मलम आयो महिलालाई एड्सबाट बचाउन


विश्वमै महामारीका रूपमा फैलिएको एड्सबाट बच्न महिलाका लागि नयाँ औषधिको आविष्कार गरिएको छ । वैज्ञानिकले हालै सार्वजनिक गरेको सो औषधि मलमका रूपमा रहेको छ, तर सो औषधिको नाम भने अझै सार्वजनिक गरिएको छैन । यौन क्रियाकलाप गर्नुअघि महिलाले उनीहरूको योनिभित्र उक्त विशेष प्रकारको मलम लगाएको खण्डमा एड्स सर्ने सम्भावना ५० प्रतिशतले कम हुने अनुसन्धानकर्ताले बताएका छन् ।

वैज्ञानिकले लामो समयसम्म दक्षिण अफ्रिकामा गरेको परीक्षणपछि सार्वजनिक गरिएको सो विशेष मलमले एचआइभी भाइरसग्रस्त पुरुषका साथ यौनसम्बन्धबाट संक्रमित हुन सक्ने महिलाका लागि यो निकै सशक्त उपचार सावित भइरहेको बताइएको छ । ९ सयभन्दा बढी महिलामा एक वर्षसम्म यो मलम उपयोग गरिएको थियो ।

एक वर्षसम्म उपयोग गर्दा संक्रमणको दर ५० प्रतिशतले कमी भएको र अढाइ वर्षपछि ३९ प्रतिशत संक्रमणको कमी आएको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । एड्स लागेका तर कन्डम लगाउन नमान्ने पुरुषको संक्रमणबाट बच्न यसबाट ठूलो मद्दत मिल्न सक्ने अनुसन्धानमा खटिएका वैज्ञानिकले जनाएका छन् । यो मलममा एड्सको औषधि टेनोफोविरको प्रयोग गरिएको उनीहरूले जनाएका छन् ।

अमेरिकी विज्ञान पत्रिका साइन्समा प्रकाशित अध्ययन प्रतिवेदन अनुसार, यो मलम दक्षिणको एड्स शोधकेन्द्रमा गएका तीन वर्षदेखि अनुसन्धान भइरहेको थियो र यसलाई भियनाको अन्तर्राष्ट्रिय एड्स सम्मेलनमा पेस गरिएको थियो ।

यो मलमको प्रयोग यौन समागमको १२ घन्टाभन्दा पहिले र १२ घन्टापछि गर्दा महिला पूरा सुरक्षति हुनेछन्, प्रतिवेदनमा भनिएको छ, यो मलमले महिलालाई यौनसम्बन्धी अन्य रोग लाग्नबाट पनि बचाउन सहयोग पुर्‍याउनेछ ।

विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्र संघको एड्स एजेन्सीले यो परीक्षणलाई ज्यादै महत्त्वपूर्ण भनी प्रतिक्रिया दिएका छन् । हामीले महिलालाई आशा जगाउन सकेका छौँ, युएन एड्सका निर्देशक माइकल सिडिबेले भने, ‘पहिलोपटक महिलाका हातमा एचआइभीसँग लड्ने विकल्प हात परेको छ ।’

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.