नेपाल भोकमरीग्रस्त मुलुकको ५६ औं स्थानमा


काठमाडौ, आश्विन २६ -नेपाल विश्वका भोकमरीग्रस्त मुलुकको सूचीमा ५६ औं स्थानमा रहेको सोमबार सार्वजनिक एक अन्तर्राष्ट्रिय प्रतिवेदनले औंल्याएको छ । यसअघि सन् २००८ को ग्लोबल हंगर इन्डेक्स -विश्व भोकमरी परिसूचक -जिएचआई) मा नेपाल ५७ औं स्थानमा थियो । इन्टरनेसनल फुड पोलिसी रिसर्च इन्स्टिच्युटले सोमबार सार्वजनिक गरेको नयाँ परिसूचकले सन् १९९० यता दक्षिण एसियाले भोकमरी हटाउने दिशामा उल्लेख्य प्रगति गरेको देखाएको छ ।

यद्यपि नयाँ परसूचकमा क्षेत्रीय रूपमा दक्षिण एसिया र सव साहरन अपि|mकी मुलुक विश्व भोकमरी सूचीको अग्रस्थानमा छन् । परिसूचकमा बाल कुपोषण, बाल मृत्युदर र क्यालोरी नपुगेको जनसंख्या अनुपातलाई मुख्य आधार मानिएको छ । चीन भारतभन्दा धेरै अगाडि नवौं स्थानमा छ । दक्षिण एसियामा बंगलादेश, भारत र पाकिस्तानलगायत मुलुकमा भोकमरीको स्तर प्रतिव्यक्ति कुल गार्हस्थ राष्ट्रिय आम्दानी -जिएनआई) भन्दा उच्च रहेको प्रतिवेदनमा छ ।

बंगलादेश ६८ औं, भारत ६७ औं र पाकिस्तान ५२ औं, श्रीलंका ३९ औं स्थानमा छन् । परिसूचकको सूचीमा विश्वका भोकमरीग्रस्त ८४ मुलुक समेटिएका छन् । प्रतिवेदनले विश्वमा १ अर्बभन्दा बढी जनसंख्या भोकमरीको अवस्थामा रहेको देखाएको छ । विश्वव्यापी भोकमरीको सबैभन्दा ठूलो कारण बाल कुपोषण रहेको भन्दै प्रतिवेदनमा विश्वव्यापी भोकमरी घटाउन बाल कुपोषणलाई सामना गर्न पनि राष्ट्रहरूलाई आग्रह गरिएको छ ।

विश्व खाद्य तथा कृषि संगठन -एफएओ) ले दैनिक १ हजार ८ किलो क्यालोरीभन्दा कम उपभोग भएमा त्यसलाई भोकमरीको परिभाषामा राखेको छ । सन् १९९० देखि २००६ अवधिमा विश्वमा भोकग्रस्त मानिसको संख्या घटे पनि पछिल्ला वर्षमा त्यो बढ्दै गएको प्रतिवेदनका लेखकहरूले औंल्याएका छन् । त्यसमा २९ मुलुक -अधिकांश सव साहरन अपि|mका र दक्षिण एसिया) मा भोकको स्तर ‘अति चिन्ताजनक’ वा ‘चिन्ताजनक’ अवस्थामा रहेको पनि त्यसमा उल्लेख छ । उत्तर कोरिया, सव साहरन अपिmकाका आठ मुलुकमा भोकमरी बढिरहेको परिसूचकले देखाएको छ । परिसूचकको पहिलो स्थानमा सिरियन अरब रिपब्लिक र अन्तिम स्थानमा कंगो डेमोक्रेटिक रिपब्लिक छन् । कंगोको जीएचआई ६५ प्रतिशतले बढेको नयाँ प्रतिवेदनमा छ । अन्तर्राष्ट्रियस्तरमा खाद्यान्नको मूल्य वृद्धि र विश्व आर्थिक मन्दीले भोकमरी बढ्नमा सहयोग पुर्‍याएको पनि त्यसमा छ ।

Posted by: Jay Ale                                Source: ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.