Daily Archives: 14/10/2010

पाठकहरुलाई शुभकामना !!


Posted by: Narayan Nepal

फेरी उही ‘अफगानिस्तान’


भुवन पौडेल, कुवेत

नेपालको आजको राजनीति सत्ताको सङ्घर्षमा सीमित छ । जनताका समस्या ज्यूकातियु छन् । विकास ओरालो गतीमा छ, बनेका संरचनाहरु पनि समयमा मर्मत भएका छैनन्, दशैंको मुखमा  पछिल्लो उदाहरण मुग्लिङ्ग पुललाई लिन सकिन्छ । त्यही बाटो भएर जाने चाडपर्वको बेला कति सर्वसाधारणले कष्ट बेहोर्नु परेको छ । हाम्रा नेता हवाइजहाजमा हुइकिन्छन्, उनीहरुलाई रत्तिभर चिन्ता छैन, चिन्ता छ त केवल सरकार गिराउने र बनाउने खेलमा । आज धेरै नेपालीहरु बिग्रदो राजनीतिक अवस्थाले गर्दा विदेशिएका छन् देशमा लगानीमैत्री वातावरण छैन फेरि चन्दा आतङ्क त छदैछ । पढ्नेक्रम जारी राख्नुहोस्

शुभकामना !!!


Posted by: Raju Gurung

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव एव कुवेतनेपाल डटकमको शुभकामना !!


संसारको बिभिन्न भु-भागमा छरपष्टित देशवासी तथा कुवेत नगरीमा पेशारत समस्त नेपाली दाजुभाई, दिदीबहिनी एवं बुवामुमाहरु !! सर्वप्रथम त नेपालीहरुको महान चाड बिजया दशमी तथा शुभ-दिपावली २०६७ को पावन अवसरमा सु-स्वास्थ्य, दिर्धायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

साथै, यसै अवसरमा आगामी ०५ नोभेम्बर २०१० का दिन कुवेतको ग्रिन आईल्याण्ड पार्कमा कुवेतवासी नेपालीहरुबीच शुभ-कामना सन्देश आदान-प्रदान गर्ने र आपसी भाईचाराको सम्बन्धलाई सुदृढ तथा प्रगाढ बनाउने उद्देश्यले हामीले बिभिन्न सांगितिक एवं मनोरञ्जनात्मक प्रस्तुती सहितको एक बिशाल बनभोज कार्यक्रमको आयोजना गर्न गई रहेका छौं । जसमा तमाम कुवेतवासी नेपालीहरुको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ।

किरण पौड्याल

अध्यक्ष – माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेत ।

एवं कुवेतनेपाल डटकम परिवार ।

यथार्थ नबुझी समाचार प्रकाशित नगर्न सुझाव: नेपाली राजदूतावास रियाद, साउदी अरब


Posted by: Jay Ale

लिगलिग दौडमा राई विजयी


ऐतिहासिक र पर्यटकीय क्षेत्र गोरखा जिल्लाको लिगलिगकोटमा आज बिहान भएको दौड प्रतियोगितामा पाँचथरका भूमिराज राई प्रथम हुनु भएको छ। नेपाल प्रहरीमा कार्यरत राईले चेपेघाटदेखि लिगलिगकोटसम्मको ११ किलोमिटर दूरी एकघण्टा एक मिनेट र १४ सेकेन्डमा पूरा गर्नुभएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्