Daily Archives: 13/10/2010

दाहाल बने संविधान बनाउने कार्यदलको संयोजक


माधव ढुङ्गेल, काठमाडौँ

असोज २७, संविधान निर्माणमा  दलहरुबीच रहेको असहमति हटाउन गठित शीर्ष दलका नेताहरु सदस्य रहेको कार्यदलको आज बसेको पहिलो बैठकले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई संयोजक तोकेको छ । संविधान सभाको सबैभन्दा ठूलो दलको हैसियतले दाहाललाई संयोजकको जिम्मेवादी दिइएको माओवादी नेता देव गुरुङले बताए । पढ्नेक्रम जारी राख्नुहोस्

खाडी मुलुकमा महिला कामदार खुला गर्न सुझाव


विज्ञान अधिकारी, काठमाडौं

 असोज २७- सरकारद्वारा गठित उच्चस्तरीय समितिले खाडी मुलुकमा महिला कामदार खुला गर्न सुझाव दिएको छ । निषेध नीतिले जोखिम बढाएको उल्लेख गर्दै समितिले सबै सुरक्षा व्यवस्था गरेर महिलालाई रोजगारका निम्ति खाडी जान अनुमति दिनुपर्ने बताएको छ ।  सुरक्षाका लागि घरेलु कामदारसम्बन्धी नीति तर्जुमा, औपचारिक श्रम सम्झौता र उद्धारको व्यवस्था मिलाउन समितिले सुझाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

मलम आयो महिलालाई एड्सबाट बचाउन


विश्वमै महामारीका रूपमा फैलिएको एड्सबाट बच्न महिलाका लागि नयाँ औषधिको आविष्कार गरिएको छ । वैज्ञानिकले हालै सार्वजनिक गरेको सो औषधि मलमका रूपमा रहेको छ, तर सो औषधिको नाम भने अझै सार्वजनिक गरिएको छैन । यौन क्रियाकलाप गर्नुअघि महिलाले उनीहरूको योनिभित्र उक्त विशेष प्रकारको मलम लगाएको खण्डमा एड्स सर्ने सम्भावना ५० प्रतिशतले कम हुने अनुसन्धानकर्ताले बताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

सुनको मुल्य प्रतिकेजी ३२ लाख पुग्यो


काठमाडौं, राष्ट्र बैंकले मंगलबार गरेको बोलकबोल प्रक्रियाबाट सुन मूल्य प्रतिकेजी ३२ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, चाँदी प्रतिकेजी ५६ हजार ५ सय ८५ रुपैयाँ कायम भएको छ । राष्ट्र बैंकले मंगलबार बोलकबोलका लागि सुनमा न्यूनतम मूल्य प्रतिकेजी ३१ लाख ८० हजार ८ सय ८४ रुपैयाँ र चाँदीमा प्रतिकेजी ५५ लाख ८ सय ३५ रुपैयाँ निर्धारण गरेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

कचौरा हराएको भन्दै आफ्नै छोराले कुटेपछि…


विष्णु पोखरेल, काठमाडौं

असोज २७, आफ्नै छोरो राक्षस बनेपछि… सडक पेटीमा घाइते श्रीमतीलाई काखमा सुताइरहेका उनले हिक्का छाड्दै भने । वाक्य नटुंगिँदै आँसु झारिसकेका उनी पैदल यात्रीसँग सहयोगको याचना गर्दै थिए । केही सहयोगी हातले सकेको रकम दिए भने कतिपयले ‘नाटक’ भन्दै पाइला चाले । पढ्नेक्रम जारी राख्नुहोस्

मास्क र टोपी लगाएर किनमेल गर्छु: झरना थापा


कलाकारको दशैँ किनमेल कस्तो हुँदो रहेछ त, नागरिकले कलाकार झरना थापासँग राखेका केही जिज्ञासा पढौं । पढ्नेक्रम जारी राख्नुहोस्