सुनको मुल्य प्रतिकेजी ३२ लाख पुग्यो


काठमाडौं, राष्ट्र बैंकले मंगलबार गरेको बोलकबोल प्रक्रियाबाट सुन मूल्य प्रतिकेजी ३२ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, चाँदी प्रतिकेजी ५६ हजार ५ सय ८५ रुपैयाँ कायम भएको छ । राष्ट्र बैंकले मंगलबार बोलकबोलका लागि सुनमा न्यूनतम मूल्य प्रतिकेजी ३१ लाख ८० हजार ८ सय ८४ रुपैयाँ र चाँदीमा प्रतिकेजी ५५ लाख ८ सय ३५ रुपैयाँ निर्धारण गरेको थियो । तर, बोलकबोलमा प्रतिस्पर्धा गरेका ४० व्यवसायीमध्येबाट ३२ लाख रुपैयाँ उच्च कायम भएपछि सोहीअनुसार सुनको मूल्य निर्धारण गरिएको राष्ट्र बैंकका प्रवक्ता गोपालप्रसाद काफ्लेले जानकारी दिए । मंगलबार राष्ट्र बैंकले सय केजी सुन तथा हजार केजी चाँदी बिक्री गरेको काफ्लेले बताए ।

मंगलबार कायम भएको मूल्यअनुसार व्यावसायिक मुनाफाबाहेक सुन प्रति १० ग्राम ३२ हजार रुपैयाँ र चाँदी प्रति १० ग्राम ५ सय ६५ कायम हुन आएको छ । सोमबार सुन प्रति १० ग्राम ३२ हजार ५ सय ७० र चाँदी प्रति १० ग्राम ५ सय ८३ कायम भएको थियो ।

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.