै घृणा वोध भयो अरु देशका नागरीक देशको नागरिक हुनुमा गर्व गर्छन ।

फेरि मैले लाश राख्ने उक्त मोर्चुरीका सिरियन डाक्टरलाई सोधे अनि उनी पनि भन्दै थिए मान्छेको कुनै मुल्य छैन कस्तो तपाईको देश आफ्नो नागरिक प्रति कति पनि जिम्मेवार छैन । मेरो बोलि नै रोक्कियो आफै राज्यको प्रतिनिधित्व गर्दै उपस्थित भएको के जवाफ दिने धिक्कार्नु शिवाय केही भएन । यही कुरा गर्दै गर्दा मलाई चिन्ता भयो उसको परिवारको मैले कम्पनीको प्रतिनिधिसगँ परिवारको ’boutमा बुझ्ने कोसिश गरे । भाग्यबस उसले मलाई थाहा भएसम्म सबै दियो भर्खर २०४४-०४-१७ (२३ बर्षे) पवित्रा  अधिकारीलाई जिवनसङ्गिनी बनाएका उनी केवल उनको लागि एउटा चिनो श्रौली पण्डित छोरी दिएर आउदो दशैंबिच बिदा भए । मलाई पीडा अव यसमानेमा भयो कि श्रीमान र बुवा गुमाउने विचरा ति आमा छोरीप्रति भयो । यो राज्य यस्तै हो उनीहरुप्रति केहि गर्नेवाला छैन कस्ले शान्तना दिन्छ ति सिन्दूर पुछिएकी अभागीको अनि ति निर्दोषी छोरी जो आफ्नो बाबासगँ कापी सकियो नयाँ कपडा खेलौना ल्याइदिनुहै बाबा भन्दै रमाउने रहर पापी दैवले चुडाइदियो दशैंमा पक्कै बाबासगैं यस्तै माग गरिरहेकी होलिन । यो मुलुकको खराब अर्थतन्त्रलाई प्राणदिन आफ्नो श्रीमानले  प्राण नै बलिदान दिए । अब यी बेशहारा बनेका आमा छोरीलाई सहारा दिने दायित्व राज्यको होइन त -भन्दै प्रति प्रश्न गर्दै थिए । फेरी डाक्टरले मलाइ भने यस लाशसगँ दुइ जोर जुता एकसरो कपडा तथा एउटा सानो झोला छ । मैले यतिकैमा सोधिहाले अनि त्यो झोलामा के छ त । उनी भन्दै थिए ३० डलर जति पैसा अनि दुइ चारवटा फोटाहरु अनि त्यहीको काम गर्ने एउटा बोलिहाल्यो केटी साथिको । मलाई रिस उठिहाल्यो होइन होइन श्रीमतीको भनेर भन्दै डाक्टरले भने । मलाई यसरी रुन मन लाग्योकी साझ रुममा फर्के पछि सबै त्यही दृश्यले मलाइ कलम चलाउन बाध्य बनायो । कति माया गर्दा रहेछन् आफू भौतिक रुपमा सात समुन्द्र पारि भए पनि छातिमै फोटाहरु राखेर मनलाई सम्हाली बसेका रहेछन् । कति पीडामा दिनहरु काटेका थिए जो कोही पनि सजिलै अनुमान लगाउन सक्दछ ।

यसरी राज्य सम्यन्त्रको कमजोरी अनि दायित्वविहिनताले श्रीधर जस्ता धेरै नेपालीले अकालमै ज्यान गुमाएका छन्  गुमानेछन् । भन्दै फेरी अर्को पटक आउन नपरोस भन्दै के फर्केको थिए फेरि एकजान महिलाको शव प्रतिक्षा गरिरहेको रहेछ धन्य नेपाल नेपाली आमाहरु जन्म दिएकारहेछौ भन्दै मनलाई शान्त तुल्याउनु बाध्यता बनिरहेको छ । एक महिना अगाडि सिन्धुपाल्चोकका गंगा प्रसाद बुढाथोकी होस् वा मेसिनले टाउको काटिएका सुरेश बहादुर थापा । यहाँ मानव जीवनको कुनै मोल छैन मूल्य विहिन शिकार बनिरहेका छन् आज धेरै नेपाली ।

Posted by: Jay Ale

2 responses to “फेरी उही ‘अफगानिस्तान’

  1. “अरुलाई अर्कै धन्दा घरज्वाईंलाई खानै धन्दा” भनेजस्तै हाम्रो देशका नेताहरुलाई कुर्सीकै धन्दा छ। देश र जनताप्रति रत्तिभर पनि संबेदनशील देखिन्दैनन्। जसरी भएपनि देशका युवाहरु बिदेशिएर रेमिट्यान्स मार्फत आफ्नो पोल्ता मजबुत बनाउनु छ सबैलाई। तब यसको परिणाम यसै लेखबाट पुष्टि भइसकेको छ ईती।।।।।।।।।।।।

  2. Appreciate Bhuvan Sir,

    Wish Nepalese politician have least of seriousness on such matter. Don’t know where they’re leading this nation. God grace to Nepal !!!

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.