Daily Archives: 13/10/2010

साउदी राजकुमार निजी विमान लिएर नेपाल आउँदै


सुरेन्द्र पौडेल, काठमाडौं

असोज २७, साउदी अरबका राजकुमार अल-वलिद विन तलाल कात्तिकको अन्तिम साता नेपाल आउने भएका छन् । निजी भ्रमणको सिलसिलामा उनी पहिलोपटक नेपाल आउन लागे पनि उनको भ्रमणलाई औपचारिक बनाउन परराष्ट्र मन्त्रालयले पहल सुरु गरेको छ । अल-वलिद संसारकै धनाढ्यसूचीमा १९ औं नम्बरमा छन् भने अरब राष्ट्रहरूको सूचीमा पहिलो । पढ्नेक्रम जारी राख्नुहोस्

प्रधानमन्त्री नेपाल र माओवादी अध्यक्ष दाहालबीच भेटवार्ता


काठमाडौ, आश्विन २७ –  प्रधानमन्त्री माधवकुमार नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच वर्तमान राजनीतिक गतिरोधको अन्त्य र  लडाकु समायोजन लगायतका विषयमा छलफल भएको छ  । प्रधानमन्त्री निवास बालुटारमा बुधबार विहान प्रधानमन्त्री नेपाल  र अध्यक्ष दाहालबीच भएको भेटवार्तामा पढ्नेक्रम जारी राख्नुहोस्

मन्त्रीलाई कर्मचारीले भने ‘फटाहा र गुन्डा’


अब्दुल्लाह मियाँ, काठमाडौ

आश्विन २७, कार्यक्रम थियो- ‘दसैंको शुभकामना आदानप्रदान ।’ प्रमुख अतिथि थिए- वनमन्त्री दीपक बोहरा । कार्यक्रममा मन्त्रालय मातहतका विभागका सहसचिवसहित सबै कर्मचारी सहभागी थिए । कार्यक्रममा सहसचिवदेखि उपसचिव र अधिकृतहरूले दसैं र तिहारको शुभकामना आदानप्रदान गरे । वनसचिव युवराज भुसालले उपस्थितमध्येबाट बोल्न इच्छुकलाई समय दिए । पढ्नेक्रम जारी राख्नुहोस्

खगेन्द्रलाई होचा व्यक्तिको प्रमाणपत्र दिन गिनिजबुक टोली पोखरामा


कास्की, आश्विन २६ -होचा भनिएका खगेन्द्र थापा मगरलाई प्रमाणपत्र दिन गिनिजबुक अफ दि वर्ल्डको टोली मंगलबार पोखरा आएको छ ।  खगेन्द्रको स्वास्थ्य परीक्षण गरी बिहीबार उनलाई विश्वकै होचा व्यक्तिको प्रमाणपत्र दिन मार्कोसहितको एक टोली यहाँ आएको खगेन्द्र थापा मगर प्रतिष्ठानले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

कतारमा मनकामनाले ‘दिपावली साँझ’ को आयोजना गर्ने


बुधबल गुरुङ, दोहा

अक्टुबर १३, मनकामना नेपाली साँस्कृतिक परिवार कतारले आगामी नोभेम्बर १२ मा साँस्कृतिक कार्यक्रम ‘दिपावली साँझ’ आयोजना गर्ने भएको छ । नेपाली कला र संस्कृतिको संरक्षण तथा सम्बद्र्धन गर्ने उद्देश्यले स्थापित यस संस्थाले संचालन गरेको ‘नेपाली कला केन्द्रको सहयोगार्थ’ हिन्दुहरुको महान चाड दिपावलीको अवसरमा सो कार्यक्रमको आयोजना गर्न लागिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्