खाडी मुलुकमा महिला कामदार खुला गर्न सुझाव


विज्ञान अधिकारी, काठमाडौं

 असोज २७- सरकारद्वारा गठित उच्चस्तरीय समितिले खाडी मुलुकमा महिला कामदार खुला गर्न सुझाव दिएको छ । निषेध नीतिले जोखिम बढाएको उल्लेख गर्दै समितिले सबै सुरक्षा व्यवस्था गरेर महिलालाई रोजगारका निम्ति खाडी जान अनुमति दिनुपर्ने बताएको छ ।  सुरक्षाका लागि घरेलु कामदारसम्बन्धी नीति तर्जुमा, औपचारिक श्रम सम्झौता र उद्धारको व्यवस्था मिलाउन समितिले सुझाएको छ । गन्तव्य मुलुकको भाषा र पेशागत तालिम अनिवार्य गर्न पनि सुझाव दिइएको छ ।

समितिले मंगलबार प्रधानमन्त्री कार्यालयलाई आफ्नो प्रतिवेदन बुझाएको हो । खाडी मुलुकमा अहिल्यै दुई लाख हाराहारी नेपाली कार्यरत रहेको समितिको भनाइ छ । श्रम स्वीकृति लिएर जाने महिला २३ हजार ७ सय २५ छन् । अवैध रूपमा खाडी मुलुक गइरहेका महिला कामदार नियन्त्रण गर्न ‘भिजिट भिसा’मा जान रोक लगाउनुपर्ने सुझाव दिइएको छ । अध्यागमन ऐन र नियमावलीको प्रक्रिया पूरा नगरी भिजिट भिसामा जान रोक लगाउनुपर्ने उसको भनाइ हो । अवैध गएकाले विभिन्न यातना भोग्नुपरेको छ । कतिले त यातना सहन नसकेर आत्महत्या गरेका छन् ।

भिजिट भिसामा पठाउँदा दोहोरो टिकट, विदेशी मुद्रा, आमन्त्रणको विश्वसनीय प्रमाण र सोधपुछको व्यवस्था प्रभावकारी बनाउन सुझाइएको छ। श्रम स्वीकृतिको निस्सा हेरेरमात्र विमानस्थलबाट बहिर्गमनको अनुमति दिनुपर्ने प्रतिवेदनमा छ। अध्यागमनले अन्तर्राष्ट्रिय विमानस्थल डेस्कमा अरबी भाषा जानेका व्यक्ति राख्नुपर्ने सुझाव छ। विमानस्थलको श्रम डेस्क अधिकृत र अध्यागमन अधिकृतबीच कार्यगत समन्वय हुनुपर्ने पनि प्रतिवेदनमा भनिएको छ।

खाडी मुलुकमा नेपालको प्रभावकारी कुटनीतिक उपस्थिति कायम गराउनुपर्ने समितिको भनाइ छ। पाँच हजारभन्दा बढी कामदार भएका गन्तव्य मुलुकमा दूतावास नभए तत्काल खोल्न सुझाव दिइएको छ। सरकारको स्वीकृतिविना गएका नेपाली कामदारलाई रोजगार भिसा नदिन सुझाइएको छ। वैदेशिक रोजगारमार्फत् औपचारिक रूपले कामदार ल्याउन सम्बन्धित मुलुकसँग कूटनीतिक पहल गर्नुपर्नेमा पनि जोड दिइएको छ।

अवैध जाने अधिकांश महिलाले दलाललाई माध्यम बनाएका छन्। उनीहरू धेरैजसो भारतको बाटो हुँदै गएको पाइएको छ। दूतावासले कामदारलाई सहयोग पुर्‍याउन महिला कर्मचारी तथा स्थानीय महिला प्रहरी र अधिकारकर्मीको उद्धार संयन्त्र परिचालन गर्नुपर्ने समितिको सुझाव छ।

तालिम नलिई प्रमाणपत्रमात्र लिएर विदेश जाने प्रवृत्ति रोकेर अभिमुखीकरण तालिम संस्थाको अनुगमन गर्नुपर्ने प्रतिवेदनमा छ। धेरैजसो अभिमुखीकरण संस्थाले प्रमाणपत्र बेच्ने धन्दा चलाइरहेका छन्। यस्तो प्रवृत्तिले विदेशमा दुःख पाउने क्रम बढेको पाइएको छ। महिलालाई विदेश पठाउँदा त झन् दूतावासबाट प्रमाणित कागजात हेर्नैपर्ने समितिको भनाइ छ। उसले नेपाली कामदारलाई राहदानी नभएको अवस्थामा सहयोग र सुरक्षा पाउने स्मार्ट कार्ड व्यवस्था गर्न सुझाव दिएको छ।

सरकारले स्मार्ट कार्ड कार्यान्वयनमा ल्याउने तयारी गरिरहेको छ। घरेलु कामदार पठाउँदा निश्चित आय तथा सुविधा पुगेको घरमा मात्र कामदार पठाउन सकिने मापदण्ड बनाउन सुझाव दिइएको छ। करारको व्यवस्था, कामदार बिमा, न्यूनतम पारिश्रमिकको व्यवस्था, दूतावासमा तथ्यांक राखेरमात्र महिला कामदारलाई रोजगारको अनुमति दिनुपर्ने निष्कर्ष निकालिएको छ।

प्रतिवेदनमा महिला कामदारको अभिलेख परीक्षण प्रणाली तयार गरेर श्रम स्वीकृतिको निस्सा, नागरिकता प्रमाणपत्र र राहदानीको विवरण, एजेन्सीको छाप लागेको करारनामा, कल्याणकारी कोषमा जम्मा गरेको लगायत कागजपत्र हेर्ने व्यवस्था गर्न सुझाव दिइएको छ। महिला कामदार हेर्ने वैदेशिक रोजगारसम्बद्ध सरोकारवालाको उच्चस्तरीय कार्यदल बनाउन प्रतिवेदनमा सुझाव दिइएको छ।

दूतावासमा कामदार उद्धार कोष व्यवस्था गरी कोष तत्कालै उद्धार र स्वदेश फिर्तामा परिचालन गर्न प्रतिवेदनमा भनिएको छ। स्वदेश फर्किएका महिला कामदारलाई विमानस्थलबाट सुरक्षित गृहमा जाने व्यवस्था गरी परिवारको पुनर्स्थापनाको वातावरण सिर्जना गर्न सुझाव दिइएको छ।

Posted by: Jay Ale

One response to “खाडी मुलुकमा महिला कामदार खुला गर्न सुझाव

  1. balla hakima haruko alikati aakha khuleko hoki jasto lagyo yo kura aja bhanda pahilanai afnai Deshko Airportbata sram ijajat bhayeko lady harulai jana dine gareko bhaye sayed yeti thulo dukha kasta bhogna parthena hola hamra CHELI BETILE.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.